विद्यार्थी–अनुभव : अनलाइन कक्षा घरै बसिबसी सिक्ने अवसर
०६ असार २०७७
•
५ मिनेट पाठ
विद्यार्थी–अनुभव  : अनलाइन कक्षा  घरै बसिबसी सिक्ने अवसर

आरम्भ आचार्य

कक्षा : ९ 




रोल नम्बर : १ 

नोबेल एकेडेमी

म अहिले कक्षा ९ मा अध्ययनरत छु । मेरो विद्यालय कोभिड–१९ का कारण बन्दाबन्दीमा परेको छ । मलाई अहिलेसम्म अनलाइन कक्षाको केही अनुभव थिएन । यो अनुभव हासिल गर्ने अवसर कोभिड–१९ अर्थात् विश्वव्यापी कोरोना महामारीले दिलायो । भनिन्छ नि, ‘हरेक समस्याले समाधान पनि आफैँ लिएर आएको हुन्छ ।’

आरम्भ आचार्य
मैले २०७६ सालमै नोबेल एकेडेमीबाट बिएलइ परीक्षामा सामेल हुने अवसर पाएँ । सो परीक्षा स्थानीयतह स्तरीय हुँदो रहेछ । अर्थात् हाम्रो विद्यालय काठमाडौं महानगरपालिकाभित्र पर्ने विद्यालय भएकाले हाम्रो बिएलइ (आधारभूत तह उत्तीर्ण परीक्षा) परीक्षाको दायित्व पनि महानगरपालिकाकै रहेछ । सोहीअनुसार हामीले २०७६ फागुन २५ गतेदेखि चैतको ५ गतेसम्म परीक्षा दियौं । ४–५ दिन हामी परीक्षा दिएर थकाइ मार्दै थियौँ, एक्कासि देशैभरि कोभिड–१९ को महामारी सुनामीझैँ फैलियो । पत्रपत्रिकाले लेखेअनुसार जुन रोग सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको रहेछ । जसले गर्दा देशैभरि २०७६ चैत ६ गतेदेखि हुने भनिएको एसइई परीक्षा अघिल्लो दिन ५ गतेको निर्णयबाट एक्कासि सरकारले रोक्यो ।  

हामीभन्दा दुई ब्याच अघिल्ला दाजुदिदीहरू खिस्रिक्क परे बिचरा ! तर पनि उनीहरूले आफ्नो परीक्षा हुने आशामा आफूलाई तयारी हालतमै राखेका थिए । भर्खरै मात्र उनीहरूको एसइई रद्द भएको निर्णय सरकारले सुनायो । अब ती दाजु दिदीहरू प्रिएसइईकै अंकका आधारमा ग्रेडसिट पाउने भएका छन् । यसपालि मात्र हो वा सधैँका लागि एसइई रोकिएको हो त्यो अहिले नै केही थाहा हुन सकेको छैन ।  

हामीचाहिँ २०७६ चैत ११ गतेदेखि लकडाउनको फन्दामा प¥यौं । हामीले सो दिनदेखि यो लेख लेखुन्जेल (२०७७ असार ४ गतेसम्म) अहिले करिब ८८ दिनसम्म घरमै बसेर पढ्ने, लेख्ने र अनलाइनमा धेरै कुरा सिक्ने अवसर पायौं । हाम्रो कक्षा ८ को बिएलई परीक्षाको नतिजा २०७७ वैशाखमा आएपछि हामीलाई स्कुलले हाम्रो ग्रेडसिट अनलाइनमै वितरण ग¥यो । सोपछि हामीले विद्यालयबाट सूचना पाएअनुसार मैले कक्षा ८ मा ४ जिपिए नै प्राप्त गरेँ । सो नतिजाबाट म त खुसी भएँभएँ । मेरा घरका सदस्यहरू पनि धेरै खुसी हुनुभयो ।  

विद्यालयले हामीलाई कक्षा ९ को किताबहरू किन्ने सूचना ग¥यो । हामीले सबै किताब किन्यौं र पढाइमा आफूलाई तयारी राख्न थाल्यौं । केही दिनपछि विद्यालयले सूचना गरेपछि हामी अनलाइन कक्षामा भाग लिन थाल्यौं । शुरूशुरूमा हाम्रो एक विषय मात्र अध्यापन भयो भनेपछि क्रमशः केही दिनमा २ विषय र अझ केही दिनमा सो पनि थपिँदै तीन विषयको अध्यापन भइरहेको छ ।  

कक्षाको स्तरमा पहिलाका कक्षा भन्दा अहिलेका कक्षाहरू धेरै सुधारिएका छन् । विषय शिक्षक सरहरूले आफ्नै घरबाटै भए पनि धेरै पूर्वतयारी गरी हामीलाई विषयवस्तुले मागेका कुराहरू र सिकाइ उपलब्धिको ख्याल गर्दै सिकाउनुभएको छ । यो देख्दा विकसित देशमा पनि यसरी नै सिकाइ हुन्छ होला भनेर हामी कल्पना गर्न थालेका छौं ।  

कक्षामै गएर पढिने तरिका (अफलाइन) र घरमै बसेर पढिने तरिका        (अनलाइन) मध्ये हामीलाई पहिलो तरिकामा बानी परिसकेका हुनाले केही दिन अनलाइन कक्षामा बस्न र सिक्न झन्झट लाग्यो तर केही दिनपछि सो झन्झट मेटिँदै गयो । अहिले हामी रुटिन अनुसार दिनका तीनवटा कक्षाहरू नियमित रूपमा लिइरहेका छौं । हाम्रो विद्यालयले दुईजना प्राविधिक जनशक्तिलाई विद्यालयको मास्टर कन्ट्रोल रूममा राखेर हाम्रा विद्यालयका कोअर्डिनेटर सरले कक्षा शिक्षकलाई दिएको रूटिन अनुसार हामीलाई दैनिक तीनवटा कक्षाहरू पढाउन लगाउनुहुन्छ । उहाँले हामीले पढे–नपढेको, हाजिर गरे–नगरेको र होम असाइनमेन्ट गरे–नगरेको कक्षा रेकर्डबाट सबै थाहा पाउनुहुन्छ । यसरी हामी विद्यालय नगए पनि घरै बसीबसी आफ्नो कक्षा ९ का कक्षालाई अघि बढाइरहेका छौं । अब केही दिनमै हामी पहिलो त्रैमासिक परीक्षा पनि अनलाइन माध्यमबाटै दिँदै छौं ।  

कक्षामा बस्दा हामी माइक म्युट गरेर सुन्छौं र प्रश्न सोध्दामाइक अन म्युट गर्छौं । सिकाइमा रहँदा भने भिडिओ अन गरिरहेका हुन्छौं । कक्षामा बस्ने हाम्रो आफ्नै आचारसंहिता बनाइएको छ । हाम्रो स्कुलले हामी सबै विद्यार्थीको अकाउन्ट खोलेर हाम्रा अभिभावकज्यूहरूलाई एक–एकवटा आइडी उपलब्ध गराएको छ । जसका माध्यमबाट हाम्रा बुवाआमाहरूले हाम्रो सिकाइको पफर्मेन्स र स्कुलका अन्य शैक्षिक गतिविधि सबै सोही अकाउन्टबाट हेर्न सक्नुहुनेछ ।  

यसरी हामी बन्दाबन्दीका बीच पनि देशैभरि छरिएर रहेका हाम्रा कक्षाका साथीभाइहरूसँग प्रविधिका माध्यमले जोडिएर सिकिरहेका छौं । हामी कोही झापाबाट कक्षामा सहभागी छौं भने कोही धनगढीबाट पनि सहभागी भइरहेका छौं । जति टाढा भए पनि यो प्रविधिले टाढा नजिकको भेदभाव केही राख्दो रहेनछ । यो कोभिड–१९ ले हामीलाई अनलाइन कक्षाको अवधारणा मात्र दिलाएन त्यसको व्यावहारिक पक्ष समेत सिकाएर गयो । अबका पुस्ताले अनलाइनबाट सिक्नुपर्ने सबै कुरा सिकाएर गयो ।  

महाकवि देवकोटा भन्ने गर्थे, ‘जमानाले रङ बदल्छ ।’ अहिले भयो पनि त्यस्तै । समय जहिले नि नदीझैँ बगिरहेको हुन्छ । हामी समयसँग हिँड्न सक्ने हुनुपर्दछ । नत्र हामी आउट डेटेड हुनेछौं ।  

अझै यो महामारी रहिरहेमा हामी दसैँ अघिसम्म यसैगरी कक्षा लिइरहने छौं । विद्यालयले पनि हाम्रा बुवाआमाहरूसँगको भर्चुअल मिटिङमा सोही कुरा बताएको छ । रोग आफैँमा नराम्रो कुरा हुँदै हो तर यसले केही अवसर र सिकाइका नयाँ कुरा दिएर गएको छ । हामीले सो कुरालाई जीवनपर्यन्त राखिरहन सकेका खण्डमा सिकाइदिगो र भरपर्दो हुन जान्छ भन्ने मेरो बुझाइरहेको छ ।

अनलाइनकक्षामा बस्दा हामीलाई धेरै कुरा घर बसीबसी थाहा हुँदो रहेछ । बिहानैबिहानै हतारहतार गरेर नरुच्दानरुच्दै खाना खाएर स्कुल ड्रेस लगाई हस्याङ र फस्याङ गर्दै स्कुल बस चढ्नुपर्ने झन्झट अचेल स्वाट्टै घटेको छ । खाजाखर्च र हामीले स्कुलमा पढाइका लागिदिने ८–८ घन्टाको समय सबै बचत भएको छ । यो एक प्रकारले खुसीको कुरा समेत हो नि ।  

तर यो शैलीको कक्षामा बस्न र सिक्नका लागि हामी आफैँ चनाखो र पूर्व तयारी हुनुपर्ने रहेछ भन्ने कुरा पनि हामीले सिकेका छौं । यति हुँदाहुँदै पनि हामी यो महामारी चाँडै अन्त्य भएर हामी फेरि कक्षामा सकुशल बस्न सक्नेछौं र साथीभाइका बीचमा बसेर रमाइलो गरेर स्कुल जान सक्ने हुनेछौं भन्ने मैले सोचेको छु ।  
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस