४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आज तोलामा २७ सयले घट्यो सुनको भाउ

स्थानीय बजारमा आज सुनको भाउ तोलामा २७ सय घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलाको १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८१ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App