हुन त ती आमाका
आठदश सन्तान नभएका होइनन्
र पनि बूढो बितेको दिनदेखि
तिनले एक्लो हुँदाको
तीतो अनुभूति भोगिरहेकी छिन्।
भन्छिन् – जिन्दगीमा
जान्नु पर्दैन रै’छ
पिरतीको गीत गाउन
समयले नै गाउँदो रै’छ
नछुटिृने कसम पनि
समयले नै ख्वाउँदो रै’छ
मायाको साथ र हात
कसिलो बाँधेर के गर्नु
सँगैको यात्रा पनि
फेरि भेट नहुने गरी
हातबाट हात छुटिृएपछि
नितान्त एक्लो हुने दिन
त्यही समयले ल्याउँदो रै’छ।
र मान्छे कोलाहलमा पनि
सधैंका लागि एक्लो हुँदो रै’छ
जिन्दगीको बाँकी मुस्कान
आफैभित्र घरीघरी रूँदो रै’छ।
आठदश सन्तान नभएका होइनन्
र पनि बूढो बितेको दिनदेखि
तिनले एक्लो हुँदाको
तीतो अनुभूति भोगिरहेकी छिन्।
भन्छिन् – जिन्दगीमा
जान्नु पर्दैन रै’छ
पिरतीको गीत गाउन
समयले नै गाउँदो रै’छ
नछुटिृने कसम पनि
समयले नै ख्वाउँदो रै’छ
मायाको साथ र हात
कसिलो बाँधेर के गर्नु
सँगैको यात्रा पनि
फेरि भेट नहुने गरी
हातबाट हात छुटिृएपछि
नितान्त एक्लो हुने दिन
त्यही समयले ल्याउँदो रै’छ।
र मान्छे कोलाहलमा पनि
सधैंका लागि एक्लो हुँदो रै’छ
जिन्दगीको बाँकी मुस्कान
आफैभित्र घरीघरी रूँदो रै’छ।