४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्। वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो।

राष्ट्रपति पौडेलले सो प्रतिवेदन बुझ्दै नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानूनले निर्वाचन आयोगलाई दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति आफू खुसी भएको भन्दै धन्यवाद दिएका थिए। 

प्रकाशित: २० वैशाख २०८१ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App