४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

९ ओभर सकिँदा ९४ रन बनाएर खेल्दै वेस्ट इन्डिज ‘ए’, नेपाली बलरको कमजोर प्रदर्शन

नेपालविरुद्ध पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले दमदार प्रदर्शन गरिरहेको छ। त्रिवि किक्रेट मैदान कीर्तिपुरमा जारी पाँच खेलको तेस्रो टी–२० मा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिज ‘ए’ ले दोस्रो ओभरमा पहिलो विकेट गुमाए पनि पछिल्ला ओभरमा दमदार ब्याटिङ्ग गरिरहेको छ।

नेपालका लागि प्रतिश जिसीले पहिलो विकेट लिएपनि हालसम्म बलिङ्ग गर्न आएका अन्य कुनै पनि बलरले रन मात्रै दिएका छन् विकेट भने लिन सकेका छैनन्। 

९ ओभरको खेल सकिँदा वेस्ट इन्डिज ‘ए’ ले ९४ रन जोडेको छ।

प्रतिशले २ ओभर खेल्दै १३ रन खर्चेर १ विकेट लिएका छन्। उनले वेस्ट इन्डिज ‘ए’ का ओपनर ब्याट्सम्यान एलिक अथान्जेलाई ५ रनमा आउट गरेका हुन्। जबकी स्पिनर ललित राजवंशीले २ ओभर खेल्दै २८ रन, सोमपाल कामीले २ ओभर खेल्दै १५ रन, गुलशन झाले २ ओभरमा २५ रन र कुशल भुर्तेलले १ ओभरमा ६ रन खर्चेका छन्। तर, विकेट भने लिन सकेका छैनन्।

नेपाली बलरहरूको यस्तै बलिङ्ग रहने हो भने आज पनि पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले विशाल स्कोर बनाउने निश्चित जस्तै छ। यतिबेला नेपाललाई विकेटको आवश्यकता छ। तर, नेपाली बलरहरूको बलिङ्ग खासै गति लिन सकिरहेको छैन।

वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचर र जोनसन चाल्र्स यतिबेला मैदानमा जमेर ब्याटिङ्ग गरिरहेका छन्। जोनसन ४६ र आन्द्रे २५ रन बनाएर मैदानमा खेलिरहेका छन्।

हालसम्मको अवस्थामा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सिरिजमा २–१ ले अघि रहेको छ भने नेपालले एक खेलमा मात्रै जित हात पारेको छ।

पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले र तेस्रो खेलमा ७६ रनले पराजित भएको छ।

आजको खेलमा नेपालले जित निकाल्न नसके सिरिज गुमाउने छ। त्यसकारण पनि नेपाल आजको खेलमा जित निकाल्दै सिरिज जित्ने सम्भावनालाई कायमै राख्न चाहन्छ।

सिरिजको पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ।

प्रकाशित: २० वैशाख २०८१ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App