४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंजामा विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको सिंजा गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो।

गाउँपालिकाका छ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

बाल अधिकार समितिका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताइन्।

उनले भनिन् ‘बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको हो। जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। बालविवाह रोक्न जनचेतना अभिवृद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न नसकेपछि वडाको सिफारिस अनिवार्य गरेका हौं।’

उनका अनुसार गाउँघरमा १५/१६ वर्षको उमेरमा बिहे गर्ने क्रम घटेको छैन। बिहे गरे पनि दर्ताका लागि वडामा नआउने गरेको पाइएको उनकाे भनाइ छ।

सिंजा गाउँपालिकामा गठित गाउँपालिका स्तरीय बाल अधिकार समितिको यहीँ वैशाख १० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

प्रकाशित: १८ वैशाख २०८१ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App