रङ्गमञ्च
२२ चैत्र २०८०
•
१ मिनेट पाठ
रङ्गमञ्च
म अहिले रङ्गमञ्चको




पर्दाभित्र छु

दर्शकहरूको ठुलो भिडको अगाडि

निर्देशकको इसारामा

घोकेका डायलग बोल्नु

विभिन्न भावभङ्गीमा

आफूलाई प्रस्तुत गर्नु

रङ्मञ्चको यो क्षण

जीवनमा भेटिएका

पात्रहरूसँगको

अनौठो संयोग

मेरो जिम्मेवारी बनेको छ।

रङ्गमञ्चमा भएकै कारण

देखिने, भेटिने र बोलिने

अनेक थरि चरित्रसँग

मेरो अगाध स्नेह छ,

बडाे आत्मीयता छ।

बिना तुकका

आँखा झिम्क्याइ

ओठ बङ्ग्याइ

आँसु झराइ

अट्टाहास हाँसो

मलाई व्यर्थ लाग्छन्।

जानेको हुँ

रङ्गमञ्चमा उभिएर

रिहर्सल गर्न

गाह्रो छ र पनि

फगतको नियतिमा फसेर

दर्शकको ताली पाउन

लालायित चर्चित पात्र म

अहिले रङ्गमञ्चमा छु

जीवनको विशेष रङ्गमञ्चमा।
अर्को समाचार
८० वर्षीया हजुरआमाको हातबाट केक काटेर इस्टु कार्कीले सुरू गरिन् ‘फ्लिप एन्ड इट’
१० भदौ २०८३
•
१ मिनेट पाठ
८० वर्षीया हजुरआमाको हातबाट केक काटेर इस्टु कार्कीले सुरू गरिन् ‘फ्लिप एन्ड इट’
चर्चित कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले काठमाडौंको अनामनगरमा सञ्चालनमा ल्याएको ‘फ्लिप एन्ड इट’ क्याफेको औपचारिक उद्घाटन गरेकी छन्। इस्टुले आफ्नी ८० वर्षीया हजुरआमाको हातबाट केक काटेर क्याफेको उद्घाटन गराएकी हुन्। उद्घाटन कार्यक्रममा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालालगायतको उपस्थिति थियो।




करिब ४० लाख रुपैयाँभन्दा बढी लगानीमा सुरु गरिएको ‘फ्लिप एन्ड इट’ इस्टुका लागि कन्टेन्ट क्रियसनभन्दा फरक यात्राको सुरुवात हो। व्यवसाय सञ्चालन गर्नु र त्यसै व्यवसायको भिडिओ बनाउनु फरक अनुभव रहेको उनले उद्घाटनका क्रममा बताइन्।

कन्टेन्ट क्रियसनमा सक्रिय इस्टुले पछिल्लो तीन वर्षदेखि निरन्तर भिडिओ निर्माण गर्दै आएकी छन्। नयाँ कुरा सिक्ने, बुझ्ने र आफूलाई नयाँ रूपमा विकास गर्ने चाहनाले व्यवसायमा हात हालेको उनले बताइन्।  

‘हजुरआमासँग म सानैदेखि नजिक छु, मैले हौसला पाएकी छु । त्यसैले आफ्नो महत्वपूर्ण कार्यको सुरुआत उहाँमार्फत गरेकी हुँ’, उनले भनिन्। रङ्गमञ्च पृष्ठभूमिबाट आएकी इस्टु रमाइला भिडिओ, भ्लग तथा सामाजिक सञ्जालका पोस्टमार्फत परिचित छिन्। कन्टेन्ट क्रियटरका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी इस्टुको ‘फ्लिप एन्ड इट’सँगै अब व्यवसायीको परिचय पनि थपिएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस