नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’
दृष्टिबिहिन सुस्मिता विकलाई पनि उखानै भनेजस्तै सहयोग मिलेको छ। जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गर्दै घर खर्च जुटाउने गरेकी धवलागिरी गाउँपालिका–७,ताकेकी सुस्मिता लाउड स्पिकर भाडामा लिएर हिँड्ने गरेकी थिइन्।
सदरमुकाम बेनीबजारमा गीत गाउँदै हिँड्ने गरेकी सुस्मितालाई धेरैजसो लाउड स्पिकरको भाडा तिर्ने पैसा समेत जुटाउन हम्मे हम्मे पर्थ्यो।
बिहानै भोक भोकै कोठाबाट निस्किएर बेनीबजारका चोकचोकमा गीत गाएर बटुवाको मन जित्न सफल भएकी सुस्मिताले गीत गाउने स्पिकरका लागि दैनिक १ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेकी थिइन्।
गीत गाएरै जीविकोपार्जनका लागि आर्थिक जोहो गर्न दृष्टिविहीन कलाकार सुस्मिताको समस्याका बारेमा नागरिक दैनिक र नागरिकअनलाइनमा समाचार प्रकाशित भएपछि म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग ढक्कीघरे हाल बेलायतमा रहेका नक्कु पूर्जा, धर्मपत्नी तारा पूर्जा र छोराछोरी दर्पण पूर्जा र जेनित पूर्जाले २५ हजार बराबरको स्पिकर सहयोग गरेका छन्।
नक्कु दम्पतीले आफ्ना दाजु लालकुमार पूर्जा र भाउजू स मायाँ पुर्जामार्फत सोमबार सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा एक कार्यक्रम गरी सुमिस्तालाई गुणस्तरीय स्पिकर हस्तान्तरण गरे।
बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, युवा नेता झलक आचार्यको उपस्थिति रहेको थियो। सोही अवसरमा लालबहादुर र समायाँले खाद्यान्न र नगद समेत सहयोग गरेका थिए।
विभिन्न ठाउँमा गएर आर्थिक सङ्कलनका लागि स्पिकर आवश्यक रहेको जानकारी पाएपछि सहयोग गरेको नक्कु पूर्जाले बताए।
‘पीडितको आवश्यकतालाई हाम्रो परिवारले सहयोग गरेको हो,‘सीपअनुसारको सहयोगले जीवन निर्वाहमा समेत सहज हुन्छ’ समाजसेवी पूर्जाले भने।
दुःखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुँदा समेत भोक भोकै गीत गाउने गरेकी छन्। साँझ बिहानको छाक टार्न विद्यालयमा जाने छोरालाई लिएर गीत गाउँदै सहयोग जुटाइरहेको अवस्थामा भाडा तिर्नुपर्ने झन्झटबाट मुक्त भएकोमा सहयोगदातालाई धन्यवाद दिइन्।
उनले नयाँ स्पिकरबाटै सहयोगदातालाई धन्यवाद दिइन र गीत गाएर समेत सुनाइन।
‘अब स्पिकरको भाडा तिर्नुपर्ने समस्या टरेको छ, त्यही पैसा पनि बचत भए मेरो घर खर्च चल्छ’ उनले भनिन्।
सुस्मिताका एक छोरा र चार छोरी छन्। छोराछोरी पढाउनदेखि सबै घर खर्च गीतबाट जुटाउनुपर्ने बाध्यता छ। आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिँड्ने बटुवा, व्यापारीको समेत आँखा पनि रसिलो हुन्छ।
दृष्टिविहीन भएकैले सुस्मिता र उनका श्रीमान् समेत दृष्टिविहीन हुन्। पहिले संंगै गीत गाउने श्रीमान् जलन विक अहिले पोखरामा बस्छन्। ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्ने गरेकी सुस्मिताको घाँटीमा समस्या हुँदा पनि रोकिदैं गाउने गरेकी छन्। सुस्मिताको स्वर मिठो छ। हातमा माइक्रोफोन समातेर गीत गाउने गरेकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन्।
बेनी नगरपालिका– ५ का हुन् खड्के दमाई। उनले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २० वर्ष पूरा भएको छ। दुई दशकको अवधिमा पीडित दमाईले बेनीबजारमा भएका दर्जनौं कार्यक्रममा गुनासो पोखे, तर पनि राहत र पुनर्स्थापनामा कुनै सहयोग पाएनन्। अहिलेसम्म आश्वासनबाहेक केही नपाएको उनले बताए।
पीडित दमाईसँगै आफ्ना पतिलाई राज्य पक्षको यातनाबाट गुमाएकी बेनपा– ६ की रेवती शर्माले अझै न्याय नपाएको बताइन्। आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाको क्षण अझै ताजा भए पनि राज्यबाट हुने सहयोगको अनुभूति नगरेको म्याग्दीका द्वन्द्वपीडितको भनाइ छ। द्वन्द्वपीडितका नाममा सुविधा र राहतसँगै न्यायको खोजीमा २० वर्षदेखि भौंतारिएको पीडित कृष्णलाल श्रेष्ठले बताए।
द्वन्द्वका क्रममा घाइते, अपांग तथा अंगभंग भएकालाई औषधोपचार तथा जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने माग उठाउँदै आएका श्रेष्ठ राज्यका निकायको हेपाहा प्रवृत्तिसँग हार भने खाएका छैनन्। जिल्ला अदालतका तत्कालीन कार्यालय सहयोगी बेनी नगरपालिका– ७ पीपलचोकका ६५ वर्षीय कृष्णलाल श्रेष्ठ तीनवटा गोली लागेर घाइते हुनुका साथै एम्बुसमा परी दाहिने खुट्टा गुमाएका थिए।
शारीरिक असक्तताका कारण जागिरसमेत छाडेका कृष्णलालले अहिलेसम्म राहतका लागि गरेका सबै प्रयास असफल भएको भन्दै द्वन्द्वपीडितका नाममा पहुँचवालाकै हालिमुहाली रहेको बताए। मंगला गाउँपालिका– २ बाबियाचौरकी देवीकुमारी केसीले प्रहरीको गोली लागी ज्यान गुमाएका छोराको न्याय अझै नपाएको बताइन्।
उनले राहतभन्दा पनि मलामी गएर फर्कदै गरेको छोराको आत्माले शान्ति पाउने गरी न्यायको प्रतीक्षामा रहेको बताइन्। द्वन्द्वकालमा आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाको क्षण अझै ताजा रहेको बताउँदै राज्य र विद्रोहीका पक्षबाट ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यले द्वन्द्वपीडितकै नाममा अर्बौं बजेट सकिए पनि वास्तविक पीडितका परिवारको अवस्था बेहाल रहेको बताउँदै गुनासो पोख्दापोख्दै २० वर्ष बितेको बताएका छन्।
द्वन्द्वका क्रममा घाइते, अपांग तथा अंगभंग भएकालाई औषधोपचार तथा जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने माग गरेका छन्। द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले स्थानीय, प्रदेश र संघीय सरकारका कार्यक्रमहरुमा द्वन्द्वपीडित सदस्यका लागि समेत प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
उनले पीडितका नाममा आएका कार्यक्रमका बारेमा जानकारी पाउनुपर्ने बताए। द्वन्द्वपीडितलाई परिचय पत्र, सार्वजनिक यातायातमा सुविधा, आयआर्जनका क्षेत्रमार्फत उत्पादनमा जोड्ने कार्यक्रम, बालबालिकालाई शिक्षा, स्वास्थ्यसहितका राज्यबाट प्राप्त हुने सुविधामा छुट दिनुपर्ने माग प्राथमिकताका साथ उठाए पनि सुुनुवाइ नभएको बताए।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...