४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आक्रामक खेल्दै वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ।

वेस्ट इन्डिजले २० ओभरको समाप्तिमा ३ विकेट गुमाएर २२७ रन बनाएको हो।

वेस्ट इन्डिजका ब्याटरले भने सुरुवातदेखिनै धमाकेदार ब्याटिङ गरेका थिए। पाहुना टोली वेस्ट इन्डिज ‘ए’ले आक्रामक सुरुवात गरेर नेपाली बलरलाई कमजोर बनाइदिएका हुन।

वेस्ट इन्डिज ‘ए’का ब्याटर जोनसन चार्ल्स नेपाली बलरहरूका लागि निकै महँगा साबित भए। आक्रामक खेल खेल्दै उनले ६१ बलमा ७ छक्का र १३ चौकाको सहायताले ११९ रन बनाउन सफल भए। 

आन्द्रे फ्लेचरले ३३ बलमा ३ छक्का र ४ चौकाको सहायताले दोस्रो सर्वाधिक ५३ रन बनाए। उनी सागर ढकालको बलमा कमल ऐरीबाट क्याच आउट भएका थिए। 

यसैगरी करण केसीको बलमा दीपेन्द्र सि‌ह ऐरीबाट क्याच आउट भएका फेबियन एलेनले १ छक्का र २ चौकाको सहायताले ९ बलमा १९ रन बनाए। ओपनर एलिक अथानाजे १० बलमा १७ रन जोडेर कमलसिंह ऐरीबाट रन आउट भएका थिए। उनले १ छकका र २ चौकासहित यति रन बनाएका हुन। यसैगरी किमो पलले एक छक्का एक चौकाको सहायताले १३ रन बनाएर अविजित रहे। 

तीन विकेटमध्ये नेपालका तर्फबाट करण केसी र सागर ढकालले समान १/१ विकेट लिए। एक जना खेलाडीलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए। 

५ खेलको शृ‌खला १/१ को बराबरीमा छ।

प्रकाशित: १९ वैशाख २०८१ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App