भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या
२२ असार २०८२
•
४ मिनेट पाठ
भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार मध्यराति भएको एक क्रूर घटनाले सिंगो गाउँलाई स्तब्ध बनाएको छ।




सधैंजस्तो शान्त रात एकाएक नरसंहारमा परिणत भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका ४ जनाको हत्या भएको छ।

शनिबार राति भोजपुर नगरपालिका–२ हेलाउँछका ३० वर्षीय राजेन्द्र राईले उनीहरूको हत्या गरेका हुन्।

उनले आफ्नै ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, करिब १५ वर्षीया श्रीमती मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले नागरिकन्युजलाई जानकारी दिए।

बाँसको छाप्रोले बनेको घरभित्र खाटमा उनीहरूको शव फेला परेको थियो। यादवका अनुसार चार जनाको सामूहिक हत्या गरेपछि राजेन्द्र आफैंले जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनु।’

प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो। यादवका अनुसार राजेन्द्र श्रीमती लिन पाँच दिनअघि ससुराली घर आएका थिए।

राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले प्रहरीलाई बताएका छन्।

सोही क्रममा आफूलाई बचाउन प्रतिकार गर्न खोज्दा हत्या भएको राजेन्द्रले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक यादवले नागरिकन्युजलाई जानकारी दिए।

गए राति करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकाले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक यादवले सुनाए।

उनका अनुसार ज्वाइँ राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियारले प्रहार भएको घाउ देखिएको छ। साथै, राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको यादवले जानकारी दिए।

सुरुमा जिल्ला अस्पताल, भोजपुरमा उपचारका लागि लगिएकामा थप उपचारका लागि अस्पतालले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर भई उपचार भइरहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन्। त्यही कारण प्रहरीलाई फोन गरेको समेत उनले बताए।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षकी मनिषासँग बिहे गरेका थिए। राजेन्द्र गाउँकै एक फर्निचर कारखानामा मजदुरी गर्दै आएका थिए।

राजेन्द्रको घरको आर्थिक अवस्था कमजोर देखेपछि मनिषाकी आमाले माइतीमै लगेको उनले बताए।

‘बच्चाको १४ वर्षको उमेरमा बिहे भयो, आमा र परिवारले नमानेका त होइनन् तर केटाको आर्थिक अवस्था कमजोर देखेपछि पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा आएकी थिइन्,’ अध्यक्ष राईले भने।

‘तर श्रीमती लिन आएका उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएको रहेछ र यस्तो बीभत्स घटना हुन पुग्यो,’ उनले भने।

यस्तै राजेन्द्र र मनिषाबीच अन्तरजातीय बिहे पनि भएकाले हत्या हुनुमा यो पनि एक कारण हुन सक्ने अध्यक्ष राईले अनुमान लगाए। प्रहरीले अहिले यो घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको घटनास्थलमा खटिएका ओख्रे अस्थायी प्रहरी चौकीका प्रहरी निरीक्षक अनिलकुमार साहले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार मृतक परिवार र राजेन्द्रका बारेमा स्थानीयसँग सोधपुछ भइरहेको छ। घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेको उनले बताए।

आइतबार चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।

मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका छन्। यसअघि ७ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो।

त्यस बेला हत्यामा संलग्न व्यक्ति २५ किलोमिटर पर रूखमा झुण्डिरहेको अवस्थामा फेला परेका थिए। यी यस्ता घटना केवल कानुनी अपराध मात्र होइनन्, सामाजिक चेतनाको गहिरो खाडल पनि हुन्।

बाल विवाह, अन्तरजातीय बिहे, पारिवारिक संवादको अभाव र विवाद समाधानमा हिंसात्मक प्रवृत्तिको बढ्दो जोखिमले नेपाली समाज अझै कति असुरक्षित छ भन्ने देखाएको छ।

नेपालको प्रचलित कानुन अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी हो। तथापि, देशका ग्रामीण क्षेत्रमा अझै पनि बाल विवाहका घटना बेलाबेला देखिन्छन्। जसले कानुनी मात्र होइन, मानवीय संकट निम्त्याइरहेका छन्।
अर्को समाचार
इतिहासले गिज्याइरहेको भोजपुरे डबली मेला : स्थानीय उत्पादन भुलेर जुवाको अखडा
२३ पौष २०८१
•
५ मिनेट पाठ
इतिहासले गिज्याइरहेको भोजपुरे डबली मेला : स्थानीय उत्पादन भुलेर जुवाको अखडा
भोजपुर-मुकामको बीच भागमा टुँडिखेल । त्यसको एउटा कुनामा ठूलो रोटेपिङ । नजिकै पिङ जस्तै  झुन्ड्याइएको नाऊ । त्यस आसपास चटपटेका ठेला अनि टुँडिखेल वरिपरि जुवाजन्य खेलको तमासा । यिनै कुरालाई साक्षी राखी पूर्वतर्फ स्टेजको भित्तामा टाँसिएको छ ‘ऐतिहासिक नगर डबलीमेला’को ठूलो ब्यानर ।




त्यही टुँडिखेलपछाडितिर छ जिल्ला प्रहरी कार्यालय । जसले उक्त जिल्लाको शान्ति सुरक्षाको जिम्मा सम्हालेको छ । तर टुँडिखेलमा मेलाको नाममा भइरहेको जुवा देखेर पनि नदेखे जस्तो गर्नु उसको विवशता हुनसक्छ । टुँडिखेलको यही बाटो भएर जिल्ला प्रशासनसहित सरकारी अड्डाका कर्मचारीहरू ओहोरदोहोर गरिरहेका हुन्छन् ।

बिहान पौने १० बजे कार्यालयतिर जाने उनीहरू अपरान्ह  ४ बजेपछि निवासतिर सोझिइरहेका हुन्छन् । सायद उनीहरूलाई पनि डबली मेलाका नाममा खुलेआम जुवा खेलाइएको देख्दा काउकुती लाग्छ होला । प्रमुख जिल्ला अधिकारी, राजनीति दलका नेता-कार्यकर्ता, सामाजिक अभियन्ता र बुद्धिजीविको मनमा पनि जुवाजन्य खेल देख्दा प्रश्न उठ्दो होला। डबली मेलाका नामा जुवा चलिरहेछ, दैनिक स्थानीय सरकार प्रमुखहरू गाडीमा बिनालाज हुइँकिरहन्छन्, यही बाटो भएर । ठूला भवनबाट जनताको पक्षमा कस्तो सेवा प्रवाह हुँदैछ, त्यो अर्को बसाइमा कुरा गरौँला ।

‘डबली’ मेलाको नाममा भोजपुरको माटोले जन्माएका थुप्रै स्रष्टाहरूले मीठा-मीठा सृजना गरेका छन् । त्यहीकारण अहिले पनि ऐतिहासिक शब्दको बिल्ला भिर्न बाध्य छ डबली मेला । पछिल्ला पुस्तालाई यसबारे खास चासो भयो, भएन ? अर्थात् लेनदेन केही गरे गरेनन्, त्यो चासोको कुरा होला । तर अहिले चलिरहेको मेलास्थल पुग्नासाथ झट्ट मनमा कुनै समय लाग्ने ऐतिहासिक डबली मेला ताजा भएर आइदिन्छ । अहिलेको डबली मेला आयोजकले पुराना कुरा साँच्चिकै बिर्सेझैँ लाग्छ ।

मेलामा स्थानीय सरकारको लगानी

खासमा यो ऐतिहासिक मेला २०४६ सालमा प्रजातन्त्र सुरु भएसँगै लाग्न थालेको जानकारहरू बताउँछन् । ओखलढंगा, सोलुखुम्बु, खोटाङ, संखुवासभा, धनकुटा, सुनसरी, उदयरपुरसम्म डबली मेलाको चर्चा हुने गरेको थियो । अर्थात्, डबली मेलामा आफ्ना मौलिक उत्पादन र सामान बेच्न ती जिल्लाका पनि बासिन्दा आउने गर्थे।

माओवादी आन्दोलनले पश्चिमबाट पूर्वतिर प्रभाव बढाउँदै गएको समय २०५८ सालताका स्थानीयबासी र तत्कालीन शाही नेपाली सेनाबीचको झगडापछि यो मेला  लाग्न छाडेको जानकारहरू बताउँछन् । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन भोजपुर गाविसको अपनत्वमा मेला फेरि लाग्न सुरु भएको थियो । त्यसबेला गाविसले मेला आयोजकबाट ६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । मेलाबाट संकमलित राजस्वबाट भोजपुर गोल्डकप सुरु भएको स्थानीय युवाहरूले बताउने गरेका छन् ।  

देश संघीय संरचनामा गएपछि उल्टै मेला सञ्चालनका लागि भोजपुर नगरपालिकाले वर्षेनि बजेट विनियोजन गर्दै आइरहेको छ ।  

मेयरका स्वकीयलाई मेलाको जिम्मा

खासमा डबली मेलामा स्थानीय कृषि उपज, घरेलु हस्तकला र संस्कृतिले स्थान पाउनुपर्ने हो । तर, स्थानीय सरकारले मेला सञ्चालनको जिम्मा वर्षेनि सामाजिक विकास संस्था भोजपुरलाई दिने गरेको छ । जुन संस्थाका अध्यक्ष भोजपुर नगरपालिकाका मेयर कैलाश आलेका स्वकीय सचिव  हुन् । पछिल्ला वर्षहरूमा यो मेलाको आकर्षण झन्‌झन् घट्दो छ । हुन त बढ्दो  प्रविधिको विकासको प्रभाव पनि परेको छ । तर, डबली मेलाको नाममा टाँसिएको ब्यानरले आयोजकको लाज ढाक्न पनि मुस्किल परेकको छ ।

विगतका डबली मेलाको प्रभावमा रचिएका गीतहरू अहिले पनि सदावहार गुञ्जिने गरेका छन् । तिनै गीत-संगीतको ओजलाई अहिलेको डबली मेलाले धान्न छाडेको छ । कुनै समयको डबली मेला पूर्वीपहाडकै ठूलो आर्थिक कारोबारको केन्द्र थियो । तर, अहिले ‘ऐतिहासिक डबली मेला’को ब्यानरमुनि जुवाखाल चलाइएको छ । वर्तमान हेर्दा यस्तो लाग्छ, डबली मेलाको नाममा विगतको गर्विलो इतिहासलाई झन्‌झन् बदना गरिँदैछ ।

स्थानीयस्तरमा उत्पादि कृषि उपज, अन्तर्राष्टियस्तरमा चर्चित भोजपुरे खुकुरी, पुराना स्थानीय भाकाले अहिलेको डबलीमा स्थान पाउँदैनन् ।  ती कुरालाई बिर्सिएर आयातित कलाकारको तडकभडक र हो-हल्ला मात्रै सुन्न/हेर्न पाइन्छ अहिलेको डबलीमा । डबलीको ऐतिहासिकता बुझ्नेले अहिलेको मेला हेर्न गएमा पक्कै पनि जिब्रो टोक्नेछन् । हिजोबाट मेलालाई नजिकबाट नियाल्नेहरूको मन अहिलेको मेला देख्दा कति दुख्दो होला ?

कुनै बेला डबली मेला लाग्ने खबर फैलिएपछि स्थानीयहरू राडीपाखी, डालो, नाङ्लो, फिपी, खुकुरीसहितका स्थानीय उत्पादन बेलैमा तयार पारेर राख्थे । त्यसबेला डबली मेलाको स्टल पाउन पनि मुस्किल हुन्थ्यो । तर, अहिले पुराना दिनमा जस्तै स्थानीय उत्यादन र वस्तु मेलामा खरिद गर्न त के हेर्न पनि पाइँदैन । त्यहीकारण जुवाखाल बनेको डबली मेलाप्रति कसैको आकर्षण देखिँदैन ।

सांस्कृतिक कार्यक्रममा जिल्लाका कलाकारलाई बेवास्ता

हरेक शुक्रबार र शनिबार हुने सांस्कृतिक कार्यक्रम र नाचनगानले एउटा उमेर समूहका दर्शक र स्रोताको मन तानिरहेको छ । साँझपख हुने सांस्कृतिक कार्यक्रममा युवा-युवतीहरू झुमिएको देख्न सकिन्छ । तर, यो कार्यक्रममा पनि आयातित कलाकारकै बाहुल्यता छ । कला र संस्कृतिको राजधानी मानिने भोजपुरको माटोले जन्माएका दर्जनौँ मुर्धन्य स्रष्टा भए पनि उनीहरूलाई देख्न पाइँदैन । हाँस्य कलाकार ‘फुलन्देकी आमा’ बाहेक भोजपुरे कलाकारलाई मञ्चमा देख्न पाइएको छैन । स्थानीय कलाकारलाई त आयोजकले अवसर दिनु परको कुरा भएको छ ।

सांस्कृतिक सत्ताका रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई पौवादुङ्मा गाउँपालिकामा जन्मिएका हुन् । परिषद् सदस्य एवम् लेखक राजन मुकारुङ टेम्केमैयुङ गाउँपालिकाका हुन् । ललित कला प्राज्ञ प्रतिष्ठानका कुलपति नारदमुनि हर्ताम्छाली षडानन्द नगरपालिकाको देउराली हुन् । संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानका प्राज्ञ तथा चर्चीत गायत भीषण मुकारुङ पनि टेम्केमैयुङको अन्नपूर्णका हुन् । राष्ट्रिय नाचघरका अध्यक्ष चन्द्रकुमार हतुवाली हतुवागढी र प्राज्ञ डा. विप्लव ढकाल अरुण गाउँपालिकाका हुन् ।

देशको सांस्कृतिक सत्तामा भोजपुरको हस्तक्षेपकारी उपस्थिति हुँदा पनि ऐतिहासिक भनिएको डबली मेलामा यहाँको माटोका प्रतिभाहरूले अवसर पाउँदैनन् । भोजपुरमा जन्मिएका कलाकार बेवास्तामा पर्दा आयातितहरूका लागि आयोजकले मोटो रकम खर्चिरहेका छन् ।

यही वर्ष डबली मेलामा गीत गाउन आएकी एक कलाकारले त यहाँका स्थानीय आयोजकसँग चिनजान नै नरहेको बताइन् । उनले तराईतिरका आयोजकले बोलाएर आएको सुनाइन् ।

स्थानीय आयोजकले तराईतिरका आयोजकलाई ८ लाख रुपैयाँमा मेला जिम्मा लगाएको चर्चा अहिले एक कान, दुई कान, मैदान भएर भोजपुरभर सुनिन थालेको छ ।

ऐतिहासिक भनिएको डबली मेलाको हालत खेतबाली जोगाउन बनाएर ठड्याइएको बुख्याँचाको भन्दा बिरुप छ । पुर्खाले त्यसै भनेका थिएनन्, ‘गँडाहा गाउँमा जँड्याहा तन्नेरी।’ अहिले डबली मेलाको हालत त्यो बुख्याँचा र पुर्खाहरूको उखानभन्दा पनि कन्तबिजोग भएको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस