४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

जोनसन चार्ल्सले बनाए शानदार शतक

टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज ‘ए’का ब्याटर जोनसन चार्ल्सले शानदार शतक बनाएका छन्।

अहिलेसम्म ५६ बलको सामना गरेका चाल्र्सले ६ छक्का र १२ चौकाको सहायतामा १०५ रन बनाएका हुन। वेस्ट इन्डिज ‘ए’ ले १८ ओभरको समाप्तिमा २ विकेट गुमाएर १९९ रन बनाएको छ। उनी वेस्ट इन्डिज ‘ए’का विकेट किपर पनि हुन्।

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसलिे टस जितेर ब्याटिङ रोजेका हुन्। आजको खेलमा नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्दैछन्। आजको खेलमा रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसी मैदानमा छैनन्।

यो प्रतियोगिताको हालसम्मको अवस्थामा दुबै टोली १–१ को स्थितिमा छन्। पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

आजको खेलमा जित निकाल्दै दुबै टोली सिरिजमा अघि बढ्न चाहन्छ।

प्रकाशित: १९ वैशाख २०८१ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App