पूर्वमिस नेपाल श्रृंखला खतिवडाले ब्युटी विथ पर्पसका लागि निर्माण गरेको स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण गरेकी छिन्।
दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण गरेको खतिवडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।
स्वास्थ्य चौकीमा अहिले मासिक ३ सय जना बिरामी आउने उनले बताएकी छिन्। पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका ठाउँका लागि याे ठूलो उपलब्धि हो रहेको उनको भनाइ छ।
यसअघि स्वास्थ्य चौकी नभएको अवस्थामा लगबुकमा नाम रहेका मान्छेले नजिकको स्वास्थ्य केन्द्रमा चार घण्टा हिंड्नुपर्ने बाध्यता रहेको पनि उनले बताएकी छिन्।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको योगदानका लागि श्रृंखलाले धन्यवाद दिएकी छिन्। उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका-७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन्।
पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै हावर्डबाट पढाइ सकेको जानकारी दिएकी हुन्।
उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मैले ग्राजुएसन गरें। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ।,’
त्यस्तै उनले परिवारबिना आफूले यो काम गर्न नसक्ने पनि बताएकी छिन्। शृंखलाको ग्राजुयसनमा सहभागी उनका बुबा विरोध खतिवडा र आमा मनु सिग्देल अमेरिका पुगेका छन्।
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...