आख्यानकार सुमन वर्षाको ‘अभ्यन्तर’ लाेकार्पण
२० असोज २०८१
•
२ मिनेट पाठ
आख्यानकार सुमन वर्षाको ‘अभ्यन्तर’ लाेकार्पण
आख्यानकार सुमन वर्षाको ‘अभ्यन्तर’ कथासंग्रहकाे लाेकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा एक समाराेह बिच कार्यक्रमका प्रमुख अतिथि प्राडा अभि सवेदी, समालोचक वक्ता डा. ज्ञानू पाण्डे, आख्यानकार वक्त नयनराज पाण्डे, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त र शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले कथासंग्रहका लाेकार्पण गरेका हुन्।




प्रमुख अतिथि प्राडा अभि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै उनको कथालेखन एक विशिष्ट खालको रहेको र कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास स्तुत्य रहेको बताएका छन्।

अङ्ग्रेजी विषयमा प्राध्यापन गर्ने सुमन वर्षाको कथा सरसर्ती पढ्दा सरल लागे पनि यी कथाहरूमा पाश्चात्य कथालेखनको प्रभाव भेटिन्छ। उनका कथामा सामाजिक विषयका साथै विज्ञान कथा, पर्यावरणीय विषयको कथा र रोबोटिक कथा पनि समावेश भएकाले सङ्ग्रह विशेष बनेको छ भन्ने कुरामा इङ्गित गर्दै डा. सुवेदीको भने, ‘सुमनले कतिपय कथा फरक दृष्टिकोण र पृथक् शैलीका साथ लेखेकी छन्। कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन्।’

त्यस्तै डा. ज्ञानू पाण्डेले कथाकृतिबारे चर्चा गर्दै कथाकार सुमन वर्षाले समाजका विविध विषयमा कथा लेखेर समाजको यथार्थ चित्रण गरेको बताइन्। उनले कथाकार वर्षाका यस सङ्ग्रहका कथाहरूमा समाजको राम्रो चित्रण रहेको बताउँदै भनिन्, ‘साहित्यकार समाजको मनोचिकित्सक हुन्। तिनले समाजका अन्तरङ्ग घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ।’

यसरी नै कार्यक्रमका अर्का वक्ता आख्यानकार नयनराज पाण्डेले वर्षाको प्रस्तुत कथासङ्ग्रहमाथि आफ्नो पाठकीय मन्तव्य राख्दै कथाकार सुमनका कतिपय कथा फरक विषय र शैलीको भएको बताए। उनले कथाकार सुमन वर्षा एक साहसिक कथाकार हुन् भन्दै कथाकार वर्षाले आफ्ना कथाहरूमा फरक विषय, विविध कथावस्तुलाई सहज रूपमा चित्रण गरेको बताए।

शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडलकाे अध्यक्षता र साहित्यकार रञ्जना निरौलाकाे सञ्चालनमा भएकाे कार्यक्रममा जगत तिमिल्सिना, विनोदचन्द्र पन्त, कथाकार वर्षाकी सुपुत्री डा. सोमिका बस्नेत लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

कथाकार सुमन वर्षाले आफ्नो लेखकीय मन्तव्यका रूपमा आफ्नो यस सङ्ग्रहमा रहेका कथाहरूको सिर्जनामा विभिन्न व्यक्तित्वको साथ र प्रेरणा रहेको चर्चा गरिन्। यसअघि शिखा बुक्सले सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ प्रकाशन गरेको थियो।
अर्को समाचार
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
१७ माघ २०८१
•
२ मिनेट पाठ
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
१) मुक्तक




मानव मनमा मानवता र धर्म हराएछ,

नाङ्गै हिँड्छ मान्छे लाज र सर्म हराएछ।

आफ्नै यहाँ दुश्मन बनी धस्ने गर्छन् छुरा,

कोमल  हृदयमा आजकल मर्म हराएछ।

२) मुक्तक

अन्धकारमा जुनेलीको जून बोकेर आउनु,

सनाट्टामा मिठो मधुर धुन बोकेर आउनु।

बैगुनीझैं भए सब यहाँ आफ्ना भन्ने जति,

तिमी आउँदा मेरो प्रिय गुन बोकेर आउनु।

३) मुक्तक

यस्तो लाग्छ पीडा व्यथा र भयमा चल्दैछ,

देख्नेले भन्छन् मेरो जीवन लयमा चल्दैछ।

हृदयभरि बोकेर सधैं अभिशप्त पीडाहरू,

अर्कैका लागि जिन्दगी सञ्चयमा चल्दैछ।

४) मुक्तक

सुध्रियो हेर्दा हेर्दै उसले पुरानो लत बदल्यो,

लागेको उसको त्यो कुलतको खत बदल्यो।

चाहँदा हर चिज बदल्न सम्भव हुने रहेछ,

ऊ आफैंले आज आफ्नो किस्मत बदल्यो।

५) मुक्तक

शब्दभावमा चेतनाको सन्देश छोड्न सकूँ,

मै हुँ भन्दै हिँड्नेहरूको अहम तोड्न सकूँ।

बनाइ एक साझा बाग स्रष्टा सर्जकहरूको,

साहित्यको बिरुवा रोपी हरदम गोड्न सकूँ।

६) मुक्तक

शब्दहरूको बहार बनी दिलभित्रै पस्न सकूँ,

चेतनाको शीतको थोपा बनी सधैं खस्न सकूँ।

गर्न सकूँ  सम्मान सधैं स्रष्टा सर्जकहरूलाई,

अविस्मरणीय बनी सबको मनमा बस्न सकूँ।

७) मुक्तक

बदला लिनै अहंता मिसाई गलत तागत पठायो,

ढाकेर आफ्नो अनुहार बजारमा इज्जत पठायो।

थाहा छ उही हो अपराधी भ्रष्टाचारी र देशद्रोही,

जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो।

८) मुक्तक

मेरो मात्र खेदो खन्छन् काट्छन् जहिल्यै मेरै कुरा,

प्रहार गर्छन् हरदम मलाई करौती र धारे छुरा।

मेरा आफ्ना भन्नेहरू नै मलाई हिजो आज हजुर,

उठीबास नै लाउँछु भन्दै मिली लागेका छन् पूरा।

९) मुक्तक

जहिल्यै तिनले मुटु छेड्ने वचन र बोली हान्छन्,

मुखमा अमृत व्यवहारले सधैं विष घोली हान्छन्।

आफ्नाहरू नै प्रगतिमा रिस डाहा र आरिष गर्दै,

तेरो छाती फुटाइदिन्छु भन्दै ताकी गोली हान्छन्।

१०) मुक्तक

छैन हाम्रो हृदयभित्र धर्म संस्कार केही नि छैन,

ऐंचोपैंचो सद्भाव सहयोग सदाचार केही नि छैन।

मपाईत्व धाक र रवाफ देखाउँदै ठुला बन्छौ,

हाम्रै अस्तित्वलाई यहाँ मान्ने आधार केही नि छैन।

- नवराज पोखरेल नवशिला
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस