गीतकार ‘भीमफेदिया’ को ‘मनको मझेरी’ गीतको लोकार्पण
०६ भदौ २०८१
•
१ मिनेट पाठ
गीतकार ‘भीमफेदिया’ को ‘मनको मझेरी’ गीतको लोकार्पण
साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदिया’ को ‘मनको मझेरी’ गीतको लोकार्पण गरेकाे छ। हेम सरिता पाठक फाउन्डेसनको सभाकक्ष, अनामनगर, काठमाडौंमा साे गीतकाे लाेकार्पण भएकाे हाे।




यो गीतमा गायक नरहरि प्रेमीको स्वर रहेको छ भने संगीत पनि प्रेमीले नै भरेका छन्।

प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उक्त गीतको मोबाइलमा थिचेर लोकार्पण गरेका थिए।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शब्दपथका प्रधानसम्पादक आख्यानकार किशोर पहाडी, समालोचक युवराज मैनाली, कवि प्रतीक घिमिरे र कवि सानुराजा श्रेष्ठ अन्जानले आआफ्नो मन्तव्य राखेका थिए।

कवि मुरारि सिग्देलले सञ्चालन गरेकाे कार्यक्रममा सापसका पूर्व अध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। सो कार्यक्रम मुक्तककार रुद्र अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे।
अर्को समाचार
कवि एवं कलाकार श्रेष्ठलाई अभिनन्दन
०३ वैशाख २०८२
•
३ मिनेट पाठ
कवि एवं कलाकार श्रेष्ठलाई अभिनन्दन
साहित्यिक पत्रकार सङ्घले कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी नीरू श्रेष्ठलाई अभिनन्दन गरेकाे छ।




नेवारी परम्परा अनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा  उनीहरूलाई ३८ संस्थाबाट अभिनन्दन गरिएको हो। उक्त अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व  नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवं साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरू लेखिएका आलेख र उनका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको ‘नरेन्द्रबहादुर श्रेष्ठ: आलेख र अभिलेख’ को लोकार्पण पनि गरिएकाे थियाे।

उक्त ग्रन्थको सम्पादन प्रमोद प्रधान प्रधानसम्पादक र श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी र मुरारी सिग्देल सम्पादक रहेर गरिएकाे हाे। ग्रन्थमा ८० लेखकका रचना समावेश छन्।

सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो।

यसैगरी सर्वनामले तयार गरेकाे नरेन्द्रबहादुर श्रेष्ठको वृत्तचित्रको प्रदर्शन पनि गरिएको थियो। यस वृत्तचित्रको निर्देशन वरिष्ठ नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले गरेका थिए।

उक्त अवसरमा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैंमा महत्त्वपूर्ण कार्य भएको बताए। उनले श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उनको सिर्जनशील जीवनको कामना गरेका थिए।

अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गरेका थिए। आफ्नो जीवनमा आमा र श्रीमती दुवैको उत्तिकै भूमिका भएको पनि उनले बताए।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्रेष्ठको व्यक्तित्व र योगदानकाे चर्चा गर्दै यो अभिनन्दन उनले समाज र देशलाई दिएको योगदानको लागि भएको बताए।

कार्यक्रममा प्रमुख वक्ता वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए। उनले भने, ‘उहाँलाई नरेन्द्रबहादुर बनाउन उहाँकी आमा र धर्मपत्नीको योगदान हामीले बिर्सन हुँदैन।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानामा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको सम्झिंदै आफूले उनीबाट प्राप्त गरेको प्रेरणाको चर्चा गरेका थिए।

कवि ठाकुर बेलवासेले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिएका थिए। कार्यक्रममा श्रेष्ठका जेठो सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र वाचन गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस