२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप खेल्ने नेपालको सपना अधुरै

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपाल युएईसँग पराजित भएको छ।

ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा  नेपाल युएईसँग ६ विकेटले पराजित भएको हाे। यो सँगै एसिया कप खेल्ने नेपालको सपना अधुरै भएको छ।

सेमिफाइनलमा प्रवेश गरेको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्यो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो। कुशल भुर्तेल इनिङ्सकै पहिलो बलमा आउट भए। क्याप्टेन रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी जस्ता भरपर्दा ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्के। सन्दीप जोराले अर्धशतक बनाउँदा गुल्शन झाले २० र करण केसीले १७ रन बनाए। जुनैद सिद्धिकी, अली नासिर र बसिल हमिदले समान दुई-दुई विकेट लिए।

नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा अलिशान सराफुले नटआउट ५५ र विष्णु सुकुमारनले २८ रनको योगदान गरे। गुल्शन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक(एक विकेट लिए पनि नेपालको हार टार्न सकेनन्।

नेपालले अब तेस्रो स्थानका लागि आयोजक ओमान र हङकङबीच हुने दोस्रो सेमिफाइनलमा पराजित टिमसँग शनिबार खेल्नेछ। फाइनल खेल भने आइतबार हुनेछ।

प्रकाशित: ७ वैशाख २०८१ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App