चर्चित उखान छ–‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्।’ यसको सरल अर्थ असल कर्मबाट ख्याति कमाउन नसके बदनामै भएर पनि चर्चामा आउनुपर्छ भन्ने हो। यो उखानलाई अक्सर असल मान्छेले राम्रो रूपमा लिन्नन्। तर, विश्वभरका माफिया र अपराधीका लागि यो उखानले दिने आशय प्रिय हुन्छ। उनीहरूका लागि बदनामी कमाएर चर्चा कमाउन फाइदाको विषय बन्छ।
विश्वभरका राजनीतिकर्मीका लागि पनि यो उखान बारम्बार चरितार्थ गर्नु सामान्य नै बन्ने गरेको छ। यही मेलोमा कतिपय कलाकारले पनि आफूलाई चोखो राखेका छैनन्। कलाकारितामा ‘नवीन र अत्याधुनिक अभ्यास गर्छु’ भन्ने अक्सर कलाकार राम्रो कामबाट ख्याति नकमाए नराम्रो कामबाटै चर्चामा आउन प्रयास गर्ने गरेका प्रशस्त उदाहरण छन्।
यही मेसोमा पछिल्लो समय आफूलाई लोक कलाकार दावा गर्ने नेपालका केही कलाकार मिसिएका छन्। जसले लोक सङ्गीत, लोककला र परम्पराको सामान्य इमानको त ख्याल राखेका छैनन् नै, कला क्षेत्रबाट समाजको हुर्मत लिएका छन्।
.......
लोकगीत ! आफैमा अर्थ बोकेको शब्द हो। नेपाली परम्परा र मौलिकता बोकेका लोक सङ्गीत हाम्रा मौलिक सम्पत्ति र अमूल्य निधि हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर लोकगीत–सङ्गीत र दोहोरी ‘आमा गीत–सङ्गीत’का रूपमा परिचित गर्छिन्। ‘लोक गीत–सङ्गीत देशको संस्कृति हो, सम्पत्ति हो,’ अध्यक्ष थापामगर भन्छिन्, ‘आमाजस्तै यी कुरा सम्माननीय छन्।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर मान्यता यही हो, तर अहिले लोक कलाकार भन्ने केही पात्रबाट फरक व्यवहार देखिन थालेका छन्। लोकगीत परम्परादेखि आएका मौलिक संस्कृति भएकाले सोहीअनुरूप राखेर ससम्मान आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने वर्तमान पुस्ताको दायित्व हुन्छ। तर अचेल त्यो दायित्व पूरा गर्न त परको कुरा लोकगीतका नाममा लिइएको हुर्मतले नयाँ पुस्तालाई खराब तथ्य हस्तान्तरण हुने अवस्था सिर्जना भइरहेको छ।
हुँदा हुँदा अचेल त लोक कलाकार भन्नेहरूले लाजै त्यागेका छन्। लोकगीतका नामले आएका गीतमा एकदमै हलुका र द्वि अर्थी(अश्लील अर्थ लाग्न सक्ने) शब्द प्रयोग हुने गरेका छन्। म्युजिक भिडिओको त झन् के कुरा, बचेखुचेको लाज पनि निमिट्यान्न पार्ने दृश्य राखिएका छन्। भिडिओ यति ‘भल्गर’ छन् कि तिनले लाजशरमका सबै हद पार गरेका छन्।
लोकगीत कि ‘लाज गीत’?
शान्ता रानी परियार १३ सय गीत आफूले गाइसकेको दाबी गर्छिन्। यद्यपि अहिले बल्ल चर्चामा छिन्। शान्ता रानीले गाएको ‘म त ढलेँ ढलेँ’ भन्ने गीत अहिले चर्चित र विवादित छ। युट्युब, स्पोटीफाई, टिकटकसहितका अडिओ प्लेटफर्ममा उक्त गीतले ५ करोड न्युज कमाइसकेको छ। गीतको टिमले ‘सक्सेस सेलिब्रेसन’ समेत मनाइसकेको छ।
गीत जति चर्चामा छ, त्यति नै आलोचनामा पनि छ। आलोचनाको कारण गीतमा समेटिएको ‘द्वि अर्थी’ वाक्यहरू हुन्। ‘आमालाई पल्लारे साइँलोले...’ यहाँ आमाजस्तो पवित्र शब्दलाई जोडेर भन्न खोजिएको कुरा अस्पष्ट छ, आशय अश्लीलतासँग प्रस्ट जोडिन्छ। ‘म त ढलेँ ढलेँ ...’ भनेपछि वाक्य अघि बढ्दैन। त्यसपछि दृश्य बोल्छ र गीतको सारको व्याख्या भिडिओले गर्छ। दृश्य भल्गर छ। गीतको सुरुवात घरपालुवा पन्छीबाट अश्लीलता देखाउने दृश्यबाट हुन्छ। भिडिओमा कुखुराको भाले र पोथीलाई देखाइएको छ। ढल्नुको अर्थ शब्दबाट होइन दृश्यबाट खुलाइएको छ।
यस्तो गीतको चौतर्फी आलोचना भइरहँदा मनाइएको ‘सक्सेस सेलिब्रेसन’मा स्वयं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर पुगिन्। केक पनि काटेर शुभकामना समेत दिइन्। त्यसपछि आलोचनाको परिधिमा रिता पनि तानिएकी छन्। मौलिक लोककलाको प्रवर्द्धन गर्नुपर्ने र मौलिकता नाघेर विकृति सिर्जना गराउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने संस्थाको जिम्मेवारीमा पुगेकी रिताको यस्तो गैह्र जिम्मेवार पूर्ण कदम सर्वथा आलोच्य छ। समाजले पनि आलोचना गरिरहेकै छ।
आलोचना अरूले त गरिरहेका छन् नै, आलोचकको भिडमा ज्योति मगर पनि रिताविरुद्ध उभिएकी छन्। ज्योति मगरले २६ पुसमा फेसबुकमा रितामाथि गम्भीर प्रश्न खडा गरिन्। अन्य गीतमा टिप्पणी गर्ने रितामाथि ज्योति अश्लील गीतको सक्सेस पार्टीमा गएकामा नैतिक प्रश्न उठाएकी छन्।
ज्योति मगरको स्टाटसयता रिता भने उक्त गीतमा अश्लीलता नभएको दाबी गर्छिन्। ‘आमाले छोरीलाई गाली गर्न त पायो नि। राम्रोसँग हिँड, राम्रोसँग बोल, राम्रो लुगा लगाएर बस भन्न त पाइयो नि। आमाले छोरीलाई संस्कार सिकाउन त पाइयो’, भन्दै उनले गीतको बचाउ गरिन्। तर भिडिओका दृश्यमा भने आलोच्य पक्ष रहेको उनको स्वीकारोक्ति छ। ‘भिडिओ बनाउँदा निर्देशकको थोरै चतुर्याइँ गरेको देखिन्छ। कलात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने हो त्यो भल्गारीटिमा अलिकति गएको हो कि भन्ने बुझिन्छ,’ नागरिकसँगको कुराकानीमा उनले भनिन्। यसैले सक्सेस पार्टीमा गएर आफूले थप सुझाव पनि दिएको उनी बताउँछिन्।
‘म त ढलेँ ढलेँ ...’ गीतकाे ‘सक्सेस सेलिब्रेसन’मा स्वयं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरपछिल्लो समय नचलेका कलाकार मात्र होइन, चलेकै कलाकार पनि गैह्र जिम्मेवार भएर गीतमा अश्लीलताको सहारा लिन थालेका छन्।
‘बोल माया’, ‘गलबन्दी’, ‘रुकुम मैकोट’, ‘राधा पियारी’ जस्ता चर्चित र लोकप्रिय गीतकी गायिका शान्ति श्री परियार त्यो सूचीमा पर्छिन्। ‘रुकुम मैकोट’ ले ६ महिनाभन्दा कम समयमै बिहीबार मात्रै १० करोड भ्युज पाउने गीत बनेको छ।
उनै शान्ति श्रीले ‘अरेली काँडैले मलाई च्वास्सै’ र ‘बिस्तराले पोल्यो’ जस्ता हलुका र द्वि अर्थी शब्द प्रयोग गर्दै गीतलाई कमाउने माध्यम बनाइन्। ‘बिस्तराले पोल्यो’ गीतको भिडिओ विवादित बनेपछि उनले विज्ञप्ति निकालेर माफी मागेकी थिइन्।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले विज्ञप्तिमा ‘आगामी दिनमा शब्द सङ्गीत छनोट गरेर मात्र गाउने वाचा गर्दछु’ भनेर लेखेकी थिइन्।
गायिका शान्ति श्री परियारकाे माफी विज्ञप्तितर, अहिले उनले आफ्नै बाचा बिर्सेर ‘सेतै दूध सेतै चौलानी, मायाले मागेको त्यहीँ त होला नि’ भन्ने अर्को द्वि अर्थी गीत सार्वजनिक गरेकी छन्।
यही सूचीमा ‘स्याउ ल्याइदिऊँ कि केरा’, ‘सानु तिम्लाई गरेको गर्यै छु’, ‘सिरानी टाङमुनि’, ‘सिरक तानातान’, ‘ढाडे बिरालो’ जस्ता गीत पनि छन्। दोहोरी साँझ नामक भट्टीहरूमा पैसा झार्न रक्सी पिलाउँदै अश्लील गीतहरूको प्रतिस्पर्धा नै गराइन्छ। त्यहीँका उत्पादित कलाकारले गाउने गीतहरू यही प्रकृतिका छाडा हुने गरेका छन्।
परिवारसँग हेर्नै नमिल्ने लोकगीत?
लोकगीत–सङ्गीत लोक समाजका उपज हुन्। अर्थात् सदिऔँदेखि नेपाली समाजले मौलिक मनोरञ्जनका माध्यमका रूपमा यी गीत–सङ्गीत प्रचलनमा ल्याएका हुन्। सिङ्गो परिवार र समाज सँगै बसेर गीत–सङ्गीतबाट मनोरञ्जन लिँदै आएको इतिहास जीवन्त छ।
तर, अहिलेका गीत न परिवारका सदस्यसँग बसेर सुन्न मिल्छन्, न ती गीतका भिडिओ हेर्न सकिने किसिमका छन्। समूहमा बसेर मोबाइल चलाउँदा फ्याट्ट यी गीत बजे हतार हतार मोबाइलको आवाज सानो बनाउनुपर्ने हविगत छ।
अहिले डिजिटल युग पनि हो, हात हातमा हुने मोबाइलमा फेसबुकका रिलदेखि, इन्स्टाग्राम सम्म, टिकटकदेखि युट्युबसम्म चल्छन्। यही यस्ता गीतको पहुँच पनि छ। जसले परिवारसँग बसेर यी सामाजिक सञ्जाल चलाउँदा होस पुर्याउनुपर्ने अवस्था छ।
यस्ता द्वि अर्थी गीत ससाना बालबालिकासम्मको पहुँचमा हुनु हो। जसलाई यी गीतले लोकलयमा अश्लीलता सिकाइरहेका छ, बुझाइरहेको छ। भविष्यमा उसको बाल मस्तिष्कमा लोकगीत भनेकै अश्लील हुन्छ भन्ने पर्न सक्ने खतरा हुन्छ। त्यसले हाम्रो मौलिकता समाप्त हुने खतरा देखिएको छ।
अर्को तथ्य यस्ता गीत सामाजिक सञ्जालमा ‘भाइरल’ हुनकै लागि बनाइएका हुन्। समाजमा बढ्दै गएको यौन स्वच्छन्दताले यस्ता गीतलाई भाइरल हुन मद्दत गरिरहेको छ। सामाजिक सञ्जालमा ‘भाइरल’को भोकमा रहेको अर्को भिडले यी गीतमा टिकटकदेखि फेसबुकका रिल बनाउन भरपुर प्रयोग गरिरहेको छ। जसमा महिलादेखि पुरुष कोही पछि परेका छैनन्। जसले कलाकारहरूलाई पनि छाडा गीत निकाल्न प्रेरित गरिरहेको छ।
चिन्ताको विषय भने यस्ता गीतको शैली लोकलयमा हुनु र लोकगीत–सङ्गीतको बर्को लगाइनु हो। यस्तै, यस्ता द्वि अर्थी गीत ससाना बालबालिकासम्मको पहुँचमा हुनु हो। जसलाई यी गीतले लोकलयमा अश्लीलता सिकाइरहेका छ, बुझाइरहेको छ। भविष्यमा उसको बाल मस्तिष्कमा लोकगीत भनेकै अश्लील हुन्छ भन्ने पर्न सक्ने खतरा हुन्छ। त्यसले हाम्रो मौलिकता समाप्त हुने खतरा देखिएको छ।
अश्लीलता कमाउने सहज धन्धा!
पछिल्लो समय कलाकारहरूले अश्लीलतालाई चर्चामा आउने र त्यसैबाट कमाउने माध्यम नै बनाएका छन्। आयस्रोतका हिसाबले कलाकारको दोस्रो ठुलो आर्जनको क्षेत्र स्टेज कार्यक्रम, मेला महोत्सवहरू बनेका छन्। यस्तै, यस्ता स्टेज कार्यक्रम विदेशदेखि नेपाल सम्म भइरहन्छन्।
यस्ता स्टेजमा पनि अहिले अश्लीलता बढी बिक्री हुन थालेको छ। सांस्कृतिक महोत्सवमै छाडा गीत र नाचले बढी स्थान र महत्व पाउन थालेका छन्। अश्लील शब्द र भल्गर दृश्यकै गीतमा चर्चा कमाएकी विवादित छविकी गायिका ज्योति मगर अहिले सबैभन्दा बढी स्टेज पाउँछन् पनि। उनी स्टेजमै पनि छोटा पहिरनले दर्शक तान्ने धन्धा चलाइरहेकी छन्।
गायिका ज्योति मगरएकातिर यस्तै उटपट्याङ गीत र दृश्यमा सजिलै चर्चा कमाउने र त्यसैबाट सामाजिक सञ्जालमा भाइरल हुनेदेखि स्टेजसम्म माग बढी हुने भएपछि ज्योतिकै सिको गर्दै नयाँ पुराना कलाकार त्यही बाटो समातिरहेका छन्।
यो कुरा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता पनि स्विकार्छिन्। ‘अहिले कलाकार नाङ्गिएर हुन्छ कि, बाङ्गिएर हुन्छ। कि द्वि अर्थी गीत गाएर हुन्छ। चर्चामा आउन चाहन्छन्। मिडियाको नजरमा पर्न चाहन्छन्। चर्चामा आएपछि नै हो कमाई हुने,’ उनी भन्छिन्, ‘अरू कुनै बाटो नभए यसो गर्नसम्म भ्याइरहेका छन्।’
विज्ञ के भन्छन् ?
वरिष्ठ कवि एवं सर्जक श्रवण मुकारुङ अभिव्यक्ति स्वतन्त्रताका नाममा ‘न्युज’का लागि कलाकारले आफ्नो अस्तित्व बेच्न नहुने बताउँछन्। ‘अभिव्यक्ति स्वतन्त्रताको पक्षधर म पनि हुँ। कतिपय गीत त्यसैका सुन्दर उपहार पनि छन्,’ उनी भन्छन्, ‘तर, केही कलाकारले भ्युजकै लागि आफ्नो अस्तित्व बचेका छन्, आफ्नो संस्कृति बेचेका छन्, आफ्नोपन बेचेका छन्। समग्रमा आफ्नो आत्मा बेचेको छ भन्दा फरक पर्दैन।’
वरिष्ठ कवि एवं सर्जक श्रवण मुकारुङ सस्तो मनोरञ्जनका लागि निर्माण गरिने सिर्जनाले दर्शकको अवमूल्यन गरेको र कला क्षेत्रको मर्यादामा हानी पुर्याएको अर्थमा लिनुपर्ने उनी बताउँछन्। ‘स्वतन्त्रता उपभोग गर्ने मान्छे नैतिकवान् हुनुपर्छ। स्वतन्त्रता भनेको अराजकता होइन, विसङ्गति होइन’, मुकारुङ भन्छन् । यस्ता विषयमा राज्य र सम्बन्धित सङ्घसंस्थाले नियमन गर्नुपर्ने पनि मुकारुङको राय छ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर प्रतिष्ठानमा विवादित गीतबारे उजुरी दिने व्यवस्था रहेको बताउँछिन्। उजुरीकै आधारमा कतिपय गीतलाई कारबाही समेत गरेको उनको भनाई छ। उनका अनुसार पछिल्लो समय कुनै उजुरी परेका छैनन्।
रिताको बुझाइमा यस्ता विकृतिको निवारण प्रतिष्ठानको मात्र बसमा छैन। ‘दोहोरी प्रतिष्ठानले केही पनि गर्न सक्दैन। गर्ने भनेको राज्यले हो, पुलिसले हो। हामीले आग्रह मात्रै गर्ने हो’, उनी भन्छिन्, ‘दोहोरी प्रतिष्ठान एक सामाजिक संस्था हो। पहिला कलाकार नैतिकवान् हुनु पर्यो, संस्कारी हुनुपर्यो। कलाकार छाडा भएको खण्डमा हामीले केही गर्न सक्दैनौँ।’
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्यो, मायासित बोल्दैमा गाल पर्यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।
यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।
२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।
उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।
विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।
दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।
बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।
संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’
यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।
उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...