‘कपेर महाँकाल गढी’: मध्यकालदेखि नै रणनीतिक महत्त्वको गढी रहेको दाबी
२६ जेष्ठ २०८१
•
४ मिनेट पाठ
‘कपेर महाँकाल गढी’: मध्यकालदेखि नै रणनीतिक महत्त्वको गढी रहेको दाबी
इतिहासका अध्येताले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्त्वको गढी रहेको दाबी गरेका छन्।




शुक्रबार बेथानचोक गाउँपालिका र संस्कृति तथा पुरातत्त्व अध्ययन केन्द्रको आयोजनामा गरिएको अन्तक्रिया कार्यक्रममा प्राडा दिनेशराज पन्तलगायत इतिहासकारले सो गढीको ऐतिहासिक महत्त्वबारे अवगत गराएका थिए।

काभ्रेको पनौती र मकवानपुरको हरिहरपुर गढीको बीचमा रहेको सो गढी मध्यकालीन समयमा सिम्रौनगढबाट उपत्यकामा हुने आक्रमणको मार्गसमेत रहेको उनीहरूको दाबी छ।

अध्ययन केन्द्रले गरेको अध्ययनबाट सोही क्षेत्रमा नेपाल एकीकरणको समयमा तत्कालीन गोरखाली सेना र अन्य सेनसेनाबीच युद्ध भएको पुष्टि भएको छ।

सो अवसरमा प्राडा पन्तले भने, “विसं १८१९ माघ १० गते मकवानपुर गढीमा बङ्गाली सेनासँग युद्ध भयो। त्यस्तै १८२४ आश्विन १५ गते सिन्धुलीगढीको पौवा गढीमा किनलकको सेनालाई हटाइयो। अङ्ग्रेजहरू यहाँसम्म नआइपुगे पनि यो मकवानपुरबाट उपत्यका प्रवेश गर्न नदिन तयार पारिएको गढीका रूपमा चिन्न सकिन्छ।”

तत्कालीन समयमा उपत्यकाबाट पूर्वतर्फको आक्रमण रोक्न यो गढी महत्त्वपूर्ण भएको उनको भनाइ थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका विभागीय प्रमुख महेशकुमार आचार्यले त्रिभुवन विश्वविद्यालयका अध्यापक एवं स्नातकोत्तर उत्तीर्ण विद्यार्थीले गरेको यो अध्ययनले नयाँ स्थानको ऐतिहासिक महत्व उजागर भएको बताए।

उनले भने, “यस्ता अध्ययन अन्वेषणमा विश्वविद्यालयले यस्ता सङ्घसंस्थाको सहयोग लिएर अघि बढ्छ।”

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले पालिकामा पहिचान भएको ऐतिहासिक ‘कपेर महाँकाल गढी’ले नेपालको इतिहासका खोजीमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, “अनुसन्धान टोलीले पहिचान गरेको यो अनुसन्धानले पालिकाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

पुरातत्वविद् प्राडा मदनकुमार रिमालले तत्कालीन समयमा नेपाल उपत्यकामा भएका अधिकांश आक्रमण पूर्वतर्फबाट हुने गरेकाले पूर्वतर्फ बलिया र महत्त्वपूर्ण गढीको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको तर्क गरे।

भक्तपुरका राजाले अन्यत्रभन्दा पूर्वतर्फको किल्ला बलियो बनाउने गरेको इतिहास रहेको जनाउँदै उनले यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुन सक्छ भने।

उनले भने, “सोही व्यवस्थित गढीलाई पछि अङ्ग्रेज सेनाले सेन सेनालाई जितेर हरिहरपुरको सहायक गढीका रुपमा विकास गरेको हुन सक्छ।”  

त्रिवि नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका सह प्राडा सन्ध्या खनाल पराजुलीको नेतृत्वमा अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्याल र महेश सापकोटाको संलग्नतामा भएको अनुसन्धानबाट ‘कपेर महाँकाल गढी’ मा गोरखाली सेना र सेनवंशी सेनाबीच युद्ध भएको र तामाङ सेना सो युद्धमा सहभागी भएको भेटिएको पुष्टि भएको बताइएको छ।

कपेर महाँकाल गढीमा युद्ध भएको कुरालाई यस डाँडाको फेदीमा अवस्थित गहिरो खोंच तथा सोको घ्यागरवाङ भनिने स्थानीय नामले पनि पुष्टि गरेको केन्द्रका अध्यक्ष अर्यालले बताए।

पछि यो रणनीतिक महत्त्वको गढीलाई गोरखाली सेनाहरूले कब्जामा लिएर हरिहरपुर गढीपछिको सुरक्षाकिल्लाका रूपमा विकास गरेको देखिएको अनुन्धानको नेतृत्व गरेका डा खनालले बताए।

टुँडिखेलको महाँकाल र कपेर महाँकालको सम्बन्ध

सोही गढीको पश्चिमपट्टि रहेको कपेर महाँकाल थान पनि सांस्कृतिक रूपमा महत्त्वपूर्ण रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

गढीको निर्माण गर्दा त्यसको मध्यभागमा जय, विजय, विषाखा, कुवेर आदि देवताको स्थापना गर्ने कौटिल्यको अर्थशास्त्रमा उल्लेखित विधान अनुसार नै बेथानचोकको कपेर महाँकालगढीमा पनि सुरक्षाको निमित्त महाँकालको स्थापना गरिएको अध्ययनका क्रममा भेटिएको अध्यक्ष अर्यालले बताए।

स्थानीय किंवदन्तीका आधारमा टुँडिखेलमा रहेको महाँकाल यही स्थानबाट लगिएको हो। हरेक दिन टुँडिखेलबाट भागेर आफ्नो पुरानो स्थानमा नै आउने गरेकोले टुँडिखेलको महाँकालको खुट्टामा साङ्लाले बाँधिएको स्थानीयको भनाइ छ। टुँडिखेलको महाँकालको मूर्तिमा साङ्लाले बाँधिएको छ।

यसैगरी महाँकालको कथा युद्धसँग पनि जोडिएको छ। युद्ध चलिरहेको समयमा सेनाका उच्च अधिकारीलाई सपनामा महाँकालले उनको थानमा बलि चढाएर उपासना गरे सत्रु पराजित हुने सुझाव दिएको, बलि चढाएपछि घाँसपात सिस्नु तथा कीराफट्याङ्ग्रा अरिँगाल बनेका, शत्रुका आँखा बन्द भएको र युद्ध जितिएको, यसको असर थामडाँडामा गढीमा पनि परेको भनाइ पाइन्छ।

यिनै महाँकाल काठमाडौंको टुँडिखेलमा स्थापना गरिएको स्थानीयको भनाइ छ। किंवदन्तीलाई आधार मानी बेथानचोकको र काठमाडौंका महाँकालको सम्बन्धलाई जोडेरे हेर्ने हो भने कपेर महाँकाल गढी र कपेर महाँकालको ऐतिहासिकतालाई मध्यकालसम्म पुर्‍याउन सकिने डा. खनालले बताए।
अर्को समाचार
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
२० मिनेट अघि
•
१ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
काठमाडाैं। नेपाल वाङ्मय परिषद, धनगढी (कैलाली) को एघारौं वार्षिक साधारण सभा एवं चौथो कार्यसमिति निर्वाचन २०८३ मंसीर १२ गते शनिवार धनगढीमा सम्पन्न भएको छ।

कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारण सभाले अगामी २ वर्षका लागि डा. पुष्करराज भट्ट (अध्यक्ष), जगदीश ओझा र कोपिलादेवी शर्मा (उपाध्यक्ष), लक्ष्मीप्रसाद पौडेल (महासचिव), गोविन्द अर्याल श्रृङ्खला (सचिव) एवं तिलकबहादुर सिंह (कोषाध्यक्ष) चयन गरेको छ।

यसरी नै सदस्यमा रमेश पन्त मीतबन्धु, दीपसागर पन्त, नरेन्द्र गिरी, जयदेव जोशी दार्चुले र खिमानन्द बडु निर्वाचित भएका छन्। संस्थाले सल्लाहकार समितिमा लक्षीराम आचार्य, बाबुराम आचार्य एबं बसन्त बागचन्दलाई चयन गरेको छ। संस्थाले नियमित वाङ्मय सम्बन्धित गोष्ठी सञ्चालन गर्ने र विभिन्न विधाका स्रष्टालाई जोड्दै आफ्नो गतिविधि विस्तार गर्ने लक्ष्य राखेको छ।  



ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस