सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ।
शुक्रबारदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् । ग्यालेक्सी A56 5G ले पहिलो पटक 'Awesome Intelligence' सहितको AI अनुभव ल्याएको छ।
One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने दाबी कम्पनीको छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”
विशेष प्रि-अर्डर अफरहरू: NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ। प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछन्।
रंगहरू: Awesome Graphite, Awesome Light Gray र Awesome Olive साथै, ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।
EMI सुविधा: सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।
बजारमा उपलब्धता:
ग्यालेक्सी A56 5G को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। अब ढिला नगरी प्रि- अर्डर गर्नुहोस् र विशेष अफरको फाइदा लिनुहोस्।
स्मार्टफोन ब्रान्ड सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजमा नयाँ ‘ग्यालेक्सी एम३६ ५जी’ ल्याएको छ । यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सिरिन ग्रिन रङमा नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा ८ साउनदेखि उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।
यो स्मार्टफोन ८ जीबी र १२८ जीबी क्षमता तथा ८ जीबी र २५६ जीबी क्षमता गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३६ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी एम३६ ५जीका विशेषता
एआई इनोभेसन
गुगलसँगको सर्कल टु टच र जेमिनी लाइभ जस्ता फिचर फिचर मार्फत यो स्मार्टफोनले एआईलाई अझ नजिक ल्याउँछ । चाहे तस्वीर चिन्ने होस् वा एआई एसिस्टेन्टसँग लाइभ कुराकानी, सबै काम सहज र इन्ट्युटिभ हुनेछ ।
मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल
७.७ मिलिमिटर पातलो यो फोन कर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसबाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ । ६.७ इन्चको एपफएचडी प्लस सुपर एमोलेड स्लिमबेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजी सहित घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ ।
सानदार क्यामेरा क्षमता
५०एमपी ओआईएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्छ । अटो नाइट मोड र नाइट फोटोग्राफी फिचर छन् । अगाडि र पछाडि दुवै क्यामेरामा फोरके भिडियो रेकर्डिङ सपोर्ट, साथै फोटो रिमास्टर र अब्जेक्ट इरेजर जस्ता एडिट टुलहरू पनि उपलब्ध छन् ।
मन्स्टर पर्फर्मेन्स
एक्जिनस १३८० (५एनएम) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ । भेपोर कुलिङ चेम्बरले ओभरहिट हुन दिँदैन । ५०००एएच ब्याट्री र २५ वाट फास्ट चार्जिङले पूरै दिन पावर दिन्छ ।
दिगो सफ्टवेयर र सुरक्षा
६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेसनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टीसाथ ग्यालेक्सी एम३६ ५जी लामो समय टिक्ने स्मार्टफोन हो । वान यूआई ७ मा चल्ने यसमा क्लिनर होम स्क्रिन, अपडेटेड विगेट्स र नाउ बार जस्ता नयाँ फिचर छन् । त्यस्तै सामसङ नक्स भल्ट मार्फत डेटा सुरक्षित राखिन्छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...