ठक्कर लागेको व्यक्ति भुक्लुक्क लड्यो र तत्काल ज्यान गयो भने त्यस्तो अवस्थामा के हुन्छ? ल भैगो, ज्यान गएन तर गम्भीर चोटपटक लाग्यो भने के हुन्छ? यस विषयमा नेपालमा सम्भवतः सोचिएको छैन।
सन् २००० मा जापानका प्रधानमन्त्री योशिरो मोरीको एकदिने भ्रमण हुँदा म समाचार सङ्कलनमा सक्रिय थिएँ। पाटन दरबारको अवलोकनका बखत सानो झ्यालबाट बाहिर चिहाएको मोरीको चित्र निकै चर्चित भएको थियो।