४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिजमा टिकेनन् नेपाली ब्याटर, लगातार विकेट पतन

पाँच खेलको टी–२० श्रृंखला अन्तर्गत आजको खेलको दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपालले अहिलेसम्म ८ विकेट गुमाइसकेको छ। नेपालले १७.४ ओभरको समाप्तिमा ८ विकेट गुमाएर १३१ रन बनाएको छ।

आठौं विकेटका रुपमा नेपालले दीपेन्द्र सिहं ऐरीलाई गुमायो। उनी ७ बलमा ७ रन बनाएर आउट भए। सातौं विकेटका रुपमा गुलशन झा १० बलमा ६ रन  बनाएर आउट भएका थिए। वेस्ट इन्डिजका वाल्शले आफ्नै बलमा उनलाई क्याच आउट गरेका हुन।

यसअघि विवेक यादव रन आउट भएका थिए। उनी पाँच बलमा ३ रन बनाएर आउट भएका हुन। यसअघि कुशल मल्ल आउट भएका थिए। उनी १ छक्का र २ चौकाको सहायताले ११ बलमा २० रन बनाएर आउट भएका हुन। उनी वाल्शको बलमा जे बिशपबाट क्याच आउट भएका हुन।

यसअघि लोकेश बम २ छक्का र १ चौकाको सहायताले २९ बलमा २८ रन बनाएर आउट भएका थिए। उनी वेस्ट इन्डिज ‘ए’ का मोतीको बलमा बोल्ड भएका हुन। यसअघि आरिफ शेख ६ बलमा ३ रन बनाएर बाल्शको बलमा एलिक अथानाजबाट क्याच आउट भएका थिए।

यसैगरी अनिलकुमार साह १० बल खेलेर १४ रनमा आउट भएका छन्। उनी वेस्ट इन्डिज ‘ए’का मोतीको बलमा चेसबाट क्याच आउट भएका हुन। भने यसअघि आउट भएका विनोद भण्डारी १५ बलमा ४ चौकाको सहायताले १९ रन बनाउन सफल भएका थिए। उनी वेस्ट इन्डिज ‘ए’ का एलेनको बलमा वाल्शबाट क्याच आउट भएका हुन।

ओपनर ब्याटरमा रुपमा मैदान प्रवेश गरेका भण्डारी क्रिजमा टिकेर खेल्ने प्रयास गर्दै थिए। उनले मध्यम खालको खेल प्रर्दशन गरिरहेका थिए। अनिल सुरुवाती प्रर्दशन ठिकठिकै थियो। 

नेपालले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६७ रन मात्र बनाउन सफल भएको थियाे। वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि २२८ रनको विशाल लक्ष्य दिएको छ।

खेलको पहिलो इनिङमा वेस्ट इन्डिज ‘ए’ का ब्याटरले सुरुवातदेखिनै धमाकेदार ब्याटिङ गरेका थिए। पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले आक्रामक सुरुवात गरेर नेपाली बलरको प्रर्दशन कमजाेर बनाइदिएका थिए।

वेस्ट इन्डिज ‘ए’ का ब्याटर जोनसन चार्ल्स नेपाली बलरहरुका लागि निकै महँगा साबित भए। आक्रामक खेल खेल्दै उनले ६१ बलमा ७ छक्का र १३ चौकाको सहायताले ११९ रन बनाउन सफल भए। 

आन्द्रे फ्लेचरले ३३ बलमा ३ छक्का र ४ चौकाको सहायताले दोस्रो सर्वाधिक ५३ रन बनाए। उनी सागर ढकालको बलमा कमल ऐरीबाट क्याच आउट भएका थिए।

यसैगरी करण केसीको बलमा दीपेन्दङसिंह ऐरीबाट क्याच आउट भएका फेबियन एलेनले १ छक्का र २ चौकाको सहायताले ९ बलमा १९ रन बनाए। ओपनर एलिक अथानाजे १० बलमा १७ रन जोडेर कमलसिँह ऐरीबाट रनआउट भएका थिए। उनले १ छकका र २ चौकासहित यति रन बनाएका हुन। यसैगरी किमो पलले एक छक्का एक चौकाको सहायताले १३ रन बनाएर अविजित रहे।

तीन विकेटमध्ये नेपालका तर्फबाट करण केसी र सागर ढकालले समान १/१ विकेट लिए। एक जना खेलाडीलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए।

प्रकाशित: १९ वैशाख २०८१ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App