४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

यो सिरिजमा मेरो ब्याटबाट राम्रो रन निस्किरहेको छः कप्तान रोहित

वेस्टइण्डिज ‘ए’सँगको पाँच टि—२० श्रृंखलामा नेपाल एक खेल अगावै पराजित भएको छ।

पाँच टि २० श्रृंखलामा वेस्टइण्डि एले ३ खेलमा जित निकालेसँगै नेपाल पराजित भएको हो। अन्तिम खेल बाँकी रहँदा नेपालले एक खेलमा मात्रै जित निकालेको छ।

खेल हारेपछि खेल पत्रकारहरुसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले यो सिरिजमा आफूले राम्रो खेलिरहेको र आफ्नो ब्याटबाट राम्रो रन निस्किरहेको बताए। उनले आफूलाई गुड डेलाई ग्रेट बनाउनुपर्छ भन्ने लागेर खेलिरहेको बताए।

उनले अझै धेरै राम्रो गर्न आवश्यक रहेको र सोहीअनुसार खेलिरहेको बताए। उनले पहिलो खेलमा नै राम्रो गरेकाले आत्मविश्वास बढिरहेको बताए। आजको खेलमा शुरुवाती ब्याट्सम्यानबाट राम्रो रन नआएको र शुरुवाती चरणमा राम्रो गर्न आवश्यक रहेको उनको भनाइ छ। बलिङमा स्पिनरहरुले राम्रो गर्नसकेको भए १८० सम्मको टार्गेट बन्ने अनुमान रहेको बताए।

बिहीवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेपाल वेस्टइण्डिज एसँग २८ रनले पराजित भयो। २१० रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दै १८१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए। रोहितले ४७ बलमा ५ छक्का र ७ चौका प्रहार गरे।

त्यस्तै सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी र गुल्शनकुमार झाले समान १९, अविनाष बोहराले नट आउट १७, सोमपाल कामीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका आसिफ सेख, ललितनारायण राजवंशी र प्रतिश जिसीले खाता नै खोल्न सकेनन् भने कुशल भुर्तेल पनि एक रनमा आउट भए। कुशल मल्ल ४ रनमा पेभेलियन फर्किए। बलिङमा नेपालका कुशल भुर्तेलले २ र प्रतिश जिसीले एक विकेट लिएका थिए।

२१० रनको योगफल निर्माण गर्ने क्रममा वेस्टइण्डिज एले ३ विकेट मात्रै गुमाएको थियो। जसक्रममा जोन्सन चाल्र्सले ५८, आन्द्रे फ्लेचरले नट आउन ८४ रन बनाए भने फेबियन अलेनले नट आउट ३३ रन बनाए। नेपालले अन्तिम खेल शनिवार कीर्तिपुरमा खेल्नेछ।

प्रकाशित: २० वैशाख २०८१ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App