चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
०९ चैत्र २०७९
•
२ मिनेट पाठ
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।




‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन्।

‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे। चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरे।

'दर्शकले विश्वास गर्नुहुन्न की? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए', अभिनेता कार्कीले भने। यद्यपि निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे।

अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे। चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो।

'चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु', अभिनेता कार्कीले भने, 'प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन। दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ।'

उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन्।  ‘प्रसाद’ कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए। 'नामको विश्वास धान्ने काम गरेका छौँ। पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ', उनले भने।

जातीय विभेद र महिलामाथि हुने दुव्र्यवहारको घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन्। सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहेको छ। रासस  
अर्को समाचार
चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत
२० साउन २०८०
•
२ मिनेट पाठ
चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत
कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मेहनतको चर्चा हुन थालेको छ।




बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन्। ‘डिजिटल प्लेटफर्म’ हरुको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पिँढीका कलाकारमा देखिन थालेको छ।

प्रायः चलचित्रमा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँपुस्ताका कलाकार भने मेहनती देखिने गरेका छन्। रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा देखिएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, प्रमोद अग्रहरीलगायतले आफ्नो चरित्र निर्माणमा गरेको मेहनत नयाँ पुस्तामा समेत देखिएको छ।

यद्यपि उल्लेखित नामलाई बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ। गत वर्ष प्रदर्शन भएका चलचित्र ‘छड्के २’ मा अभिनेता अनमोल केसी ग्याङगस्टर, ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का जुम्लाको गाउँले भूमिकामा देखिए। नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने दुई युवापुस्ताका अभिनेताले आफ्नो भूमिकामार्फत देखाएकोे परिवर्तनको राम्रै चर्चा भयो। यद्यपि व्यावसायिक सफलता भने प्राप्त हुन् सकेन।

आफूलाई स्टारडमको छायाँबाट बाहिर आएर जुम्ली युवक बनेपछि पात्रको विविधतासँग परिचित भएको महसुश अभिनेता खड्कालाई छ। उनी सोही चलचित्रमार्फत उत्कृष्ट अभिनेताको अवार्डसमेत जित्न सफल भए। ‘नयाँ भूमिका खोज्दा प्रकाश पाएँ, चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको थिएँ, यस्ता चलचित्रमा बारम्बार काम गर्ने मौका मिल्दैन, सदुपयोग गरेको हुँ’, अभिनेता खड्काले भने।

गत वर्ष नै प्रदर्शन भएको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माले गाउँले युवतीको भूमिका, ‘बाबरी’ मा अभिनेता धीरज मगरले पूर्वेली युवक, ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवाको भूमिका निर्वाह गरेका थिए।

नयाँ पुस्ताले चरित्र निर्माण गरिरहेको मेहनत सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन। ‘स्टारलाई हेर्न दर्शक हलसम्म आउनुहुन्छ, उनीहरुले चरित्रमा गर्ने मेहनतले लामो समयसम्म जोगाउँछ”, निर्देशक भट्टराईले भने।

प्रदर्शनरत चलचित्र ‘बगान’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री प्रमिला कार्कीले आफूलाई प्रमाणित गरेकी छिन। चलचित्रको प्रदर्शनीमा हेर्न पुगेका विशिष्ट व्यक्तिले समेत उनको अभिनय प्रशंसा गरे। ‘आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा उनीहरुको अनुभवले मलाई चरित्रमा रहन मदत गरेको थियो, पर्दामा आफ्नो काम हेर्दा खुसी भए नै साथै प्राप्त प्रतिक्रियाले मलाई आगामी यात्रा तय गर्न सहज भएको छ।’, अभिनेत्री कार्कीले भनिन।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस