हार्दिक न्यौपाने
कक्षा –२, अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।
भानुभक्त आचार्य आदिकवि हुन् । भानुभक्तले लेखेको एउटा कविताको किताब हो रामायण । भानुभक्तको जन्म नेपालको तनहुँ जिल्लामा भएको थियो । उहाँको बाबाको नाम धनञ्जय आचार्य हो । आमाको नामचाहिं धर्मावती हो ।भानुभक्तको जन्म असार २९ गते भएको हो । भानुभक्तको किताबहरूको नाम हो—रामायण, वधूशिक्षा, भक्तमाला, प्रश्नोत्तर हुन् । यीमध्ये मेरो घरमा रामायण भन्ने किताब छ । रामायणको किताब राम्रो छ । किताबको अगाडि भानुभक्तको चित्र छ । रामायण किताबमा भानुभक्तले गोलो टोपी लाएको देखें र अनि अर्काेचाहिं दौरासुरुवाल लाएको पनि देखें । भानुभक्तको जुँगा छ । उनले जहिले दौरासुरुवाल लाउँथे । अनि भानुभक्त यो नेपालको पहिलो कवि हुन् ।

भानुभक्तको मजाक उडाउनु हुँदैन । यो देशलाई धेरै ठूलो योगदान दिनुभको छ भानुभक्तले । कस्तो योगदान भने नि नेपाली भाषामा लेख्नुभयो । पहाड, तराई र हिमाली मान्छे झगडा गर्नु हुँदैन । नेपाली भनेको नेपाली नै हो ।
भानुभक्तको एउटा कविता मलाई बाबाले वाचन गरेर सुनाउनुभयो । बाबाले धेरै मीठो स्वरले वाचन गर्नुभयो । त्यो सुनेर मलाई धेरै रमाइलो लाग्यो । किनकि मेरो बाबाको स्वर धेरै मीठो छ ।
भानुभक्तको जन्मदिनमा हामी भानुजयन्ती भनेर मनाउने छौं । जन्मदिन अगाडि पनि एउटा कार्यक्रम मनाइयो । यो कार्यक्रम कविता वाचन गरेर मनाइयो । कार्यक्रम मैले र मेरो साथी सोनिया मिलेर चलायौं । कार्यक्रम अनलाइन क्लासमा गरेको हो ।मैले साथीहरूको नाम बोलाएर कार्यक्रम चलाएँ । वेलकम स्पिच पनि दिएँ । राष्ट्रिय गान पनि गाएँ र गाउन पनि लाएँ । चालीस जनाले कविता सुनाएँ । मैले पनि बीचमा कविता सुनाएँ । मैले सुनाएको कविताको नाम ‘आमा स्कुल जान्न म’ थियो । यो कविता गणेशबहादुर खत्रीले लेख्नुभएको हो । मैले सुनाएको कविता यस्तो टाइपको छ—
पुस्तकको भारी छ, भरिया चाहिने जस्तो छ
बल्लतल्ल हिंड्न सक्छु, आमा स्कुल जान्न म
भरिया नभई जान्न म किताबको भारी गह्रुङ्गो छ
बल्लतल्ल हिंड्न सक्छु, आमा स्कुल जान्न म
गुरुहरू धेरै भन्छन्, कसो गरी बुझ्नु म
ठूला किताब नबुझ्ने, नजानेमा हप्काउने
मेरी आमा माया गर, आज स्कुल जान्न म
घरमा सबै कुरा भने गाला चड्काउने
आफ्नो पीर बाबालाई पोख्नै नपाउने
पीर पोखौंभन्दा पनि कानै रन्काउने
आफ्नो मनको वेदना नै भन्न नपाउने
आमाबाले धेरै जसो कुरा बुझ्दै बुझ्दैनन्
फकाईफुल्याई सन्तानको कुरा सोध्दै सोध्दैनन्
पक्कै स्कुल जान्न म मलाई धेरै गाह्रो छ
बिन्ती छ है मेरो आमा आज स्कुल जान्न म ।
मैले चलाएपछि मिस खुशी हुनुभयो । मिसले धेरै राम्रो भन्नुभयो । मिस त खुशीले झन्डै रुनु भको थ्यो । खुशीले आँसु आउन लागेको हो । खुशी भइयो भने हाँस्दाहाँस्दा आँसु आइहाल्छ नि । घरमा सबैजना खुशी हुनुभयो । सबै खुशी भएकोले मैले घरमा पाटी पनि दिए । पाटी खतरा भयो । ह्याप्पी वर्थ डे भानुभक्त ।