४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा प्रदर्शन

सिनामंगलस्थित केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मंगलबार प्रदर्शन गरेका हुन।

सोमबार दिउँसो मध्य बानेश्वरका पदमराम रिमाललाई उपचारका लागि केएमसी अस्पताल पुर्‍याइएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केही समयपछि उनको मृत्यु भएको थियो।

अस्पतालले रिमालको उपचारमा लापरबाही गरेको र उनको मृत्यु भएको मृतक रिमालका छोरा देवेन्द्र रिमालले बताए।

उनले भने, 'बुबा हिँडेर नै अस्पतालभित्र छिर्नु भएको थियो। अस्पतालको सिसिक्यामेरामा बुबा बसेको बेडबाट लडेको देखिन्छ। लडेपछि बुबालाई पुन बेडमा राखिएको र पम्पिङ गरिएको छ। पम्पिङ भने सुरक्षागार्डले गरेका छन्।'

अस्पतालले मृत्युबारे पनि प्रष्ट नभनेको उनले बताए। बिरामीलाई डाक्टरले समयमा नहेरेर मृत्यु भएको उनको भनाइ छ। 

यता नेपाल चिकित्सक संघले भने अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि भएको कुटपीटबारे ध्यानाकर्षण भएको जनाएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वभाविक आरोप लगाइ स्वास्थ्य संस्थानै तोडफोड गरेकोप्रति भत्र्सना गरेको छ।  

प्रकाशित: १८ वैशाख २०८१ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App