४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिलन लिम्बु भन्छन्: साग पसल खोल्छु भन्दा ‘ट्रोल’ बनाइयो, छिट्टै नै देख्न पाउँनुहुनेछ

इलाम २ को उपनिर्वाचनमा हार व्यहोरेका रास्वपाका उम्मेदवार मिलन लिम्बुले आफूहरुले साग पसल खोल्न लागेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै लिम्बुले आफूहरुले साग पसल खोल्न लागेको जानकारी दिएका हुन्।

उनले निर्वाचन अगाडि आफूले निर्वाचनमा हारे भने साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेर अभिव्यक्ति दिएको र सोहि अनुसार साग पसल खोल्न लागेको पनि बताएका छन्।

उनले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भन्दा आफूलाई  ‘ट्रोल’ बनाइएको पनि बताएका छन्।

उनले लेखेका छन्, 'साग पसल खोल्दै छौँ, हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन्। किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ। यसका सम्भावित बजारबारे अध्ययन भएको छ। हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ। छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ।'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै प्राप्त गरेका थिए। लिम्बुले कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि रास्वपाको जमानत जफत भएको थियो।

प्रकाशित: १९ वैशाख २०८१ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App