मेरो बाबालाई प्रश्न
०९ साउन २०७७
•
४ मिनेट पाठ
मेरो बाबालाई प्रश्न

हार्दिक न्यौपाने  

 




प्रश्नकर्ता – नमस्कार म हार्दिक न्यौपाने । म कक्षा दुई ओपलमा पढ्छु । आज म पत्रकार तथा लेखक तथा मेरा बाबालाई इन्टरभ्यु दिन अनुरोध गर्दछु । ओके ।  

ल अब यहा“लाई स्वागत छ ।  

उत्तरदाता –  धन्यवाद नमस्कार ।  

प्रश्नकर्ता –   बालबालिकाहरूलाई कस्तो विहेव गर्नुपर्छ ?  

उत्तरदाता –  बालबालिकालाई असल विहेव गर्नुपर्छ । राम्रो विहेव गर्नुपर्छ । उनीहरूलाई माया गर्नुपर्छ । उनीहरुले भनेको मान्नुपर्छ । उनीहरूसंग रिसाउनु  हुँदैन । कुट्नु  हुँदैन । दण्ड दिनु  हुँदैन । गाली गर्नु हुँदैन । माया गरीगरी हुर्काउनुपर्छ । खेल्न दिनुपर्छ । बालबालिका खेल्न रुचाउ“छन् । यस्तैयस्तै व्यवहार गर्नुपर्छ ।  

प्रश्नकर्ता –   बालबालिकाहरूलाई कुनैकुनैको त छुचो बाबाआमा पनि हुन सक्छन् । उनीहरूको बुद्धि हुँदैन । बुद्धि नभएपछि तिनीहरूले बालबालिकाहरूलाई नखेल, पढाइ गर, पढाइ गर भनेर भने भने उनीहरूको दिमागमा के असर पर्छ ?  

उत्तर –  अब यहा“ले सानो मान्छे भए पनि धेरै प्रश्नहरू उठाउनुभो । यस्ता बाबाहरू थुप्रो हुनुहुन्छ । बाबाममीहरू धेरै हुनुहुन्छ । यसले गर्दा धेरै बच्चाहरूलाई दिमागमा असर परेकँे छ । उनीहरूचाहिं अप्ठेरो परेको छ । त्यस्तो बाबाआमाहरूलाइ चाहिं त्यस्तो नगर्नु । राम्रोसंग विहेव गर्नुस्, आफ्ना छोराछोरीलाई नकुट्नुस्, गाली नगर्नुस् भनेर म उहा“हरूलाई सुझाव दिन चाहन्छु ।  

प्रश्नकर्ता –  अनि बच्चाहरूलाई राम्रो विहेव गरेन भने त उनीहरू रिसाउ“छन् । रिसाएर वरेर उनीहरू त झुक्केर पागल पनि हुन सक्छन् ∕

उत्तर –  हो त नि, धेरै समस्या हुन्छ । मानसिक समस्या हुन्छ ।  

प्रश्नकर्ता – अनि पागल (डिप्रेसन) भएर झ्यालबाट हामफाले भने के हुन्छ ?  

उत्तर –  त्यो एकदम दुर्भाग्य हुन्छ । त्यस्तो अवस्था आउन दिनु  हुँदैन । त्यही भएर अभिभावकलाई म राम्रो व्यवहार गर्नुस् भनेर सुझाव दिन चाहन्छु । (मोबाइल अलि नहल्लाईकन खिच्नु होला)  

प्रश्नकर्ता –   अनि बालबालिकाहरूले राम्रो विहेव गरेन भने दिमागमा धेरै असर गर्छ । उनीहरू ठूलो भएपछि फ्युचरमा धेरै जा“ड खाएर  मान्छेहरूलाई कुट्न पनि सक्छन् ।

उत्तर  –  ओहो, हो त नि । कुलतमा फस्न सक्छन् । लागू पदार्थ खान सक्छन् । चुरोटगाजा खान सक्छन् । गलत बाटोमा लाग्छन् । यहा“ले महत्वपूर्ण सवालहरू उठाउनुभो ।  

प्रश्नकर्ता–   अनि बच्चाहरुलाई राम्रो व्यवहार गरेन भने उनीहरूको फ्युचर धेरै नराम्रो पनि हुन सक्छ ∕

उत्तर –  हो, उनीहरू गलत बाटोमा लाग्न सक्छन् । नपढ्न सक्छन् । उनीहरु असल नहुन सक्छन् ।  

प्रश्नकर्ता –  स्कुलमा धेरै सरारत गर्न सक्छन्...

उत्तर –  सरारत भनेको के हो ?  

प्रश्नकर्ता –  छुचो हुन सक्छन्..

उत्तर  –  हो, छुचो हुन सक्छन् । चिडचिडाहट हुने, झनक्क झन्कने, कसैलाई नटेर्ने, नगन्ने, अहंकारी हुने, घमण्डी हुने जस्ता समस्या हुन्छ ।  

प्रश्नकर्ता –  अनि अरूलाई पिट्नीवर्नी । थर्काउनी । हात उठाउनी ।

उत्तर – त्यस्तो पनि हुन सक्छ । त्यही भएर असल संस्कार सिकाउनुपर्छ । राम्रो व्यवहार गर्नुपर्छ । असल संस्कार दिएर हुर्कायो भने यो समस्या आउ“दैन ।  

प्रश्नकर्ता –  यस्तो किसिमको समस्या आयो भने तुरुन्तै हस्पिटलमा फोन लगाइहाल्नुपर्छ ।  

उत्तर –  हो...

प्रश्नकर्ता –  डाक्टर (मनोचिकित्सक) ले  ठीक पार्न सक्नु हुन्छ ।

उत्तर –   हो, साइकोलोजिस्टहरूकोमा लानुपर्छ ।  

प्रश्नकर्ता –  डक्टरले पनि ठीक पार्न सक्नु भएन भने पुलिसले ठीक पार्न सक्छन् ।  

उत्तर  – हो केही लागेन भने त कानुनहरू बनेको छ । पुलिसकोमा पनि जानुपर्छ । यो गर्नुचाहिं, बालबालिकालाई हिंसा गर्नु, नराम्रो व्यवहार गर्नु दण्डनीय हो । यहा“को कुरा एकदमै ठीक हो । पुलिसहरूकोमा पनि जानुपर्ने हुनु सक्छ ।  

प्रश्नकर्ता –  तर डक्टरको औषधिले ठीक भयो भने पुलिसकोमा जानु पर्दैन । काउन्सिलिङ गर्नुहुन्छ उहा“हरूले । सम्झाउनुहुन्छ । साइकोलोजिस्टहरूको..

प्रश्नकर्ता – तर सम्झाउ“दा पनि मानेन् भने कुट्नुहुन्छ । कुट्दा पनि मानेनन् भने पुलिसले जेलमा हाल्दिनुहुन्छ ।  

उत्तर –  कुट्नु त हु“दैन । कुट्ने कुरा त गर्नु हुन्न ।  

प्रश्नकर्ता –  कुट्नु त हुन्न तर नराम्रो मान्छेले सम्झाउ“दा पनि मानेनन् भने त थर्काउने । थर्काउ“दा पनि मानेनन् भने हातै उठाउनुपर्छ ।  

उत्तर –  हो । हेरौं । अवस्थाअनुसार कोहीकोही बेला न्यूनतम हस्तक्षेप गरेर अलिअलि पाटपिट पार्न पनि सकिन्छ ठूलालाई । तर सानालाई त पिट्नै  हुँदैन ।  

प्रश्नकर्ता – सानालाई हात उठाउनु पनि हुँदैन।  

उत्तर –    हुँदैन..

प्रश्नकर्ता –   बच्चालाई त इति चिमट्यो भने पनि, भर्खर जन्मेको बच्चालाई त इति चिमट्यो भने पनि मर्छन् ।  

उत्तर  – हो त नि । दुर्घटना हुन्छ । त्यही भएर पिट्नु हु“दैन । असल व्यवहार गर्नुपर्छ । राम्रो व्यवहार गर्नुपर्छ । सम्झाउनुपर्छ । बच्चाहरूले पनि बुबाआमाले भनेको मान्नुपर्छ । अनि होमवर्क पनि गर्ने, स्कुल पनि जाने, खेल्ने पनि, खाने पनि, रमाइलो पनि गर्ने, कहिलेकाहीं अलिकति टिभी पनि हेर्ने । धेरै टिभी नहेर्ने । थोरै अलिकति मोबाइल हेर्ने.. ।  

प्रश्नकर्ता (बीचमा रोक्दै)  –  अनि अलिकति मोबाइल हेरे पनि मोबाइलमा धेरै गेम नखेल्ने ।  

उत्तर –  अ“..

प्रश्नकर्ता (बीचमा रोक्दै) –  मोबाइलमा धेरै गेम खेल्यो भने दिमागमा असर गर्छ ।  

उत्तर –  सही कुरा हो । सही कुरा गर्नुभो ।  

प्रश्नकर्ता –   धन्यवाद हामीलाई इन्टरभ्यू दिनका लागि । अब..  

उत्तर – धेरैधेरै धन्यवाद, यहा“लाई पनि यति सानो बच्चास“ग कुराकानी गर्न पाइयो । धेरै खुशी छु ।  

प्रश्नकर्ता –  अब म बिदा माग्छु ।  

उत्तर  –  म पनि बिदा माग्छु । हस्त नमस्कार  

प्रश्नकर्ता – नमस्कार ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २१ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस