प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरिएकाे छ। बिहीबार मुक्तक दिवसको अवसर पारेर नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले साे पुरस्कार प्रदान गरेकाे हाे।
साेही अवसरमा २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको आरब्धलाई ३१ हजार रुपैयाँसहित कृष्ण-रत्न- चेतन मुक्तक पुरस्कार प्रदान गरिएकाे थियाे।
दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काँइलाले प्रदान गरेका थिए।
यी पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापना गरिएका हुन्।
सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति शीतको रुनझुनको पनि लोकार्पण समेत गरिएकाे थियाे।
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काइँला, अध्यक्ष कोने, समालोचक श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, ज्ञानु पाण्डे, पुरस्कृत स्रष्टा अनुराधा ढकाल, रमेन्द्र शमशेर थापा, वियोगी बुढाथोकी, दिव्य गिरी लगायतले आआफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा मुक्तककारहरू-दिनेश शर्मा, सुनिल अधिकारी, राजेन्द्र घिमिरे सागर, मदन नेपाल, निर्मलरमण पराजुली लगायतले आआफ्नो शुभकामना मन्तव्य तथा मुक्तक वाचन गरेका थिए।
प्रतिष्ठानका महासचिव यादव भट्टराईले संचालन गरेकाे कार्यक्रममा अमेरिकाबाट आएका स्रष्टाहरू -शेखर ढुङेल, सुन्दर जोशी, नेत्र बन्धु पोख्रेल, किस्मत भण्डारी समेतको उपस्थिति रहेको थियो।
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान गर्ने भएकाे छ।
त्यस्तै २०७९ सालभरिमा प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको मुक्तककृतिलाई अर्पण गरिने ३१ हजार रुपैयाँको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ चितवनकी अनुराधा ढकाल मुक्तककृति ’आरब्ध’लाई अर्पण गर्ने निर्णय गरेको छ।
यी दुवै पुरस्कार नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू- कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापना भएका हुन्।
उक्त अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ को समेत लोकार्पण गरिने प्रतिष्ठानले जनाएको छ।
यही माघ १८ गते मुक्तक दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने समारोहमा उक्त पुरस्कारहरू अर्पण र कृति लोकार्पण गरिंदै छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...