गाथामग चह्रे पर्व मनाउँदै नेवार समुदाय
०७ साउन २०८२
•
७ मिनेट पाठ
गाथामग चह्रे पर्व मनाउँदै नेवार समुदाय
साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदै छन्। विशेषगरी घरको स्वस्तिशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ। गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा पनि लिइन्छ।




नेवार समुदायले हर्षोल्लासका साथ मनाउने गाथामग चह्रे नेवार समुदायको मौलिक पर्वमध्येको एक हो। वर्षको चार प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बालाचतुर्दशी, तिहारको काग चतुर्दशी र महाशिवरात्रि चतुर्दशीमध्ये नेवार समुदायले मात्र पर्वका रूपमा मनाउने भएकाले घण्टाकर्ण चतुर्दशीलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरेको बाराही मन्दिरका पुजारी लक्ष्मीनारायण कर्माचार्यले बताए।

गाथामग चह्रेको पूजा विधिपूर्वक गरे घरमा पितृदोषबाट मुक्त भई शान्ति कायम हुने र परिवारजनमा कुनै दानवी शक्तिको प्रभाव नपर्ने जनविश्वास छ। यसै विश्वासअनुरूप नेवार समुदायले गाथामग चह्रेमा बिहानै घरलाई लिपपोत गरी शुद्ध बनाउनुका साथै महादेव वा नायरायणको मन्दिर पुगेर जल ल्याई घरको सम्पूर्ण भागमा छर्केर चोखो बनाउने चलन छ।

घर चोखो गर्न अगाडि दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडा धोएर चोखो गर्छन्। जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता छ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूतप्रेत मन्छाउने कार्य) गर्दछ। काँचो माटोको सानो दहीको कटारो वा सलिचा (एक प्रकारको माटोको भाँडा) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर घरको मूलढोका अगाडि कुमार र टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ। बौ वाय् ज्या गर्दा कोहीले कुखुराको बलि समेत दिने परम्परा छ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको स्थानीय बलराम प्रजापतिले बताए।

घरका साना केटाकेटीलाई खुट्टामा फलामको कली (एक प्रकारको गहना), तामाको औंठी लगाइदिने चलन पनि छ। वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र फलामको औंठी लगाउने चलन छ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूल समेत राखेर छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म धुवाँ जाने गरी परिक्रमा गराई छ्वास अर्थात् नेवार समुदायको मानिस मर्दा मृतकको लुगा फाल्ने ठाउँमा लगेर सेलाउने गरिन्छ। यस दिन नेवार समुदायमा घरका सम्पूर्ण झ्यालढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जाै, तोरीको गेडा लगायतका वस्तु राखेर गोवरले लिप्ने गरिन्छ।

गाथामग चहेको साँझ बच्चा भूतदेखि नडराऊन्, रुन्चे नलागोस् भनी टोलटोलमा रहेको छवासमा गथामुगलाई आगो तपाएर तीन चकर लगाइसकेपछि सो आगोमा घुमाइघुमाई तपाउने गरिन्छ।

गाथामगको दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने जनविश्वास छ। गथामग पर्व मनाउन घरआँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टे घट्ने र लामखुट्टेको टोकाइ समेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरूको भनाइ छ।

गाथामग चह्रेकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको  मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोकचोकमा ठड्याएर राखिन्छ। सँगसँगै बच्चालाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ। साँझपख छवाली बालेर बाजागाजाका साथ राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोलापारि, दोबाटो, चौबाटो र नगरबाहिर लगेर जलाइन्छ। जलाएर फर्केपछि गाईजात्रा सुरु भएको जनाऊ दिँदै घिनताङघिसी तालमा नाचेर आउने परम्परा छ।

यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरुवात भएको पर्वका रूपमा लिने गरिन्छ। नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीका अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने परम्परा पनि छ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए। काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखि यो पर्व मनाउँदै आएको उनले बताए।

यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रूपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठ बताए।

लोककथन अनुसार घण्टाकर्ण भगवान् विष्णुका भक्त थिए। उनी भगवान् विष्णुको मात्र पूजा गर्दथे। एकदिन भगवान् विष्णुले शिव र आफू एउटै भएकाले शिवको पूजा गर्नुभन्दा घण्टाकर्ण मानेनन् तब विष्णुले ‘हरि र शङ्कर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव। तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन्। उनी बाहिर निस्केका बेला मानिसहरूले शिवशिव भनेर जिस्क्याउँथे, सुन्नुपर्ला भनेर उनले आफ्नो कानमा ठूलाठूला घण्ट झुण्ड्याएर हिँड्थे। कसैले शिवको नाम लिनेबित्तिकै कानको घण्टा जोडजोडले बजाउँथे। त्यसैले यसलाई घण्टाकर्ण भनिएको किंवदन्तीमा उल्लेख छ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने घण्टाकर्णको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो। घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ। पौराणिक कथन अनुसार महाभारतकालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछन्।

शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूपधारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् प्राडा श्रेष्ठले बताए।

गाथामग पर्वको दिनदेखि नै नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउने कार्यको थालनी गरिन्छ। नेवार समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रूपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्त्वको कार्य नगर्ने परम्परा छ।

नेवार समुदायले गाईजात्राका बेला नौ दिन आठ रात प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरवनाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, लुसिचा प्याखं, रामायण लगायत व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वदेखि सुरु गरिन्छ।

भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको लागि घण्टाकर्ण चतुर्दर्शीकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ। यस दिन नवदुर्गा जात्राका सबै देवगण महादेव सिद्ध गर्न याछेंस्थित नवदुर्गाको मुखुण्डो बनाउने चित्रकारकहाँ गई ख्वपा बनाउने विषेश पूजाकोठामा कालो माटोले चित्रकारले महादेवको प्रतीक बनाई मुखुण्डोको शुभारम्भ गर्छन्। यस कार्यपछि महादेवको प्रतिमामा देवगणले दुई भाले बलि दिई विधिवत पूजा गर्छन्। पूजा सम्पन्न गरेपछि कुखुराको मासु राखेर सबै देवगण र चित्रकार बसेर समेबजी खान्छन्।

खाइसकेपछि नवदुर्गा देवगृह फर्केर तालाक्वस्थित हाकुज्याक अर्थात् नायोकु नामक समूहको प्रजापतिहरूको गुठीघरमा जाने परम्परा छ। त्यहाँ पुगेपछि गुठीघरमा हाकुज्याकका थकाली (मुख्य नाइके)को हातमा भैरव बन्ने देवगणले ओम वा स्वस्तिक चिह्न लगाई एउटा सिक्का र दुईवटा चाँडी सानो सिक्का जस्तो देखिने पाता बैनाका रूपमा दिई नवदुर्गा गणलाई चाहिने सम्पूर्ण माटोको भाँडा बनाउन आग्रह गर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले बताए।

यो कार्य सकेपछि सबै समेबजी खाएर नवदुर्गा देवगण देवगृह फर्किन्छन्। यसै दिनदेखि देगण कुन देवीदेवता बन्ने हो त्यो शक्तिपीठमा गई तान्त्रिकपूर्वक पूजा गर्ने परम्परा रहेको सल्लाहार बनमालाले बताए। 

घण्टाकर्ण चर्तुदशीका दिन भक्तपुरको वाखुपति नारायण, तिलमाधव नारायण, लोकेश्वर मन्दिर, दत्तात्रय मन्दिर, यातु महादेव, दिपङ्कर बुद्ध लगायत नगरका शक्तिपीठ ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरवनाथ र तलेजुको मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ।
अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
•
१ मिनेट पाठ
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१) मुक्तक




गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस