नेपाली राजदूतावास नयाँदिल्लीद्वारा स्रष्टाहरूको सम्मान
२२ कार्तिक २०८१
•
४ मिनेट पाठ
नेपाली राजदूतावास नयाँदिल्लीद्वारा स्रष्टाहरूको सम्मान
नेपाली राजदूतावास नयाँदिल्लीले मण्डीहाउसस्थित आफ्नै सभाकक्षमा एक विशेष स्वागत तथा सिर्जना विमर्श कार्यक्रमको आयोजना गरी भारत भ्रमणमा आएका वरिष्ठ कवि तथा समालोचक प्राडा देवी नेपाल लगायतका स्रष्टाहरूको सम्मान गरेको छ।




भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राजदूतावासका द्वितीय सचिवद्वय गोकुल बस्नेत र उत्तम न्यौपाने लगायत भारतीय नेपाली स्रष्टाहरूबाट वरिष्ठ नेपाली साहित्यकार प्राडा देवी नेपाल तथा बालस्रष्टाहरू अनुज्ञा नेपाल, विभूति अधिकारी र प्रविज्ञा नेपाललाई पुष्पगुच्छा र खादाले स्वागत तथा सम्मान प्रदान गरिएको थियो।

सोही अवसरमा भ्रमण समूहमा रहेका टीका पौडेल, रामप्रसाद उपाध्याय र गायत्री भट्टराईलाई पनि दूतावास तथा भारतीय नेपाली साहित्यकारहरूका तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो।

भारतीय नेपाली साहित्यकार हर्कबहादुर लामगादे ‘रोहित’को संयोजनमा नेपाली दूतावासद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली राजदूत, दूतावासका उच्चपदस्थ कर्मचारीहरू, भारतीय नेपाली स्रष्टाहरू, नेपालबाट दिल्ली गई विभिन्न पेसा तथा व्यवसायमा संलग्न प्रवासी नेपाली स्रष्टाहरू र नेपालबाट भारत भ्रमणमा आएका स्रष्टाहरूको गुणात्मक उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले नेपालबाट आएका स्रष्टाहरूको नेपाल सरकारका तर्फबाट स्वागत तथा सम्मान गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको विचार व्यक्त गरेका थिए।

हर्कबहादुर लामगादे ‘रोहित’ आफू मणिपुरमा जन्मिएका भारतीय नेपाली भएर पनि उनले नेपालका स्रष्टाहरूप्रति देखाएको सद्भाव र दूतावाससँग गरेको अनुरोधबाट प्रभावित भई यस्तो कार्यक्रमको आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै उनले नेपालको नेपाली साहित्य र भारतीय नेपाली साहित्य तथा साहित्यकारहरूलाई एउटै सम्बन्धसूत्रमा जोड्ने कार्यमा नेपाली दूतावास सेतु बन्ने विचार व्यक्त गर्दै पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका भारतीय नेपाली एक सय कविको संयुक्त कवितासङ्ग्रह यसै वर्ष नेपाली राजदूतावासबाट प्रकाशन गरिदिने घोषणासमेत गरेका थिए।

यसका लागि कविहरूको छनोट, कविता सङ्कलन र सम्पादनका लागि राजदूतावासका तर्फबाट उत्तम न्यौपाने र भारतीय नेपाली स्रष्टाहरूका तर्फबाट हर्कबहादुर लामगादे ‘रोहित’लाई जिम्मेवारीसमेत प्रदान गरेका थिए।

उक्त अवसरमा बोल्दै सम्मानित प्रतिभा प्राडा देवी नेपालले विदेशी भूमिमा नेपाल सरकारको उपस्थिति जनाउने राजदूतावासले यति धेरै महत्त्वका साथ स्वागत र सम्मान प्रदान गरेकामा कृतज्ञता व्यक्त गरी वर्तमानमा नेपाली भाषा र नेपाली जाति भूगोलको सीमाभन्दा धेरै टाढासम्म फैलिएको विचार व्यक्त गरेका थिए। उनले रक्तवंश खुम्चिँदै जाने तर शब्दवंश फैलिँदै जाने हुनाले आज भानुभक्तका शब्दवंशी सन्ततिहरू विश्वभर पुगेका र नेपाली जाति महाजाति र नेपाली भाषा विश्वभाषा बन्न पुगेको कुरामा जोड दिए। साथै उनले विश्वभरमा छरिएर रहेका नेपाली स्रष्टाहरूलाई एउटै सम्बन्धसूत्रमा जोड्नका लागि गङ्गाप्रसाद उप्रेतीको कुलपतित्व कालमा आफू पनि प्राज्ञ परिषद् सदस्य रहेका समयमा नेपाल प्रज्ञाप्रतिष्ठानबाट विभिन्न कामहरू भएको जानकारी दिए।

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा भारतीय नेपाली समाजमा प्रयोग हुने सोह्र हजारभन्दा बढी शब्दहरू सङ्कलन गरी समावेश गरिएको, ४८७ जना भारतीय नेपाली कविका कविताहरू समेटिएको ‘भारतीय नेपाली कविता’ कृति प्रकाशन गरिएको, नेपाली लोककथाको सङ्कलन गर्दा नेपालभित्रका मात्र नभएर भारतको दार्जिलिङदेखि बर्मासम्मका लोकथाहरू सङ्कलन गरी प्रकाशन गरिएको, भानु–प्रज्ञा अन्तर्देशीय पुरस्कारको स्थापना गरी भारतीय नेपाली स्रष्टाहरूलाई पुरस्कृत गरिएको, विश्वभरका नेपाली स्रष्टाहरूको सम्मानका लागि ‘उत्तरअमेरिकी नेपाली कविता’, ‘अन्तर्देशीय नेपाली कथा’लगायतका कृतिहरू प्रकाशन गरिएको तथा बर्मेली नेपाली कविता, युरोपेली नेपाली कविता, जापानी नेपाली कवितालगायतका कृति प्रकाशनका लागि सङ्कलन तथा सम्पादन कार्यको थालनी भएको कुराको समेत जानकारी दिई ‘म भानुभक्त सन्तति’ शीर्षकको आफ्नो कविता वाचन गरेका थिए।

भारतीय नेपाली साहित्यकार तथा भाषासङ्ग्रामी उत्तम क्षेत्रीले भारतीय संविधानमा नेपाली भाषालाई मान्यता प्रदान गराउन भएका भाषासङ्ग्रामबारे जानकारी दिएका थिए।

त्यस्तै डा. युवराज भट्टराईले सम्मानित प्रतिभा प्राडा नेपालको जीवनी, व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए। यस अवसरमा सम्मानित प्रतिभाहरू अनुज्ञा नेपालले ‘चरा’, विभूति अधिकारीले ‘म बालक’ र प्रविज्ञा नेपालले ‘म पृथ्वी आमा’ शीर्षकका आआफ्ना कविता वाचन गरेका थिए।

उक्त कार्यक्रममा वरिष्ठ भारतीय नेपाली साहित्यकारहरू धर्मराज थापा, विष्णु गुरुङ, टासी शेर्पा, डा. मोहन कार्की, इन्द्रकमल जैरु, हेमन्त अधिकारी, डा. नारायणदत्त सुवेदीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक हर्कबहादुर लामगादे ‘रोहित’ले सम्मानित प्रतिभाहरू र आमन्त्रित पाहुनाहरू सबैलाई धन्यवाद दिई भारतीय नेपाली कविहरूको संयुक्त सङ्ग्रह प्रकाशनको घोषणाका लागि कार्यवाहक राजदूत डा. थापा तथा नेपाली राजदूतावास परिवारप्रति सम्पूर्ण भारतीय नेपाली स्रष्टाहरूका तर्फबाट कृतज्ञता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
अर्को समाचार
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
४६ सेकेन्ड अघि
•
१ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
काठमाडाैं। छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत भएका छन्।




छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू निर्मोही व्यास (जीवनसँगिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ।

कविद्वय प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्राडा महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्राडा हेमनाथ पौडेलले दुई पुस्ताका कविहरू व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गरेका हुन्। 
कार्यक्रममा प्रमुख अतिथि डा. अवस्थीले छन्दसाधकद्वय व्यास र अर्यालले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्दै अभियानका संयोजक द्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण र उत्प्रेरणामूलक कार्यक्रमहरूका माध्यमबाट छन्दमा युवापुस्ता र बालपुस्तासमेत निर्माण गरेकामा धन्यवाद व्यक्त गरे। 
प्राडा रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राडा देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेर कोभिड–१९ का कारण स्थगित भएको, त्यसपछि अनलाइनमार्फत विश्वभरका २८० जनाभन्दा बढी कविहरूलाई प्रस्तुत गर्नुका साथै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिइएको जानकारी दिए। उनले संयोजकद्वय (ज्ञवाली र नेपाल) का साथै नेपालबाट डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), सीता भट्टराई, नेत्रकला ज्ञवाली, रमेश खकुरेल, मिना ज्ञवाली, नारायण खतिवडा, प्राडा हेमनाथ पौडेल र निबन्ध आचार्य तथा नेपालबाहिरबाट भोला शिवाकोटी (अमेरिका), प्रा. मोहन सिटौला (अमेरिका), खेम रिजाल (अमेरिका), हरि काफ्ले ‘शैव’ (अमेरिका), प्रभा पोखरेल (अमेरिका), सुदीपभद्र खनाल (अमेरिका), निशा अर्याल (इजरायल) र रमेश गौतम (नर्वे) जस्ता दाताहरूबाट प्राप्त रकमबाट दश लाखको अक्षयकोष स्थापना गरेको र त्यसैको ब्याजमा संयोजक द्वयले थप गरी हरेक वर्ष एकजना विशिष्ट छन्दसाधकलाई रु. ४०,००० नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र एक जना युवा छन्दसाधकलाई रु. २०,००० नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिए।

प्रारम्भमा नै प्रविधिका माध्यमबाट छन्द–तरङ्गको आठ वर्षको यात्रालाई प्रस्तुत गरी सुरु भएको उक्त कार्यक्रममा डा. नेपालले प्रविधिका माध्यमबाट ‘जीवनी, व्यक्तित्व र कृतित्वका आलोकमा निर्मोही व्यास’ विषयक लामो व्यक्तिवृत्त प्रस्तुत गरी छन्द–तरङ्गले पुरस्कृत स्रष्टालाई दोसल्ला र ढाकाटोपी लगाइदिएर नेपाली थैलीमा नगद अर्पण गर्ने गरेको र उहाँहरूलाई प्रदान गर्ने सम्मान–पत्र पनि कवितामा नै लेखिने परम्पराको स्मरण गराउँदै स्रष्टा व्यासलाई प्रदान गर्ने कवितात्मक सम्मान–पत्र वाचन गरेका थिए।

कार्यक्रममा कवि सविता बरालले यस वर्ष छन्दसाधना युवा प्रतिभा पुरस्कार प्राप्त गर्ने धादिङकी प्रखर युवाकवि सिर्जना अर्यालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनलाई प्रदान गर्ने सम्मानपत्र वाचन गरेका थिए। सोही सन्दर्भमा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि निर्मोही व्यासले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरेर थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गरे भने उनीद्वारा रचित दुइटा कविता दिनेश पाण्डेय र देवु लुइटेलले वाचन गरेका थिए।

यसरी नै ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि सिर्जना अर्यालले आफू निरन्तर छन्दसाधनामा लागिरहने प्रतिबद्धता व्यक्त गरी दुइटा सशक्त छन्दकविता वाचन गरेका थिए।
कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गरेका थिए।

छन्द–तरङ्ग पुरस्कार अक्षयकोषकी संस्थापकमध्येकी एक सीता भट्टराईको स्वागत मन्तव्य, कवि दिनेश पाण्डेयको छन्द–तरङ्ग गायन र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी विशिष्ट साहित्यकार, पत्रकार, कलाकर्मी तर साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

स्मरणीय छ, २०७६ सालबाट प्रदान गर्न थालिएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसभन्दा अगाडि वरिष्ठ कविहरू रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९), भुवनहरि सिग्देल (२०८०), गोविन्दराज विनोदी (२०८१) र डा. नवराज लम्साल पुरस्कृत भइसकेका छन्। त्यस्तै  २०७९ सालबाट प्रदान गर्न थालिएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट युवाकविहरू सुदेश सत्याल (२०७९), कविराज पौडेल (२०८०), रूपक अलङ्कार (२०८१) र पुरुषोत्तम आचार्य पुरस्कृत भइसकेका छन्। 
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस