नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर ठगी कार्यमा हालसम्म पाँच सय बढी सन्दिग्ध फोन नम्बर सक्रिय रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) होबिन्द्र बोगटीले शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका छन् ।
विज्ञप्तिअनुसार हाल ई सेवा, खल्ती जस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगो राखेर ती संस्थाको आधिकारिक व्यक्ति हुँ भन्दै फोन गर्ने, व्यक्तिगत खाताको गलत पासवर्ड पटक पटक राखेर ‘टेम्पोररी क्लोज’ गराउने र त्यही समय प्रयोगकर्तालाई फोन गरी तपाईँको खातामा समस्या छ भनेर ओटिपी नम्बर मागी रकम चोर्ने गरेका घटना देखिएका छन् । यस्तै अनलाइन व्यापारका नाममा अनेक किसिमका ठगी धन्दा चलाउने जस्ता पनि घटिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै घटनाहरूबाट हालसालै पोखरामा ५७ लाख, चितवनका १६ लाख, नेपाल सरकारकै कर्मचारीको ५ लाख५० हजार गरी करोडौँ ठगिएका घटना देखिएको पनि सिआइबीले जनाएको छ ।
‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएको फोन तथा मेसेजहरू नउठाउन र रिप्लाई नदिन’ सिआइबीले आग्रह गरेको छ ।
स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिलाई पठाएर मानव तस्करी गरेको गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएको उक्त कार्यक्रममा विभिन्न गैह्र सरकारी संस्थामार्फत असम्बन्धित व्यक्ति त्यहाँ पठाइएको आरोप छ।
सोही विषयमा छानबिन गर्न सिआइबीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ जनाको छानबिन छानबिन समिति बनाएको छ। समितिमा प्रहरीकै मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत सदस्य छन्।
‘यो विषय आयो, त्यसैले यसमा अध्ययन गर्न उहाँहरूलाई जिम्मा दिएका छौँ,’ ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) चन्द्र कुबेर खापुङले भने, ‘यस्ता कुरा आउँदा ब्युरोको चासो रहने नै भयो।’
स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त, चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ जुन ३० देखि जुलाई २ सम्म चलेको थियो। प्रधानमन्त्री ओली पनि सहभागी भएको उक्त कार्यक्रममा सुरुमा प्रधानमन्त्रीकै प्रतिनिधिमण्डलमा गएका व्यक्तिहरू नेपाल नफर्किएको आरोप लागेको थियो।
तर पछिल्लो समय मानव तस्करीमा संलग्न गिरोहले विभिन्न एनजिओका सिफारिसका आधारमा त्यहाँ मानिस पठाएर मानव तस्करी गरेका समाचार आइरहेका छन्।
यही विषयमा सोमबार गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरूलाई बोलाएर चासो व्यक्त गरेका थिए। जसमा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अधिकारीहरू सहभागी थिए।
त्यही बैठकले यो प्रकरणबारे प्रहरीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही निष्कर्षपछि सिआइबीले अनुसन्धान थालेको जनाएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...