बढ्दै छ साइबर अपराध
२९ जेष्ठ २०८२
•
५ मिनेट पाठ
बढ्दै छ साइबर अपराध
पछिल्लो समयमा साइबर अपराध डरलाग्दो रुपमा बढेको देखिएको छ ।




गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार विगतको केही वर्षमा साइबर अपराध सम्बन्धीमा उजुरी निकै बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा २३५ वटा साइबर अपराध सम्बन्धी उजुरी परेकोमा आर्थिक ०७९/८० मा बढेर ४१५ पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा यो संख्या बढेर १६३६ पुगेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्म भने जम्मा ६६६ वटा उजुरी दर्ता भएको उनले बताए । ‘साइबर अपराधको उजुरी बढ्दो क्रममा रहेको देखिन्छ । गत आर्थिक वर्षमा त डरलाग्दो गरी बढ्यो,’पौडेलले भने,‘यस आर्थिक वर्षमा भने ६६६ वटा मात्रै मुद्दा परेका छन् । यो दुई महिनामा साह्रै धेरै त नहोला भन्ने अपेक्षा छ । तर साइबर अपराधबारेमा सचेतना जगाउनु जरुरी रहेको तथ्याङ्कले देखाउँछ ।’

बागलुङमा आर्थिक वर्ष २०७८/०७९ मा ९ वटा, ०७९/८० मा ९ वटा र गत  आर्थिक वर्षमा ३५ वटा साइबर अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको वैशाखसम्म २८ वटा मुद्दा दर्ता भएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँग साइबर अपराध पनि बढेको देखिएको प्रहरी निरीक्षक पौडेल बताउँछन् ।

‘सबैभन्दा धेरै सामाजिक सञ्जाल फेसबुक सम्बन्धी उजुरी परेको देखिन्छ र उजुरी पनि फेसबुकबाट धेरै भएको छ,’उनले भने,‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले साइबर अपराधलाई बढाएको छ ।’ फेसबुकसँगै टिकटक, ह्वाट्स एप, इन्स्टाग्रामको प्रयोगबाट पनि साइबर अपराध भएको मुद्दा पर्ने गरेको उनी बताउँछन् ।

साइबर अपराधबाट सबैभन्दा धेरै परिपक्क युवापुस्ताको रुपमा रहेका २६ वर्षदेखि ३५ वर्षका व्यक्ति पीडित हुने गरेको तथ्याङ्कले देखाएको छ । त्यसपछि १६ वर्षदेखि २५ वर्षसम्म र ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू साइबर सम्बन्धी अपराधबाट पीडित बनेका छन् । प्रहरीको तथ्याङ्कमा जान्ने बुझ्ने र पढे लेखेका नै बढी साइबर अपराधबाट पीडित हुने गरेको उनी बताउँछन् ।

‘हामीकहाँ आएको उजुरी एसएलसी÷एसइई देखि कक्षा १२ सम्मको अध्ययन गरेका व्यक्तिहरू धेरै साइबर अपराधबाट प्रताडित भएको पाईको छ,’पौडेलले भने,‘साधारण लेखपढ गर्न जानेकाहरूमाथि पनि यो अपराध भएको देखिन्छ । स्नातकभन्दा माथि अध्ययन गरेका र निरक्षर व्यक्तिहरूमा तुलनात्मक रुपमा अलि कम अपराध भएको पाइएको छ ।’ साइबर अपराध सम्बन्धी आएका उजुरीहरूमा जम्मा १२ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता भएकामध्ये ६ जना प्रतिवादी पक्राउ परेका छन् भने ७ जना फरार रहेका छन् ।

बागलुङमा साइबर अपराधको दुई वटा मुद्दा दर्ता भएकोमा एक जना पक्राउ परेका छन् भने एक जना फरार सूचीमा रहेका छन् । नेपालमा धेरै जसो नक्कली खाता बनाउने, यौन दुर्व्यवहार, ह्याकिङ, प्रोनोग्राफी, साइबर बुलिङ र फिसिङको घटनाहरूमा बढी उजुरी पर्ने गरेको पाइएको छ । साइबर अपराधकर्ताले पैसा आर्जन गर्न, शक्ति सञ्चय गर्न, बदला लिन, चरित्र हत्या गर्न, यौन चाहाना पुरा गर्न, उत्सुकताको कारण तथा ध्वंसात्मक मनस्थितिबाट अपराधमा संलग्न हुने गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।

सामाजिक सञ्जालको प्रयोगमा होसियारी नअपनाउँदा र प्रलोभनमा पर्दा धेरै जसो साइबर अपराधको सिकार भएको उनी बताउँछन् । ‘हितैषी सम्बन्ध हुँदा सामाजिक सञ्जालको पासवर्ड साटासाट गरेर चलाउँदा पछि सम्बन्ध बिग्रेपछि धेरै साइबर अपराधका घटना भएका छन्,’उनले भने,‘त्यससँगै प्रलोभनमा पारेर चिठ्ठा परेको, बैङ्कबाट बोलेको भनेर ओटिपी कोड माग्ने लगायत गरेर ठगी गर्ने काम पनि बढेको छ ।’

सामाजिक सञ्जालबाट नग्न तस्बिरको आदान प्रदान गर्दा पनि पछि सम्बन्ध नराम्रो भएपछि चरित्र हत्या गर्न त्यसलाई सार्वजनिक गर्ने अपराध बढेको उनको भनाई छ । साइबर अपराधलाई नियन्त्रण गर्न पर्याप्त कानुन नबन्दा पनि समस्या परिरहेको उनी बताउँछन् । 

‘पहिलो कुरा त साइबर अपराधको कुनै निश्चित ठेगाना नभएको हुँदा कारबाहीको दायरामा ल्याउन निकै जटिल छ, सामाजिक सञ्जालहरूको नियमन कार्यालय नेपालमा नहुँदा सबै सूचना पाउन पनि गाह्रो छ,’उनले भने,‘त्यसैमाथि अहिलेसम्म हामीकहाँ भएको कानुन भनेको विद्युतीय कारोबार ऐन ३०६३ हो । त्यसैको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाउने गरेका छौँ ।’

नेपालका कानुनमा विद्युतीय अपराध भएको ३५ दिन भित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले पनि समस्या भएको उनले बताए । ‘सामाजिक सञ्जालबाट विद्युतीय अपराध भएकोमा हामीले मेटा टिकटक लगायतसँग सूचना माग्दा नै एक महिना बढी लगाइदिन्छन्,’पौडेल भन्छन्,‘हाम्रो कानुनले ३५ दिन भित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यसले पनि कठिन बनाएको छ ।’

साइबर अपराधमा संलग्नलाई अपराध हेरी दुई लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । साइबर अपराधबाट जोगिन आफ्नो सामाजिक सञ्जालको पासवर्ड कसैसँग साझा नगर्ने, अन्जान व्यक्तिलाई सामाजिक सञ्जालमा साथी नबनाउने, अनावश्यक लिङ्कहरू नखोल्ने, बैङ्कको पिनकोड ओटीपी कोड अरुलाई नदिने गर्नुपर्ने उनले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुदिप भट्टराईका अनुसार बागलुङ जिल्लामा सामाजिक सञ्जाललाई एक अर्का विरुद्ध अस्त्रको रुपमा प्रयोग गर्ने, बदमान गर्ने उद्देश्यले फेक अकाउन्ट खोलेर धम्काउने, चरित्र हत्या गर्ने, फोटो भिडियो पोस्टर सेयर गर्ने, भाईबर, इमो र ह्वाट्स एपबाट चिठ्ठा प¥यो भनी ठगी गर्ने, नग्न तस्बिरहरू भाइरल गरिदिन्छु भनेर धम्क्याउने गरेका उजुरी बढी पर्ने गरेका छन् ।

सामाजिक सञ्जाल ह्याक गरी बैंकिङ ओटिपी कोडमार्फत रकम चोरी गर्ने आपराधिक कार्य पनि हुने गरेको उनी बताउँछन् । सामाजिक सञ्जालको प्रयोगबाट बढेको अपराध न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकता बढेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी तिलक भारती बताउँछन् । ‘सूचना प्रविधिको विकासले सबैको हात हातमा मोबाइल इन्टरनेट पुग्यो,’उनी भन्छन्,‘त्यसको सदुपयोगको विषयमा सचेत बनाउने कामलाई तीव्रता दिनुपर्ने देखिन्छ ।’

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी साइबर अपराध रोक्न सबै पक्षले ध्यान दिनुपर्ने बताए । ‘प्रविधिले सजिलो त बनायो यो सँगै अपराध पनि निम्ताएको छ,’उनले भने,‘यसलाई गम्भीरता पूर्वक लिएर सबै पक्षले अपराध निरोधका लागि काम गर्नुपर्ने हुन्छ ।’
अर्को समाचार
बाँकेमा साइबर अपराध: मुद्दा बढ्दै, उजुरी घट्दै
३० साउन २०८३
•
१ मिनेट पाठ
बाँकेमा साइबर अपराध: मुद्दा बढ्दै, उजुरी घट्दै
बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ।




जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आर्थिक वर्षको २०८१/०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ।परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर उपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए। परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए।

विद्युतीय अपराधसँग सम्बन्धीत बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक बर्ष २०८१ /०८२ को र तीन मुद्दा आर्थिक बर्ष २०८२ /०८३ को रहेको प्रहरीले जनाएको छ।सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको थियो।

प्रहरीका अनुसार आव २०७९/ ८० मा १०६, आव २०७८/७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी परेका थिए। विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ। प्रहरीका अनुसार साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको छ। साइबर अपराधमा सङ्लग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस