४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली बलरको कमजोर प्रदर्शन, १३ ओभरको समाप्तिमा मात्र १ विकेट

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आजको खेलको पहिलो इनिङमा वेस्ट इन्डिजविरुद्धको नेपाली बलिङ निकै कमजोर देखिएको छ। १३ ओभरको समाप्ति हुँदा समेत नेपालले एक विकेट भन्दा बढी लिन सकेको छैन्। त्यो पनि रन आउटका रुपमा वेस्ट इन्डिजका एक जना खेलाडी आउट भएका हुन।

उता वेस्ट इन्डिजका ब्याटरले भने सुरुवातदेखिनै धमाकेदार ब्याटिङ गरेका छन्। पाहुना टोली वेस्ट इन्डिज ‘ए’ले आक्रामक सुरुवात गरेर १३ ओभरको समाप्तिमा मात्र एक विकेट गुमाएर १४१ रन बनाएको छ। नेपाली बलरहरु सबै महँगा साबित भइरहेका छन्।

सबैभन्दा महँगा बलर विवेक यादव भएका छन् उनले दुई ओभरमा २८ रन दिएका छन्। यसैगरी समान दुई–दुई ओभर फालिसकेका कुशल मल्ल, कमल ऐरी र सागर ढकालले समान २६ रन दिइसकेका छन् भने २  ओभर फालेका करन केसीले १९ रन दिएका छन्। तुलनात्मक रुपमा गुलशन झा अलि किफायती देखिएका छन्। उनले ३ ओभरमा १५ रन दिएका छन्।

अहिलेसम्म वेस्ट इन्टिजका ओपनर एलिक अथानाजेले १० बलमा १७ रन जोडेर कमलसिँह ऐरीबाट रनआउट भएका थिए।

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसलिे टस जितेर ब्याटिङ रोजेका हुन्। आजको खेलमा नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्दैछन्। आजको खेलमा रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसी मैदानमा छैनन्।

यो प्रतियोगिताको हालसम्मको अवस्थामा दुबै टोली १–१ को स्थितिमा छन्। पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

आजको खेलमा जित निकाल्दै दुबै टोली सिरिजमा अघि बढ्न चाहन्छ।

यस्तो छ नेपालको प्लेइङ ११

लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी।

प्रकाशित: १९ वैशाख २०८१ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App