यथार्थको धरातलमा ‘नदीको राजमार्ग’
२० माघ २०८१
•
१० मिनेट पाठ
यथार्थको धरातलमा ‘नदीको राजमार्ग’
जीवन अनेकौं लघुकथाहरूको सङ्गालो हो। हरेक जीवनका परिघटना हुन् कथा। कथा पढ्ने,भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ। कथा मन नपर्ने सायदै नहोलान्। कथाको कुरा गरिरहँदा हालको समयमा धेरै पढिने र लेखिने आख्यान विधाका रूपमा लघुकथालाई लिइन्छ।




लघुकथा छोटो आयाममा रचना गरिएको चोटिलो विधा हो। पछिल्लो समयको यो लोकप्रिय विधा पनि बनेको छ। पोख्रेली नेपाली साहित्य आकाशमा चर्चित लघुकथाकार दीपक समीपकाे ‘नदीको राजमार्ग’ (लघुकथासङ्ग्रह, २०८०) को उत्कृष्ट कृति हो भन्दा फरक नपर्ला।

उनीले  यो कृति निस्कनुपूर्व नै गजलसङ्ग्रह र मुक्तकसङ्ग्रह निकालिसकेका स्थापित साहित्यकार हुन्। उनले राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार सम्मान र पुरस्कार २०५४ र २०५५ मै प्राप्त गरेको हुनाले लघुकथाको क्षेत्रमा पुरानो हस्तीका रूपमा चिनिँदै आएका छन्। उनको यो पहिलो लघुकथासङ्ग्रहले मानवीय प्रवृत्ति,चरित्र, वर्ग, समाज, राजनीति आदिभित्रका गुह्य कुराको उद्घाटन गरेको छ। त्यसैले पनि नदीको राजमार्ग २०८० को  सुन्दर उपहार भएको महसुस गरेकी छु।

यो सङ्ग्रह विभिन्न घटना, परिवेश ,विषय ,चरित्र, विकृति आदिलाई समेटेको ६६ लघुकथामा संरचित छ। सङ्ग्रहकै ‘नदीको राजमार्ग’ शीर्षकको कथाबाट कृतिको नामाकरण गरिएको यो कृतिको शीर्षकले नै कृतिको आकर्षण बढाएको छ। यसको आवरण पनि  निकै आकर्षक छ। कथाकार दीपक कथाबाहेक गीत,गजल,मुक्तक र कविता विधामा पनि सशक्त, सक्रिय साहित्यकार  हुन्।

कथावस्तु

यस लघुकथामा विविध विषयलाई समेटेर तयार पारिएको महको चाका जस्तो कृतिका कथाहरू मह जतिकै मिठा रहेका छन्। पढ्दै जाँदा प्रत्येक कथाले कतै न कतै स्पर्सानुभूति गर्दै जान्छन्। पहिलो कथा क्रमशः रहेको छ। यो कथा प्रेम गर्ने र प्रेम गरेकाहरूको बारेमा हाम्रो समाजले गर्ने चर्चालाई लिएर लेखिएको छ। दोस्रो कथा फूल हो, जून पढ्दा निकैबेरसम्म मथिङ्गल घुमिरहन्छ। कुरै कुरामा अपरिचितले उक्त फूल टिपेर थालीमा राख्यो। अपरिचितको आकस्मिक हर्कतले ऊ झसङ्ग भयो र भयभीत नजरले आफ्नी कलकलाउँदी छोरीतिर पुलुक्क हेर्‍यो। पात्रको विक्षिप्त मनोदशालाई प्रस्तुत गरेर कथालाई टुङ्ग्याइएको छ।

फूल मन्दिरमा चढाओस् वा घाटमा चुँडेर लगेपछि त फूलको बोट त रित्तियो, एक्लियो,उसको संसार उजाडियो। हरेक कुरामा पाउनेको होइन गुमाउनेको मन दुखेको हुन्छ।

त्यस्तै तेस्रो कथा सोच हो, जुन सामाजिक विषयवस्तुमा मानिसको मनोविज्ञान जोडिएको छ। अरूले कमाएको मात्र देख्ने तर कसरी कमायो नबुझ्ने, नखोज्ने अनि अन्त्यमा सबै कुरा पर्दाफास हुन्छ अनि सोचमग्न हुने मानवीय स्वभाव समेटिएको कथा हो। चौथो कथा अवस्था हो। यसमा डाक्टर सेवारत नभई  पैसामुखी, नाफामुखी बनेको विषयलाई कथावस्तु बनाइएको छ। मानवीय संवेदना नभएपछि कसैको भर र विश्वास नभएको सकसपूर्ण जीवनको चित्रण गरिएको सामाजिक विषयवस्तुमा लेखिएको समय सापेक्षिक कथा हो।

पाँचौं कथा रहेको छ पसिना, यो कथाले वर्र्गीय पसिनाको चित्रण गरेको छ। यसमा कसैले रहरले त कसैले दुःखको भारी बिसाउन बाध्यताले पसिना बगाउनुपरेको मार्मिक कथावस्तु छ। रहर र कहरको जीवन शैलीलाई चलचित्रलाई पर्दामा हेरेझैं हुने गरी लेखिएको छ। छैटौं कथा बिलकुल भिन्न दृष्टिकोणबाट लेखिएको छ। सुरक्षा शीर्षकमा अवस्था अनुसार पिँजडा सबैभन्दा ठुलो सुरक्षा हो अनि बाध्यतावश यसलाई चयन गर्नुपर्ने अवस्थालाई सुन्दर शैलीमा देखाइएको छ।

कलात्मक लेखनीले र फरक दृष्टिकोणले यो कथा निकै सुन्दर बनेको छ। एउटा कुरालाई एउटै मात्रै नजरबाट हेर्नु हुँदैन। विभिन्न कोणबाट हेर्दा त्यसका सकारात्मक पक्ष भेटिन्छन्। मानिसले सधैं सकारात्मक पाटोको अवलम्बन गर्नुपर्छ भन्ने भाव शिला लेखझैं लेखिएको छ। त्यस्तै उपन्यास नै पुग्ने विषयवस्तुमा कहालीलाग्दो कथा रहेको छ “ सङ्घर्ष ’’कथा जसमा कुनै पनि  व्यक्ति सङ्घर्ष गर्दा गर्दै सफलता नमिलेपछि आफ्नो अङ्ग नै बेच्न तयार भएको कहानी रोचक र मार्मिक तरीकाले प्रस्तुत गरिएको छ। साँच्चै मानिस यो धर्तीमा दुस्ख खेप्नै आएको हो त?

यो कृति पढ्दा समय बितेको पत्तै नहुनाको अर्काे पाटो कथा भनेर पढ्दा कविताको स्वाद भेटिनु हो। कवितात्मक शैलीका धेरै शीर्षकहरू छन् जुन ईर्ष्या, परिचय, उपहार, अर्थ अनर्थ, इन्कर, परिधि आदि जस्ता अरू पनि कथामा कविताको रस्वास्दन गर्न पाइन्छ।

छोटा, चोटिला अनि बुलन्द आवाज बोकेका यी कथा हरेक पाठकले सजिलै पढेर बुझ्न सक्छन्। “बन्द विचार’’ कथाले मानवीय प्रवृत्तिलाई उजागर गरेको छ। “मान्छे मन परेपछि जे बोले पनि, जे भने पनि  राम्रो लाग्दोरहेछ। मान्छे मन नपरेपछि राम्रै भने पनि नराम्रो लाग्दोरहेछ” (पृष्ठ २०)।

मानवीय स्वभावलाई कथाकारले सुक्ष्म रुपबाटै अध्ययन गरेको यो कथाले बताउँछ। त्यस्तै स्वाभिमान कथामा एउटै वाक्यले भयावह बनाइदिन्छ, अबदेखि ऊ कसैको निरीह नहुने तथा स्वाभिमान’’ नझुकाउने निर्णय गर्‍यो र नाइलको डोरी लिएर जङ्गलतर्फ गयो ( पृष्ठ २१)। कहिलेकाहीँ स्वाभिमान पनि गलाको पासो बन्ने रहेछ भन्ने यो कथा  निकै गहन छ। समाजमा होस् वा राजनीतिमा स्वाभिमानी मानिसको मनले कदर गरे पनि व्यवहारले उसलाई गिराउन खोजेको पाइन्छ। अन्त्यमा कि स्वाभिमान त्याग्नुपर्‍ यो कि अर्कै बाटो रोज्नुपर्‍यो। यो सशक्त कथा हो। अर्काे भविष्य कथा छ, यो सामाजिक यथार्थता बोकेको विकृतिको ऐना हो। मानिसलाई धनले मात्रै मानसिक सन्तुष्टि दिन सक्दैन भन्ने लुकेको पाटो महसुस गर्न सकिन्छ।

धन कमाउनु मात्रै भविष्य होइन, आफूसँग जे छ त्यसलाई जोगाउनु, सदुपयोग गर्नु खुसी हुनु जीवनको महत्त्वपूर्ण पक्ष रहेको भाव यो कथाले व्यक्त गरेको छ। अर्को कथा गाउँमा मोटरभन्दा बढी पहिरो चलेको बाटो “मोटर बाटो ’’ हो, जुन हामीले दैनिक देखिरहेछौं। यसमा राष्ट्र र राजनीतिको प्रभाव मज्जाले मनन गर्न सकिन्छ। हस्पिटल कथा वर्तमान समयमा नेपालीहरूले भोगिरहेको पीडा हो। कसलाई कसरी चिन्ने, यहाँ सबैको रहस्यमय जीवन र चरित्र लुकिरहेको छ। कहाँ कसलाई कति विश्वास गर्ने, नगर्दा अनर्थको डर, विश्वास गर्दा झनै डर,यसरी चलिरहेको जीवन पद्धतिलाई अमरराजद्वारा झट्टका  लाग्ने गरी प्रस्तुत गरिएको छ।

अर्को ओखती कथामा ज्योतिषीले नै आफ्नो झारफुक कर्मप्रति आफैंलाई विश्वास नगरेको र आफैं वैद्य हुँ भन्ने बिर्सेर हस्पिटल कुदेको यथार्थ देखाइएको छ। नियत कथाले वर्तमान समयमा दुष्ट मन भएका मानिसहरूले छोरीहरूमाथिको कुदृष्टिकोणलाई सङ्केत गरेको छ।

मानिसको सोच उसको व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिन्छ यो कथाले। मलाई यो कथा सङ्ग्रह पढिरहँदा निकै मज्जा लागेको कथा सत्ता हो। यो प्रतीकात्मक रूपमा आएको छ। सुन्दर वस्तु प्राप्त गरेका बाँदरहरूले सदुपयोग होइन लुछाचुँडीमा वस्तुको विनाश गर्छन् त्यो हो सत्ता।

यो प्रयोगवादी रूपमा आएको कथा हो। राजनैनिक विकृतिको कथा हो “अन्धकार’’ जसमा श्रमजीवीको अवस्था र देशको राजनीति प्रष्ट सचित्र पढ्न सकिन्छ। अतृप्त कथामा सौन्दर्यको खोजी गरिएको, मानवीय दृष्टिकोण अनि छोरा मान्छेको परम्परागत बानी आफ्नीभन्दा अरुकी सुन्दरी देख्ने,नजरमै दोषी प्रवृत्तिलाई औंल्याइएको छ। जनआन्दोलन कथाले निर्दोषको मृत्युलाई गजबको विम्ब प्रयोगमा देखाइएको छ। अर्को सामाजिक विषयवस्तुमा लेखिएको सम्पन्न कसरी बन्छन् भनेर देखाइएको कथा हो आर्थिक स्तर। यसमा विषयवस्तुभन्दा लेखन शैली नयाँ छ। नदीको राजमार्ग 

शीर्ष कथा हो।

खोलाको जमिनमा झगडा अनि तारिखकै दिन खोलो पुरानो बाटोमा हिँड्नु , झगडालुहरू जिल्लिनु सामाजिक विषयवस्तुको कथा हो। अदालतमा मुद्दा लम्बिरहनु, मानिसभित्र अनावश्यक लोभको समुद्र लुकेर झगडा गर्नु जस्ता विकृतिले मानिसलाई सुखी र खुसी हुन दिएको छैन। राम्रो काम गर्नेलाई कहिल्यै साथ, सहयोग, हौसला र प्रेरणा मिल्दैन राजनीतिमा उल्टै खुट्टा तानिन्छ, जुन वर्तमान समयमा सबैले देखेका र भोगेका विडम्बना हुन्।

यस्तै कथा रहेको छ विडम्बनामा। “कविको स्वभाव’’ शीर्षक कथामा आदर्शमा यथार्थ हुँदैन भन्ने भावका साथमा कविहरू प्रशंसाको भोको भएको स्वभाव देखाइएको छ जुन कुरा मलाई यथार्थ लाग्छ। “आस्था’’ समस्याले समाधान ल्याएको, चलाखीपूर्ण कर्म, मानवीय प्रवृत्ति अनि ईश्वरी आस्थालाई मिलाएर देखिएको सुन्दर कथा हो।

माया र प्रेम हावामा उडेको पातभन्दा हलुका रूपमा लिएर आफ्नो स्वार्थ पुगेपछि टुङ्गिएको,भरोसा नभएको सम्बन्ध भनेको प्रेम हो भनेर देखाइएको छ सम्बन्ध कथामा। सम्पत्ति कथा पढ्दा यस्तो लाग्यो,यस्ता विषयवस्तु सुन्न र पढ्न नपरोस्। कथाकै पात्र किन नहोस् उसको पीडाले मन भत्किरहने, पोलिरहने, चस्किरहने बनाइदिन्छ।

मानिसले प्राप्त गरेको स साना सफलताले ठुलो सफलताको झिनो आशा राखेको हुन्छ भनेर देखाएको मनोविज्ञानमा आधारित अपेक्षा कथा सकारात्मक सन्देश दिने विषयवस्तु हो। अनावश्यक प्रतिस्पर्धाले सडकको बास हुन्छ भनेर सचेत गराउन खोजेको कथा प्रतिस्पर्धा हो। घमण्ड र कुकर्मले कहिल्यै फलिफाप हुँदैन भनेर परापूर्वकालदेखि भनिँदै आएको र आज पनि  त्यो सत्य रहेको विषयमा लेखिएको कथा अह्म हो।

हाम्रो समाजमा एउटी नारीलाई सहयोग ,साथ ,आड ,भरोसा जसले दिन्छ उसको यथार्थ र वास्तविकता नबुझी नजर अन्दाजमै कुरा काट्ने प्रवृत्तिलाई परेवी र ढुकुरको माध्यमबाट देखाइएको निकै मन पर्दो र लेखन शैली लोभलाग्दो कथा छिमेकी हो।

सन्तानका लागि बा आमा देवी देवता नै हुन् ,जिउँदैमा गर्नुपर्छ सेवा अनि पूजा भनेर देखाइएको कथा पूजाकोठा हो। जसले समयको व्यवस्थापन गर्न सक्दैन उसलाई ठुलो शिक्षा दिएको छ। जसले उपदेश दिन्छ उसैले पालना नगरेको कथाको उपदेश।

यातना दिने व्यक्तिलाई र कुलतमा लागेकालाई अर्र्ती,उपदेश र सल्लाह,सुझावले छुँदैन उसलाई पनि  जस्तालाई त्यस्तै यातना दिएपछि चेत खुल्छ भन्ने यथार्थपरक कथा हो चेत। सुख र दुःख अनुभूति हुन्।

साहित्यकारहरूको लेखन प्रतिभा आर्थिक अवस्था फितलो हुँदा लेख्न नसकेको विषयलाई  प्रस्तुत गरिएको कथा प्रतिभाको मृत्यु हो। राष्ट्र प्रेमले ओतप्रोत भएको कथा देश हो। लैङ्गिक विभेद समाजमा जसरी देखिन्छ कथामा त्यसैगरी पढ्न पाइने कथा समाज हो। प्रसिद्धि कथा आफैंमा गहन छ। जो सुकैलाई पनि  फसाउन अनि कमजोर बनाउन भ्रष्टाचार, मदिरापान, कमिसन, युवती हुन् भनेर नेतासँग जोडेर देखाइएको कथा हो यो। इकोसिस्टम कथामा  मान्छेले किन मान्छे खाइरहेछ? इकोसिस्टममा नपर्ने भनेको मान्छे रहेछ भनेर व्यङ्ग्य गरेको कथा हो। फसाद कथा पनि मलाई मन परेको कथामा पर्छ निकै मार्मिक छ, समाज, व्यक्ति, कलह, मनोविज्ञान अनि आर्थिक पक्ष सबैलाई समेटेको कथा हो फसाद।

अर्को कथा बढुवा हो जुन आफ्नो जीवनमा धेरै पटक यस्ता घटना घटेका थिए। काम गर्नेको होइन चाप्लुसी गर्ने, चुक्ली लाउने र हाकिमको अघिपछि लाएर हिँड्नेको बढुवा हुन्छ। यही  यथार्थ बोकेको कथा हो यो। सामाजिक मनोविज्ञानमा आधारित कथा “अरुचि’’ हो। यसमा आमाको अरुचिलाई आर्थिक अभाव र आफ्नो मान्छेको साथसँग जोडेर देखाइएको छ। सालिक कथाले मनै चसक्क बनाउँछ। एउटी नारी जब श्रीमानको सालिक अघि पुग्छे उसको मनमा केके कुरा खेल्दो हो? एक्लोपन, एक्लो सङ्घर्ष, राष्ट्रको राजनीति, आफन्तको असहयोग, टुहुरा छोराछोरी, अहो कति भयावह विषय, त्यही पनि समालिएर अगाडि बढ्छन् नारी। आफू झरीमा रुझेको नदेखेर सालिकलाई छाता ओढाइदिन्छिन्,मनै चसक्क हुने कथा यो सङ्ग्रहको अन्तिम कथा सन्ताप हो। वास्तवमै सन्ताप कस्तो हुन्छ भनेर महसुस गर्न कथाको पात्र रोशनकुमार भएर उभिनुपर्छ।

अतः नदीको राजमार्ग कथा सङ्ग्रहमा मुलतः तृतीय पुरुष अनि थोरै कथा प्रथम पुरुष पात्रको प्रयोग गरी प्रगतिशील धारमा लेखिएका सामाजिक, राजनैनिक, आर्थिक, मनोवैज्ञानिक कथाहरू छन्। कथाको परिवेश प्रायः ग्रामीण क्षेत्रको नै पाइन्छ।

भाषा शैली

सरल,सरस, सहज भाषा शैलीमा गहन विषयवस्तुलाई समेटेका कथाकार दीपक समीप कवि, मुक्तककार, गजलकार पनि भएको हुनाले कथाको भाषा शैली कवितात्मक देखिन्छ। संवाद,अर्पण ,सन्ताप जस्ता आदि कथा संवाद शैलीमा लेखिएका छन्। कथावस्तुलाई मिठो भाषा र फरक लेखन शैलीले रोचक र आकर्षक बनाएको छ।

निष्कर्ष

नदीको राजमार्ग बहुआयामिक कथा सङ्ग्रह हो। यसभित्रका कथाहरू काल्पनिकभन्दा बढी सामाजिक यथार्थको धरातलमा लेखिएका हुनाले पढ्दा कतै आफैंले भोगेको, देखेको अनि सुनेको जस्तो लाग्छ। आजको मान्छे, मान्छेको मन, मान्छेको रहस्यमय चरित्र, आनीबानी, स्वभाव र विकृतिलाई सभ्य भाषामा घटना वर्णन गरिएको छ। कथानकलाई लगेर यथार्थमा जोड्ने शैली निकै आकर्षक छ।

विषयवस्तु  सुनेसुने जस्तो देखेदेखे जस्तो लाग्ने यथार्थ तर लेखाइ कलात्मक हुनाले फरक स्वाद भेटिने कथाहरूको सङ्ग्रह हो नदीको राजमार्ग। सामाजिक, सांस्कृतिक, प्राकृति, राजनैतिक मूल्य मान्यतालाई पनि मनन गर्दै लेखिएका कथाहरू पढ्दा लेखक निकै सचेत देखिन्छन्।

यसकारण कथाहरू पाठकमैत्री बनेका छन्। कतिपय कथामा विषयवस्तुको भाव र सन्देश उस्तै लागे जस्तो हुने तर विषयवस्तुको उठान र बैठानको शृङ्खला भिन्न हुँदा दूधबाट बन्ने भिन्न परिकारका स्वाद भिन्न भए जस्तो लाग्छ।

समापनलाई कतै बिम्बात्मक,कतै खुल्ला अनि कतै आलङ्कारिक रूपमा प्रस्तुत गर्नु कथाकारको विशेषता भेटिन्छ। आगामी दिनमा आधुनिक जीवन शैलीलाई समेटेर नवीनतम विषयवस्तुका कथाहरू आऊन् कथाकारलाई शुभकामना।

- लिली अधिकारी    
अर्को समाचार
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
१० साउन २०८२
•
९ मिनेट पाठ
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले स्विकारिसकेको छ। यसका बलियो प्रमाण हुन् -उनले सम्पादन गरेका करिब तीन दर्जन पुस्तक। यसका साथै उनले नेपाली साहित्यको श्रीवृद्धि गरेबापत थुप्रै सम्मान तथा पुरस्कार पनि पाइसकेका छन्। उनको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिंदै यहाँ भने उनको पछिल्लो कृति एकालापको मात्र चिरफार गरिएको छ।




विषय प्रवेश

एकालाप पोखरेलकाे लघुकथाको सातौं कृति हो। लघुकथा लेखनबाहेकको उनले निबन्ध, कथा, पाठ्यपुस्तक, साहित्यिक पुस्तक सम्पादन गर्दै आइरहेको देखिन्छ। उनको लगाव लघुकथामा बढी देखिन्छ। एकहत्तर लघुकथा सङ्ग्रहित “एकालाप” का सबै लघुकथाका शीर्षकहरू “एक” शब्दबाट सुरु भएका छन्।

यस सङ्ग्रहमा एक शब्दको पछाडि अर्को शब्द थपेर दुई पदीय शीर्षक राखेर उनले आफ्नाे पृथक् शैली प्रस्तुत गरेका छन्। उनले कृतिको शीर्षक एकालाप राख्ने कारणबारे यस्तो लेखेका छन्, “जिन्दगीभित्रका अनगिन्ती धारावाहिक पाटाहरू रहेका हुन्छन्। यो भने मैले जीवनसँग गरेको एक आलाप मात्र हाे तर न त जीवनले मेरो आलाप सुन्यो न मैले आलाप गर्न छोडे। परिणति एकालाप हो।” 

उक्त कथनबाट यो कृतिको शीर्षकले स्वत: सार्थकता पाएको बुझिन्छ। आवरण कलामा एक व्यक्ति मेचमा बसेर एकालाप गरिरहेको बुझ्न पाठकलाई हम्मे पर्ने छैन। मोलुङ फाउन्डेसन कोटेश्वर काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको आवरण कला राजेन्द्र तारकिणीको रहेको छ भने लेआउट केदार आचार्यले गरेका छन्। हिमालयन एकेडेमी प्रेस कुपन्डोल, काठमाडौंले मुद्रण गरेको यो लघुकथासङ्ग्रहको शुद्धाशुद्धि पाठ बिमल अधिकारी, कोलोराडो अमेरिकाको रहेको छ। २०८१ भदाैमा प्रकाशित पुस्तक किनेर पढ्ने, सङ्कलन गर्न वा अनुसन्धानका लागि प्रयोग गर्ने जो काेहीको पनि मूल्य भने असुल हुने देखिन्छ।

पाेखरेलले लघुकथाविज्ञ डा. हरिप्रसाद भण्डारीलाई भूमिका लेख्न दिएर पुस्तकलाई थप आधिकारिकता प्रदान गरेका छन्। “उम्दा लघुकथाहरू” अन्तर्गत आफ्नाे धारणा राख्दै डा. भण्डारीले लेख्छन्, “पछिल्लो समय नेपाली लघुकथाको अभियानमा खेमराज पोखरेलको नाम अग्रपङ्क्तिमा आइरहेको छ। लघुकथाका सैद्धान्तिक आधारमा हेर्दा उनी कतै चुकेका छैनन्।” डा. भण्डारीको यो कथनले पाठकलाई लघुकथा पढ्न उत्प्रेरित गरेको छ।

लेखकको भनाइ पुस्तकको सुरुमा राख्ने शास्त्रीय शैली तोड्दै उनले लघुकथासङ्ग्रहको अन्त्यमा आफ्नाे परिचय, भनाइ र प्रकाशित/सम्पादित पुस्तकहरूको विवरण राखेका छन्। यो प्रयोगले उनलाई समयसापेक्ष चल्न सक्ने लेखकको रूपमा परिचय गराउन मदत मिलेको छ।

एक सूर्यदेखि एक सम्भोगसम्म

एक सूर्य शीर्षकको लघुकथाबाट सुरु गरिएको यो लघुकथासङ्ग्रह एक सम्भोग शीर्षकको लघुकथामा पुगेर अन्त्य गरिएको छ। लघुकथाकार पोखरेलले यस सङ्ग्रहको पहिलो लघुकथामा आप्रवासनको विषय समेटेका छन्। पोखरेलले आप्रवासी पुस्ता र अमेरिकामा नै जन्मिएका पहिला सन्तान पुस्ताको द्वन्द्व कौशलपूर्ण कथानकमा उतारेका छन्। लघुकथा पढ्दा यस्तो लाग्छ, यो कुनै कथा होइन यथार्थ हो।

उक्त लघुकथामा पाकिस्तानी पात्र खडा गरिएको छ। अन्य देशको आप्रवासीको ठाउँमा नेपाली आप्रवासीलाई नै पात्रको रूपमा ल्याउन सकेको भए यो लघुकथाले अझ नेपालीत्व पाउँथ्यो।

सम्भोग यो लघुकथासङ्ग्रहको अन्तिम लघुकथा हो। म नेपाली पात्र र जेसिका अमेरिकी पात्रका वीजको कथा बुनेर यस लघुकथामा नेपाली र अमेरिकीको प्रेम र सम्भोगप्रतिको दृष्टिकोण देखाउन खोजीको छ।

समीक्षक रुद्र अधिकारी ‘निर्दोषी’
यौन विषय नेपालमा सङ्कुचित भए पनि अमेरिकीहरू भने खुला छन् भन्ने देखाइएको छ। लघुकथाको अन्तिम वाक्यमा भनिएको छ, “म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन। मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु।”

उक्त वाक्य आफैंमा लामो त छँदै छ, यसले पाठकलाई झट्का दिन पनि सफल भएको देखिंदैन। यद्यपि लघुकथाले प्रेम र सम्भोग फरक विषय हुन भन्ने पाठ सरल भाषामा पाठकहरूलाई सिकाएको छ। यो लघुकथाबाहेक उनले एक अस्तित्व, एक वरदान, एक भर्जिन, एक पीडा, एक आन्नद, एक माया, एक रखौटी, एक स्टायल, एक यन्त्र, एक जेनेरेसन र एक अलगाव जस्ता थुप्रै पारपाचुके, श्रीमान् श्रीमती विवाद र यौन सम्बन्धी लघुकथा लेखेका छन्।

उत्कृष्टताका नमुनाहरू

लघुकथा लेखन र समीक्षामा पारङ्गत पोखरेलका केही लघुकथा उत्कृष्टताका नमुनाहरू हुन भन्दा फरक नपर्ला। उदाहरणको रूपमा एक समय, एक लास, एक आरक्षण, एक अप्राप्ति, एक युद्ध, एक दान, एक नियम, एक चस्मा, एक आकाङ्क्षा, एक याचना, एक गोरु, एक परिवर्तन, एक डस्टविन, एक रगत, एक भेट्रान, एक आसन, एक दुदानी, एक अपाङ्ग, एक मूर्च्छना, एक मुक्ति र एक फर्मुला लगायतलाई लिन सकिन्छ।

यी लघुकथाले सामाजिक यथार्थता र मनोविज्ञानको मात्र चित्रण गरेका छन् आदर्शको स्वाद पनि पाठकलाई चखाउन सफल भएका छन्। त्यसैले पोखरेलका लघुकथाहरू आदर्श र यथार्थताको संयोजनले भरिपूर्ण उत्कृष्टताका नमुनाहरू हुन भन्ने दुई मत देखिंदैन !

खेम पात्रको पृथकता

पोखरेल आफ्नै नाम खेमलाई पात्रको रूपमा प्रयोग गरेर पृथक् शैली अपनाएका छन्। एक भेद, एक समय, एक राष्ट्रियता, एक वरदान, एक युद्ध, एक भ्यागुतो, एक साथी र एक मूर्च्छना लगायतका लघुकथामा “खेम” लाई पात्र बनाइएको छ। कतिपय लघुकथा “म” पात्रको पनि प्रयोग गरिएको पाइन्छ जुन अरू लेखकले पनि प्रयोग गर्दै आइरहेका छन्। मानव र मानवेतर दुवै पात्रको प्रयोगले लघुकथामा रोचकता थपेका छ।

कृतिको शीर्षक नै एकालाप भएर होला कतिपय लघुकथामा उनले आफ्नाे मनमा आएका विषय र प्रसंगको आलाप गरेका छन्। उदाहरणको रूपमा एक युद्धलाई लिन सकिन्छ। यस लघुकथामा उनी मसानसँग संवाद गरिरहेका हुन्छन्। मसानले भन्छ, पढेको हुँ भन्छस्। यत्ति कुरा पनि बुझ्दैनस्? आखिरी मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश त हो, तनाव त हो नि, खेम।

यसैगरी एक भ्यागुतो शीर्षकको लघुकथामा उनले नागरिकता र आप्रवासनबारे आलाप गरेका छन् भने एक साथी लघुकथामा असल साथीलाई आलापबाटै चिनाएका छन्। पात्रमा मात्र होइन कतिपय लघुकथामा पनि पृथक्ता भेट्न सकिन्छ। सबै लघुकथाको नाम एकबाट सुरु हुनु , एक कथा शीर्षकको लघुकथामा जन्मदिनबारे कलात्मक कथा बुन्नु, प्रश्नाेत्तर शैली अपनाउनु, मनोवाद वा नाटक शैलीमा लघुकथा लेख्नु यी र यस्ता धेरै सन्दर्भ र प्रसंगहरूले पोखरेललाई पृथक्ता प्रदान गरेका छन्।

अन्योल, बिस्तार र निराशा

पोखरेलका लघुकथाहरू सन्देश, विषय छनौट, पात्र चयन र कथानक पक्षमा अब्बल हुँदा हुँदै पनि कतिपय अवस्थामा उनी चुकेको देखिन्छ। उदाहरणको रूपमा एक पुल, एक सिर्जना, एक पीडा, एक वरदान, एक भर्जिन, एक बुझाइ, एक रखौट, एक रुवाइ र एक स्वतन्त्रतालाई लिन सकिन्छ। एक वरदान लघुकथाको अन्तिम वाक्य झड्का दिने हुनुपर्ने र त्यसपछि बिस्तार गर्नु नपर्ने मान्यतामा लेखक चुकेका हुन् कि? लेखक बोल्नु लघुकथामा राम्रो मानिंदैन।

उक्त लघुकथामा बिस्तार भएको देखिन्छ। एक सिर्जना आफैंमा सकारात्मक शीर्षक भए पनि लघुकथा पढ्दा धेरै निराशा भेट्न सकिन्छ। एक रङ्को प्रश्न उत्तर शैलीमा लेखिएको लघुकथा पहिलो र मध्य भागमा राम्रो हुँदा हुँदै पनि अन्यमा नेता र जनतालाई रङ्गसँग तुलना गरिएको प्रसंग अकस्मात आएको छ जसको माथि कुनै सम्बन्ध छैन। उनका नगण्य लघुकथामा एकभन्दा बढी आयामको प्रयोग गरेको पाइन्छ। उदाहरणको रूपमा एक मुक्ति र एक पूजालाई लिन सकिन्छ।

सैद्धान्तिक पक्ष

पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनकाे अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।

प्रायजसो सङ्गृहीत लघुकथाहरूको कौतूहलपूर्ण र आकस्मिक उठान गरिएको छ भने कथाको बुनोटमा द्वन्द्व पनि सिर्जना गरिएको छ। उनका लघुकथा पढिरहँदा एक वाक्यमा उठान र अन्त्य गर्ने मान्यता अलि खुकुलो भएको आभास हुन्छ। विषयवस्तुको प्रष्टता, संवादको प्रयोग र पात्रहरूबीच वार्तालाप प्राय: सबै लघुकथामा भेटिन्छन्। अधिकांश लघुकथा एक समय, एक स्थान, एक घटनामा सीमित रहे पनि केही भने कालखण्डरहित हुन सकेका छैनन्। शब्द सीमामा उनी कटिबद्ध मात्र देखिंदैनन् उनका सबै लघुकथा एउटा कुमालेले साँचोमा राखेर बनाएका एउटै आकारका भाँडाकुँडा जस्ता देखिन्छन्।

लघुकथा समापनमा विद्युतीय झड्का दिनुपर्ने मान्यतामा उनी समर्पित देखिएको भए पनि कतिपय लघुकथा बिस्तार भएको देखिन्छ। कम पात्रको प्रयोग उनको विशेषता नै रहेछ भन्दा फरक नपर्ला।

समग्रमा उनका लघुकथाहरूको सैद्धान्तिक पक्ष सबल भएकाले एकालाप पाठक, अनुसन्धानकर्ता, समीक्षक र लघुकथाबारे रुचि राख्ने जो कोहीका लागि पनि सङ्ग्रहणीय सामाग्री हुन सक्छ।

निष्कर्ष

निष्कर्षमा भन्नु पर्दा पोखरेलको एकालाप लघुकथासङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा आएको छ। अधिकांश लघुकथाको विषयवस्तु नेपाली र अमेरिकी समाज छ। स्वदेशी तथा विदेशी परिवेश पस्कनु उनको विशेषता नै देखिन्छ। कला, संस्कृति, चालचलन, रीतिरिवाज, विकृति, विसंगति, मानवीय भावना, श्रीमानश्रीमतीको सम्बन्ध, पारपाचुके, यौन, सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई उनले विदेशी र स्वदेशी कोणबाट प्रस्तुत गरेका छन्।

यो लघुकथासङ्ग्रह कुनै दस्तावेजभन्दा कम छैन। कतिपय कथनमा पात्रले स्थानीय भाषाको प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि नेपाली भाषाको प्रयोग गरिएको छ भने कतिपय नेपाली शब्द हुँदा हुँदै अन्य भाषाको प्रयोग गरिएको छ।

सरल भाषाशैली, स्वत: स्फूर्त कथन र स्थानीय लवजको समिश्रणले कथालाई काल्पनिक नभएर यथार्थको नजिक रहेको पुष्टि गरेको छ। प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण लघुकथाहरूको बुनोट, विषय, स्वरूप, तत्त्व र सैद्धान्तिक पक्ष बलियो देखिन्छ। यद्यपि लघुकथा क्षेत्रको सैद्धान्तिक दृष्टिकोणले बामे सरिरहेको वर्तमान निरपेक्षमा लघुकथाका पाठकले पोखरेलका लघुकथाहरूलाई नमुना र आदर्श ठान्नु अस्वाभाविक होइन। तसर्थ उनका लघुकथाहरू पढ्नेले उनीबाट ठूलो अपेक्षा मात्र राखेका हुँदैन “म उहाँको जस्तो लघुकथा लेख्छु” भनेर आदर्श व्यक्तिको रूपमा पनि मान्यता दिइरहेका हुन्छन्।

पाठकको उक्त अपेक्षा ख्याल गर्दै आगामी दिनमा आकर्षक छोटो वाक्यबाट लघुकथाको सुरुवात गर्ने, श्रीमान् श्रीमती, पारपाचुके, यौन र अन्य सामान्य विषयभन्दा पनि अलि फराकिलो र गम्भीर विषय छनौट गर्ने, स्थानीय भाषालाई सोही भाषा र लवजमा उद्धरण दिएर उल्लेख गर्ने, कथालाई अलमल नगरी टुङ्ग्याउनु, छोटो र बिस्ताररहित झड्केदार समापन गर्न र नेपालीबाहेक अन्य भाषाको कम प्रयोग गर्न सके उनका लघुकथाहरूले सगरमाथा चुम्ने थिए।

आदर्श र दर्शनका विषय र प्रसंगहरू उनका लघुकथाहरू विशिष्ट छन् भन्ने बलियो प्रमाण हुन्। धेरै राम्रा र सामान्य सबै खाले लघुकथा यस सङ्ग्रहमा अटाएकाले अग्रज, समकालीन र नवआगन्तुक सबै खाले लघुकथाप्रेमीका लागि उनको एकालाप सङ्ग्रहणीय पुस्तक हुन सक्छ। लघुकथाको उन्नयनमा लामो समयदेखि योगदान पुर्‍याउदै आएका पोखरेललाई उनले नेपाली साहित्य र लघुकथाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अनवरत साहित्यिक यात्राको शुभकामना!
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हजुरआमाको क्याटवाक
हजुरआमाको क्याटवाक
रञ्जुश्री पराजुली रञ्जुश्री पराजुली • · ०३ साउन २०८२ · २ मिनेट पाठ
कवयित्री
बिसुकुमार केसी बिसुकुमार केसी • · १४ असार २०८२ · १ मिनेट पाठ
सलल बगिरहने खोला हुँँ
सलल बगिरहने खोला हुँँ
नागरिक नागरिक • · १४ असार २०८२ · २ मिनेट पाठ
यो तस्बिरमा वस्त्र
गाेपाल पराजुली गाेपाल पराजुली • · १४ असार २०८२ · १ मिनेट पाठ
सहभागिता
रमेशचन्द्र घिमिरे रमेशचन्द्र घिमिरे • · २४ जेष्ठ २०८२ · १ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस