आमाको मन
१७ साउन २०८१
•
१ मिनेट पाठ
आमाको मन
सुधाकी आमा क्यान्सरले थलिएकी महिनौं भएको थियो। उनको रोगको उपचार हुँदै थियो।  




एकदिन सुधा कौसीमा बसेर चिया पिउँदै थिइन्। 'किरिरिङ' उनको मोबाइल बज्यो।

'अहो, आमालाई गाह्राे पारे जस्तो छ' भन्दै उनले फोन उठाइन्, 'नानी एकदुई दिन आमासँग बस्न आइजो न। तेरी आमालाई बिरामीले चेप्न थालेको छ।'

'हुन्छ, बुबा!' भनेर फोन राखिन् उनले।

घरमा बिदा मागेर उनी माइती पुगिन्।

इन्तुनचिन्तु अवस्थाकी आमालाई छोरीले आमा भनेर बोलाएपछि पिर्लिक्क आँखा खोलिन्। एकछिनपछि बोल्न पनि थालिन्।

आमालाई ओखतीमुलो खुवाइन्। सकेको सेवा टहल गरिन्।

'आज आमा म रुँग्छु। तपाईं सुत्न जानुस्।'

यति भनेर सुधाले बुबालाई सुत्न पठाइन्। धेरै दिनदेखि निदाउन नपाएका उनी भुसुक्क निदाए। आमाछोरी धेरैबेरसम्म निकै कुरा गरे।

सुधा आमाको न्यानाे स्पर्श पाएर भुसुक्क निदाइन्। आमालाई धेरै गर्मी भएकाले दुई पङ्खा चलाइकाे थियाे। सुधालाई पङ्खाको हावाले शरीर बेसरी दुख्ने र कटकटी खाने हुन्थ्यो। निन्द्रामा उनी अइयाअइया भनेर बर्बराएकी सुनेर आमाको मन पग्लेर आयो। सकीनसकी आमाले ओढ्ने ओढाइन्। न्यानाे भएपछि उनी गहिरो निन्द्रामा परिन्।

बिहानीपख बिउँझिंदा उनको शरीर थिचिने गरी ओढ्ना ओढेकी पाइन्। आफूलाई खासै दुखाइको महसुस नभएकाले आश्चर्य मान्दै उठेर उनले सोधिन्, 'आमा, आमा! मलाई कस्ले ओढ्ना ओढाइदिनुभो?'

उनले आमालाई घचघच्याइन्। आमा उठिनन्।
अर्को समाचार
आमाको दिव्य ज्ञान
२८ वैशाख २०७८
•
४ मिनेट पाठ
आमाको दिव्य ज्ञान

सूर्यप्रसाद लाकोजू

 




भोक लाग्दा खान दिन्छिन्  

प्यास लाग्दा पानी

मेरी आमा कति जाती  

ममताकी खानी।

भनिन्छ भगवान्को अर्को रूप आमा हो। आमा शब्द आफैमा अत्यन्त प्रिय छ, स्मरणीय र श्रद्धेय पनि। हाम्रो जीवनमा कुनै दुःख, कष्ट, पीडा हुँदा आमाको स्मरण गर्छौ । सानै ठेस लाग्दा पनि आमा पुकार्छौ । कुनै अप्रिय घटना घट्दा पनि आमा भन्ने शब्द मुखबाट प्रकट भैहाल्छ । मानिसको जीवनमा सानो बालक छँदादेखि वृद्ध हुँदासम्म आमाको ठूलो महत्व रहेकै हुन्छ । आमाको महिमा गान शब्दमा मात्र गाउन सकिन्न । आमाको माया अनुभूत गर्ने कुरा हो । आमाको जस्तो निःस्वार्थ, निश्छल, निष्कपट प्रेम संसारमा कसैको हुँदैन। आमाको हृदयमा ममताको खानी हुन्छ। आफ्ना सन्तानका लागि प्रेमको महासागर हुन्छ आमाको मनमा।

आफ्ना सन्तान सुमार्गमा लागोस्, जीवनका हरेक परीक्षामा सफलतापूर्वक उत्तीर्ण होस्, सफलताले कहिल्यै नछोडोस् भन्ने पवित्र चाहना आमाको मनमा हुन्छ। आफ्ना छोराछोरी कुबाटोमा लागोस् भन्ने भावना कहिल्यै आमाको मनमा आउँदैन। यस्ता थुप्रै सन्देशप्रद घट्ना घटेका हुन्छन् मान्छेको जीवनमा मेरोजस्तै।

एउटा बच्चा गिलो माटोजस्तै हुन्छ। जसरी गिलो माटोलाई जुनसुकै आकार दिन, मन लागेको सामान बनाउन सकिन्छ त्यसैगरी एउटा बालकलाई पनि के बनाउने, कस्तो बनाउने बनाउन सकिन्छ। त्यसका लागि मानिसको पहिलो पाठशालाको रूपमा रहेको घर अनि विद्यालयको भूमिका रहन्छ । त्यसमा पनि अझ बढी भूमिका आमाको रहन्छ नै । तिनै मेरा प्रात स्मरणीय आमाका बारेमा थोरै शब्द खर्च गर्दैछु।

म सानो छँदा चकचके थिएँ । साथीहरूसँग खेल्ने, रमाइलो गर्ने गथ्र्यौं हामी। त्यसबेला अहिलेको जस्तो विभिन्न थरीका चकलेटहरू थिएनन् । डवलीमा एउटा ठूलो पसल थियो । त्यहाँ नाङ्गा चकलेट पाइन्थ्यो। चकलेटको स्वाद मीठो थियो । दुईचार पटक मैले पनि चाखेको छु त्यो चकलेट। कहिलेकाहीँ बुबाले किनिदिनुभएको याद छ। एकपल्ट साथीहरूसँग खेल्दै थिएँ। एक जना उमेरमा मभन्दा अलिक ठूलो र अर्को मेरै उमेरको साथी हामीसँगै खेल्न आए। उनीहरू दुवैले नाङ्गा चकलेट खाँदै आएका थिए। खेल्दाखेल्दै मुखको चकलेट सकाएर अर्को चकलेट खल्तीबाट मुखमा हाले। हामी दुई जना भने हेरेर मात्र बस्यौँ। हामीलाई उनीहरूले तिमीहरू पनि खाओ भनेर दिएनन्, सोध्दा नि सोधेनन्। हामीसँग चकलेट खान पैसा पनि थिएन। ‘हामी त हरेक दिन यस्तो चकलेट खान्छौं । मेरो बाले जहिले पनि चकलेट खान पैसा दिनुहुन्छ ।’ तिनीहरूमध्ये एकले बोल्यो । चकलेट खाएर धाक देखाउन आएका मनले मनसँग भन्यो।

मलाई पनि चकलेट खाने रहर जाग्यो। केही समयपछि घर गएर बुबासँग पैसा मागें। त्यो बेला त्यो चकलेटको पन्ध्र पैसा पथ्र्यो। पन्ध्र पैसा पनि छैन भनेर बुबाले दिनुभएन। आमा घरमा हुनुहुन्नथ्यो। बुबा पनि बाहिर जानुभयो। हामी बाल्यकालमा पाइजामा लगाउँथ्यौं। दुईतिर ठूला–ठूला खल्ती हुन्थ्यो । घरमा लुगाहरू राख्नका लागि तिनताका सन्दुक प्रयोग हुथ्यो। मैले सन्दुकमा पाइजामा खोज्दा एक–एक सुकाका चार सिक्का देखें। ती चारओटा सुकामध्ये एक सुका अर्थात् पच्चीस पैसा त्यहाँबाट निकालें  र पसल गई नाङ्गा चकलेट किनेर ल्याएँ । बाँकी दश पैसाले पिपलामेट दुईटा किने। टोलमा साथीहरू खेलिरहेका थिए । उनीहरूको अगाडि नाङ्गा चकलेट खाएँ। पिपलामेट भने आफूले एउटा खाएर साथीलाई एउटा दिएँ । ‘मेरा बाले मलाई पनि पैसा दिएका छन्। मैले पनि आज चकलेट किनेर खाएँ ।’ साथीहरूलाई शान देखाउँदै भने।

तर त्यो शान धेरै बेर टिकेन । घरमा जानेबित्तिक्कै आमाले सन्दुकको पैसा कस्ले झिकेको भनेर गाली गर्नुभयो । मैले झिकेको होइन भनें। भाइहरू साना छन्, तिमीले नझिके कस्ले झिक्यो त? भन्दै एक थप्पड लगाउनुभयो आमाले। मैले सबै बेलिविस्तार लगाएँ । साथीहरूले चकलेट खाएको घटनादेखि सबै कुरा सुनाएपछि आमाले आइन्दा नसोधी पैसा नझिक्नु । त्यसरी झिक्नु हुन्न भन्दैे अर्को सुका हातमा थमाउँदै ‘ल भोलि स्कुल नि जानु, चकलेट नि खानु ।’ भन्नुभयो । त्यसबेलादेखि मैले कहिल्यै त्यसरी पैसा झिकिनँ।

आमासँग सम्बन्धित अर्को पनि एउटा अविस्मरणीय घटना छ । एकपटक म पसल गएको थिएँ। आमाले मलाई दश रूपियाँ दिएर पठाउनुभएको थियो। पसलमा किनमेल गर्दा नौ रूपियाँ भएछ । मैले दशको नोट दिएँ। पसलमा अलिक भीड थियो । हुलमुलका कारण पसले झुक्किएर मलाई एक रुपैयाँ फिर्ता गर्नुपर्ने ठाउँमा एघार रुपैयाँ फिर्ता ग¥यो । म हत्तपत्त त्यहाँबाट हिँडें। घरमा आएर खुशी हुँदै आमालाई भने । ल्याएको एघार रुपैयाँ पनि आमालाई दिएँ । सामान पनि ल्याएँ, पैसा पनि लगेकोभन्दा बढी ल्याएकोमा आमा पनि खुशी भएर मलाई स्याबासी दिनुहोला भनेको त उल्टो पो भयो । उहाँले मलाई सम्झाउँदै भन्नुभयो, ‘बाबु,अर्काको पैसा त्यसै खानु हुन्न । उनीहरूले पसिना बगाएर कमाएको पैसा त्यसै खानु हुन्न। अर्काको पसिना पच्दैन छोरा। हामीले कमाएको पैसा अरूले खाँदा तिमीलाई कस्तो हुन्छ? तिमी असल मान्छे बन्नुपर्छ । जाऊ बाबू, पैसा लगेर फिर्ता गर ।’ तपाइँ पनि सँगै आउनु न आमा मैले भने । आमा पनि सँगै आइदिनुभएपछि म ढुक्क भएँ । पसल पुगेर मैले पसले साहुलाई ‘काका तपाईले मलाई पैसा बढी दिनुभएछ। लिनुस् फिर्ता ।’ भनेर पैसा फर्काएँ ।  आमाले पनि दशको नोट दिएर पठाएको थिएँ, छोराले एघार रुपैयाँ पो फिर्ता लगेछ भन्नुभयो । पसले काका निकै खुशी हुनुभयो । उहाँले तपाइँको छोरो असल रहेछ भाउजू भन्नुभयो अनि पाँचओटा नाङ्गा चकलेट कागजमा पोको पारेर मलाई  दिनुभयो । चकलेट पाएपछि मेरो मन पनि रमायो।

आमा नै मेरो जिन्दगीको पहिलो गुरु हुनुहुन्छ । उहाँले सिकाउनुभएका यस्ता अनगिन्ती जीवन उपयोगी शिक्षाबाट हामी आज पनि लाभान्वित छौं।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस