टुल्कु अर्थात् अवतारी
३० वैशाख २०७४
•
८ मिनेट पाठ
टुल्कु अर्थात् अवतारी
बौद्धमार्गीहरू पुनर्जन्ममा विश्वास् गर्छन् । यसलाई ‘टुल्कु’ अर्थात् अवतारी लामा भनिन्छ । बौद्धमार्गी पुनर्जन्ममा विश्वास मात्रै गर्दैनन्, पुनर्जन्म पाउनेलाई साक्षात भगवानका रूपमा लिन्छन् । अवतारी लामाको पूजा, दर्शन र आशीर्वाद लिने परम्परा सदियौँदेखि कायम छ । 

कपन गुम्बाका टुल्कु अर्थात् अवतारी लोसाङ नाम्गेल रिम्पोछे पनि पुनर्जन्म पाएका मानिन्छन् । रिम्पोछे बौद्ध धर्ममा धर्मगुरु बुझाउने उच्च पद हो । 

'मेराे पूर्वजन्मकाे परिवार स्यम्भूमा छ । यही जुनीकाे परिवारजस्ताे लाग्छ । हाम्राे भेटघाट भइरहन्छ । मेराे पूर्वजन्मकी अामा १०७ वर्ष बाच्नुभयाे । मैले उहाँलार्इ भेटेँ, पूर्वजन्मबारे बताएँ ।'

बौद्धमार्गी देशहरूमा धेरै कर्मपाहरूले पुर्नजन्म लिएको बताइन्छ । बौद्धमार्गीहरू पटकपटकको पुनर्जन्मलाई कर्मपा भन्छन् । ‘पुस्तौँ पुस्ताको धर्मकै कारण कर्मपाहरूले पुनर्जन्म लिने हुन्,’ लोसाङ भन्छन्, ‘पूर्वजन्ममा गरेका कर्मले पुनर्जन्मलाई निर्धारण गर्छ ।’ 

विज्ञान र प्रविधिको यो युगमा पुनर्जन्ममा धेरैको विश्वास नहुन सक्छ तर यसबारे विज्ञानलाई चुनौती दिने केही घटना नभएका होइनन् ।

सन् १९७० मा ओखलढुंगा मोरिया रानीवन– ४ मा जन्मिएका लोसाङ नाम्गेलले आफ्नो पूर्वजन्म काठमाडौं स्वयम्भूस्थित एक नेवार परिवारमा भएको बताउँछन् । 

उनी भन्छन्, ‘यसअघि म नेवार समुदायमा जन्मेको थिएँ । मान्छेले फरक–फरक जुनी धारण गर्छ तर पुनः मानव जीवन पाउनु भनेको अकल्पनीय उपहार हो,’ उनी पुनर्जन्मबारे भन्छन्, ‘मानव जुनीबाट हजारौँ मानव जुनीका लागि धर्म गर्न सकिन्छ ।’ 

उनले करिब २० वर्ष गुम्बा शिक्षा र १० वर्ष विदेशमा धर्मदेशना गरेका छन् । यसपछि उनलाई बौद्धधर्मको विधि र नीतिअनुरूप खेन रिम्पोछे गेसे ल्हुन्डुब रिग्सेलको समुपस्थितिमा कपन गुम्बामा गद्दी आरोहण गराइएको हो ।

लोसाङको बाल्यकाल सामान्य थियो । उमेरसँगै उनको क्रियाकलाप फरक हुँदै गयो । उनी बाल्यकाल सम्झन्छन्, ‘ठूला मान्छेले जत्तिकै गहन शैलीमा धार्मिक कुरा गर्ने र आफूले पुनर्जन्म लिएको बताउन थालेपछि धेरैले मलाई अवतारी लामा भनेर ढोग गर्ने, पैसा चढाउने, फलफूल दिने, आशीर्वाद लिने गर्न थाले । जोखना हेर्न आउनेको भीड हुन्थ्यो ।’ 

त्यतिबेला ओखलढुंगाबाट काठमाडौं आइपुग्न सहज यातायात सुविधा थिएन । उनले पूर्वजन्म काठमाडौंको स्वयम्भूमा भएको बताएपछि परिवारले उनलाई स्वयम्भू ल्यायो । उनी आफ्ना बाबुसँग काठमाडौं आए । 

उनी भन्छन्, ‘काठमाडौंमा कर्मपा गुरुलाई भेटेँ र मेरो पुनर्जन्म यहीँ भएको बताएँ । अनि मैले शिक्षा लिन थालेँ ।’ 

स्वयम्भूमा केही वर्ष अध्ययन गरेपछि कर्मपाले उनलाई थप अध्ययनका लागि भारत पठाउने तयारी गरेका थिए तर बुवाको मृत्यु भएकाले जान पाएनन् । त्यसपछि उनले कपन गुम्बामा बौद्ध शिक्षा लिए । 

कपन गुम्बामा धर्म, जीवन र प्रकृतिको दर्शन बुझ्न स्वदेशी तथा विदेशी बर्सेनि आउँछन् । उनलाई गुम्बा घरजस्तै र गुरु बाबुआमाजस्तै लाग्छ । यहाँ ध्यान, पूजापाठ सधैँ हुन्छ । गुम्बाभित्र भोटभाषा र अंग्रेजी भाषामा विज्ञान, धार्मिक विषयमा अध्ययन गराइन्छ । 

उनी भन्छन्, ‘यहाँ पढ्दा म अनुशासित थिएँ । बाल्यकालदेखि नै भगवान् बुद्धमा आस्था राख्थेँ । स्वयम्भूको मञ्जुश्री मन्दिरमा धुप बालेर प्रार्थना गर्न बिहानै पुग्थेँ ।’

काठमाडौंमा बौद्ध शिक्षा लिँदालिँदै उनी २० वर्षसम्म घर फर्कन पाएनन् । उनी भन्छन्, ‘२० वर्षपछि आमा मलाई भेट्न काठमाडौं आउनुभयो । तर उहाँले चिन्न सक्नुभएन ।’

उनी काठमाडौंमा बस्दा उनले पूर्वजन्मकी आमा र परिवारलाई भेटे । ‘मेरो पूर्वजन्मको परिवार स्यम्भूमा छ । यही जुनीको परिवारजस्तो लाग्छ । हाम्रो भेटघाट भइरहन्छ । मेरो पूर्वजन्मकी आमा १०७ वर्ष बाँच्नुभयो,’ उनले भने, ‘मैले उहाँलाई भेटेँ, पूर्वजन्मबारे बताएँ ।’ 

उनले सन् १९९८ देखि बौद्धधर्मका सद्व्याख्या र शिक्षाका लागि बौद्ध जागरण केन्द्र स्थापना गरी धार्मिक कार्य पनि गर्दै आएका छन् । साथै, बौद्ध विद्यालयको परिकल्पना स्वरुप सन् २०११ मा नाम्ग्याल ज्याङछ्युब छ्योलिङ गुम्बा स्थापना गरेका छन् ।

रिम्पोछेले अमेरिका, सिंगापुर, दक्षिण कोरिया, बेलायत, नेदरल्यान्ड, अस्ट्रेलिया, मंगोलिया, युके लगायत देशको धार्मिक भ्रमण गरेका छन् । 

भ्रमणका बेला उनले युरोप र अमेरिकाका नागरिक बौद्ध धर्मप्रति इच्छुक रहेको पाए । ‘विदेशीहरू धर्मबारे बुझ्न चाहन्छन् । उनीहरू बुद्धधर्मको ज्ञान र शिक्षा लिन चाहन्छन् । तर, नेपालीहरू पुण्य कमाउन मात्रै धर्ममा लाग्छौँ,’ उनी भन्छन्, ‘विदेशमा बुद्धिस्ट बढ्नुको कारण बौद्ध धर्म गहिरो र वैज्ञानिक भएकैले हो ।’ 

नेपालमा धर्म र शिक्षाबाटै परिवर्तन ल्याउने रिम्पोछेको परिकल्पना छ । उनी भन्छन्, ‘लुम्बिनीमा बुद्ध जन्मेको हो भन्छौं तर बुद्ध धर्म धेरैले बुझ्न सकेका छैनौँ ।’ 

मान्छेले सुख र शान्ति चाहन्छ र यो आफैँभित्र हुन्छ । उनी भन्छन्, ‘धर्मको ज्ञान र व्यवहारले मानिसको जीवन सार्थक बनाउँछ, आफूलाई सही मानिस बन्ने बाटो देखाउँछ ।’ 
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस