बन्दाबन्दीमा मेरो अनुभव
१० साउन २०७७
•
३ मिनेट पाठ
बन्दाबन्दीमा मेरो अनुभव

पिनाकबहादुर सिंह,  

कक्षाः ५, समुहः ‘क’  

सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुर ।

कोरोना कहरका कारणले सबै  विद्यालयहरू बन्द छन् । हामीेले विद्यालय जान पाएका छैनौं । हामीहरुले विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूमा सहभागी हुनबाट वञ्चित हुनुपरेको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि हामी सबै घरमै बसिरहेका छौ। साथीहरूसँग भेटघाट गर्न र खेल्न पाइएको छैन । सधैं घरमै बसिरहँदा दिक्क त लाग्छ तर यसले नयाँनयाँ कुराहरूको अनुभव गर्ने मौका पनि जुराइदिएको छ । पहिले बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म विद्यालयका क्रियाकलापमा लागिरहनुपरथ्यो  । लकडाउनमा चौंविसै घण्टा घरमा नै बस्नुपर्ने भयो । लकडाउनको शुरूशुरूको दिनहरूमा त निकै दिक्क लाग्थ्यो तर दिनहरू बित्दै जाँदा विभिन्न क्रियाकलापहरू गरेर समयको सदुपयोग गर्ने बानी परेको छ।




चैतको महिनामा मैले आमासँग मिलेर करेसाबारीमा रोपेका काँक्राका झ्याङहरूमा काँक्रा फलिरहेका छन् । आमासँग मिलेर रोपेका काँक्राका बेर्ना बढेर काँक्राहरू फलेको देखेर मलाई र मेरो बहिनीलाई सारै रमाइलो लागिरहेको छ ।
 वैशाखको महिनामा मेरो विद्यालयले अनलाइन माध्यमद्वारा हस्ताक्षर लेखन, निवन्ध लेखन, चित्रकला, पाकशिक्षा, नृत्य, गायन जस्ता विषयहरुमा प्रतियोगिताहरू आयोजना गरेको थियो ।  मैले चित्रकला प्रतियोगितामा भाग लिने कोसिस गरेको थिए । यसका साथसाथै विद्यालयबाट अभिभावक र हामीलाई घरमा समयको सदुपयोग कसरी गर्ने भनी विद्यालयबाट विभिन्न समयमा सुझावसल्लाह पायौं । जसका आधारमा मैले वालउपन्यास, कथा, निवन्धहरू पढें । टेलिभिजनबाट प्रसारण हुने शैक्षिक कार्यक्रमहरू नबिराई हेरें । आमालाई भान्सामा खाना पकाउन सघाएँ । मैले चिया र रोटी पकाउन सिकेको छु । करेसाबारीमा आमासँग सक्ने जतिका काम गरें।

जेठको पहिलो हप्ताबाट विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्यो । शुरूमा दैनिक दुई कक्षाहरू ‘जुम’का माध्यमबाट सञ्चालन भए। अनलाइन कक्षाहरू सञ्चालन भएपछि गुरुमागुरुबाले पठाउनुभएका विभिन्न ‘लिंक’हरूबाट गुगल र युट्युवमा भएका श्रव्यदृष्य सामग्रीहरूबाट धेरै कुराहरू सिक्न पाइयो ।

आजकल म किताबमा भएका पाठसँग सम्बन्धित सामग्रीहरू गुगलबाट खोजेर पढ्ने गरेको छु । यस सिकाइले माथिल्ला कक्षाहरूमा समेत सहयोग गर्नेछ भन्ने मलाई लागेको छ । शुरूमा भच्र्युअल कक्षामा साथीहरू र गुरुमालाई भेट्दा अनौठौं लागेको थियो । पछि गएर विभिन्न कार्यालय र कम्पनीहरूले भच्र्युअल माध्यमबाट बैठक र कामहरू सञ्चालन गरेको कुराथाहा पाए।

आजकल त हाम्रो अनलाइन कक्षामा व्यायाम र मेडिटेशनका क्रियाकलापहरू पनि शुरू भएका छन् । यस्ता क्रियाकलापले रमाइलो वातावरण बनाएको छ। सिकाइ पनि बढेको छ । अनलाइन कक्षाहरूबाट मैले धेरै कुरा सिकेको छु । आजकल म मैले गरेका विभिन्न क्रियाकलापहरूको भिडियो बनाई तथा फोटो खिचेर विद्यालयको एपबाट गुरुमालाई पठाउन सक्छु । गुरुमाले एपबाट पठाउनुभएको सुझावसल्लाहलाई खोलेर पढ्न सक्छु । उहाँले पठाउनुभएको लिंकलाई खोलेर श्रव्यदृश्य सामग्री अध्ययन गर्न सक्छु  । आफै जुम एपलाई खोलेर साथीहरू र गुरुमासँग छलफल गर्न सक्छु । कहिलेकाहीं विद्युतको नहुँदा अनलाइन कक्षामा सहभागी हुन सकिदैन। कहिलेकाहीं कम्प्युटर वा मोवाइल फोनको व्यवस्थापन नभई दिंदा पनि कक्षाहरूमा सहभागी हुन पाइँदैन।
यसरी नै दिनहरू बिताउँदै छु तर विद्यालय र विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूको सम्झना आइरहन्छ । कहिले विद्यालय खुला अनि विद्यालयमा गएर साथीहरू, गुरुआमा र गुरुवासँग भेट होला भन्ने लागिरहन्छ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस