फिल्म 'नमेटिने घाउ' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ।
एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शनलाई पनि देखाइएको छ।
त्यसो त यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिकामा अभिनय गरेकाले फिल्म चर्चामा छ।
ट्रेलरमा सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहितको प्रदर्शनमा पुगेर ऐक्यबद्धता जनाएको देखाइएको छ।
त्यस्तै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि अपराध गर्नेले दण्ड भोग्नुपर्ने डाइलग भनेको ट्रेलरमा देखाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने एसिड पीडितलाई आफूले न्याय दिने बताएका छन्।
मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले यसमा अभिनय गरेका छन्।
प्रहरी उपरीक्षक द्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय हेर्न सकिने जनाइएको छ।
रामकुमारी झाँक्रीले केही दिनअघि लुम्बिनी प्रदेशको कार्यक्रममा दिएको अभिव्यक्तिले नेकपा एकीकृत समाजवादीभित्र हलचल चलिरहेको छ। पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि झाँक्रीले नेपाललाई पद छाड्नुपर्ने बताएकी थिइन्।
तर, त्यसअघि नै नेकपा एसले अध्यक्ष नेपालमाथिको मुद्दा राजनीतिक प्रतिशोध रहेको व्याख्या गर्दै पदबाट अलग हुनु नपर्ने निष्कर्ष निकालेको थियो।
यद्यपि त्यो कार्यक्रममा झाँक्री त्यत्तिमा रोकिएकी थिइनन्, उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन्।
यसै विषयलाई लिएर अध्यक्ष नेपालले पहिलो पटक शुक्रवार मुख खोलेका छन्। पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा बोल्दै नेपालले झाँक्रीको नाम नलिएर निकै खरो अभिव्यक्ति दिए।
‘हाम्रो पार्टीका बारेमा केही मान्छेहरूले नकारात्मक टिप्पणी गर्छन्। कसै कसैले यो पार्टीको भविष्य छैन भन्छन्। कसै कसैले यो पार्टी चल्दैन भन्छन्,’ नेपालले भने, ‘यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्ने गर्छन्। सबै मान्छेमा उत्तिकै विश्वास हुँदैन। सबै मान्छेमा त्यत्तिकै आत्मविश्वास पनि हुँदैन।’
झाँक्री लक्षित गरेर भनेको यो प्रसङ्गलाई नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो प्रसंगसँग पनि जोड्न भ्याए। ‘तपार्ईहरूलाई थाहा होला २०६२ सालमा नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय ग¥यो। गणतन्त्रको नीतिमा अगाडि बढ्नुपर्छ भन्ने निर्णय गर्दै थियो । त्यही भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए। यो पार लाग्दैन भनिरहेका थिए’, उनले भने।
त्यो बेला ओलीले भनेको भनिएको ‘बयलगाडा’को प्रसंग पनि नेपालले उल्लेख गरे। उनले भने, ‘बाहिर गएर भाषण पनि गरे–जसरी बयलगाडा चढेर वासिंगटन पुगिँदैन, त्यसै गरेर आन्दोलन गरेर राजालाई ढाल्न सकिदैन्।तर हामीले त्यो चुनौती स्वीकार ग¥यौँ। र हामीले भन्यौँ–हेर्दै जानुस् तपाई विरोध गर्दै जानुस् हामी राजतन्त्रलाई ढाली छाड्छौँ।’
त्यसपछि नेपालले पार्टीभित्र ‘हिम्मत नभएका काँतरले बाटो छाड्नुपर्ने’ पनि भने। ‘हिम्मत नभएकाहरूले बाटो छोड्नुपर्छ। आँट नभएकाहरूले मैदान खाली गर्नुपर्छ। काँतर मान्छेको कुनै काम छैन,’ अध्यक्ष नेपालले भने, ‘हिम्मतहारा मान्छेको कुनै काम छैन। यो पार्टी हिम्मत भएका मान्छेको पार्टी हो।’ काँतर र पार्टीलाई बरबाद पार्नेहरूलाई, पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने नेपालले अगाडि भने।
‘र, त्यस्तालाई साथ दिनेहरू, त्यस्तालाई प्रोत्साहन दिनेहरू, त्यस्ताको पुच्छर समातेर हिँड्नेहरू कोको छन् त्यो पनि पत्ता लगाउनुपर्छ,’ नेपालले भने।
झाँक्रीको अभिव्यक्तिलाई उनले ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेर पनि टिप्पणी गरे। नेपालले अगाडि भने, ‘फुलको आँखा हुनेले सबैतिर मगमग फुलको बास्ना महसुस गर्छन्, काँडाको आँखा हुनेले थुक्न र बान्ता गर्न मात्रै आउँछ। कुरा बुझ्नुभयो कि भएन, संकेतले मात्रै भनेको।’
आफूलाई अदालतमाथि विश्वास रहेकाले त्यो विषयमा धेरै चिन्ता नरहेको पनि बताए। तर चेतावनी दिनेसँग सहजै लड्ने उनले बताए।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...