लकडाउनले गर्दा लामो समयदेखि घरमै नजरबन्दमा परियो । झन् परीक्षा सकिएपछि मामा घर जाउँला, नयाँनयाँ ठाउँमा घुमौंला, रमाइलो गरौंला भन्ने अनेक यस्ता योजना र इच्छाहरू थियो मनमा । तर कोरोनाको त्रासले गत चैत्र महिनाको ११ गतेबाट लकडाउन सुरु भयो । त्यसपछि सबै सपना चकनाचुर भयो । अनि परियो घरमै नजरबन्दमा । फुर्सद भयो कि साइकलमा यताउता गर्नुपर्ने मान्छे म । लकडाउनको अवधिभरि न कतै हिंड्न पाइयो ? न त कुनै साइकलयात्राको कार्यक्रम नै हुन सक्थ्यो ? लामो समय घरमा कोचिनु पर्दा उकुसमुकुस भयो । ठूलो सकसमा परियो । कोठाबाट निस्केर टाढामा आँगन र घर वरपरको बारीसम्म जान पाइन्थ्यो । वैशाखको केही दिन ठूलो बाबा, बाबाहरूसँग मिलेर बारी खन्ने अनि मकै छर्ने काममा रमाइयो त्यसपछि फेरी उस्तै । जब असार महिना आयो । लकडाउन अलि खुकुलो भयो । अनि थन्किए माकुराले जाली लगाएको, खिया परेर बसको साइकलले पुनर जीवन पाउन थाल्यो । अनि आफूभन्दा साना भाइबहिनी साथ लिएर घर नजिककै यता उता साइकलमा रम्न थालें । त्यतिकैमा एक दिन बाबाले “कोरा हुने भएछ ! तिम्रो नाम पनि दर्ता गरिसकें ।” भन्नुभएको सुनेर म मा खुशीको सिमा रहेन ।
कोरा बौद्धमार्गीहरूले प्रचलनमा ल्याएको शब्द हो रे । जसको अर्थ बौद्ध, चैत्य, स्तुपा आदि जस्ता तीर्थस्थलको परिक्रमा गर्नु हो रे । त्यसैले कोरा साइकलयात्रामा पनि हिन्दू बौद्ध मठमन्दिर, स्तुपा आदि घुमेर साइकलयात्रा सम्पन्न गरिन्छ । नेपालमा विशेष गरी काठमाडौंमा साइकलयात्रीहरूको लागि कोरा एक प्रकारको उत्सव नै हो । सुरुका दिनमा कोरा काठमाडौंमा मात्र सीमित थियो । दुईतीन वर्ष यता देशको विभिन्न ठाउँमा कोराको आयोजना हुन थालेको छ । यस वर्ष झन् झापा, नेपालगंज, जुम्ला लगायतको ठाउँमा पनि कोराको आयोजना भएको खबर सुन्नमा आयो ।
कोरनाको महामारीले गर्दा यसपालाको कोरा अघिल्लो वर्षहरू भन्दा अलि फरक थियो । सन् २०१५ देखिको मेरो अनुभवमा योभन्दा पहिलाको कोरा मंगलबजारको कृष्ण मन्दिर परिसारबाट सुरु हुन्थ्यो । अन्त्यमा सबै सहभागीहरूलाई पदक लगाएर ससम्मान विदा गरिन्थ्यो । यसपल्ट आयोजकले नाम दर्ता गर्नेबाहेक सम्पूर्ण जिम्मा साइकलयात्रीमा नै छाडेको थियो । सकभर एक्लै यात्रा गर्नु । समूह बनाएर यात्रा गर्ने भए बढीमा १५ जना सम्मको समूह बनाएर यात्रा गर्न सकिने अनुमति थियो । बाँकी यात्राको मार्ग, दूरी तय गर्ने सम्पूर्ण अधिकार साइकलयात्रीलाई नै थियो ।
श्रावण ३ गते शनिबारको दिन बाबा र म काठमाडौं कोरा मनाउने भनेर बिहान ५ बजेतिर उठ्यौं । हामी उठ्दा झमझम पानी परिरहेको थियो । बाबा र म ६ बजे तयार भएर पानी रोकिने प्रतीक्षामा बस्यौं । बिहानको ८ बजिसक्दा पनि पानी रोकिने छाँट थिएन । उता विभिन्न ठाउँबाट बाबाको साथीहरूले फोन गर्न थाल्नुभयो । जसमध्ये बालकोटबाट सन्दिप अंकलले फोन गरेर उहाँको घरतिर ठूलो पानी परेर निक्लन नसकेको । तर साथीहरूचाहिँ उहाँलाई छोडेर हिंडेछन् । त्यसैले “तपाई र सुयोग कता जाने हो ? हिंड्ने बेलामा मलाई पनि खबर गर्नुहोला ।” भनेर फोन गर्नुभयो । बाबाले हुन्छ भन्नुभयो । हाम्रो पनि हालत उहाँको भन्दा खासै फरक थिएन ।
शनिबारदेखि हप्तैभरि पानी पर्छ भन्ने कुरा मैले अघिल्लो दिन नै सुनिसकेको थिएँ । जुन कुरा सम्झेर साइकल चढ्न नपाइने भो भन्ने लागेर मन खिन्न भयो । नौ बजेतिर पानी अलि कम हुन थाल्यो । यही मौका छोपेर बाबा र म घरमा कसैलाई पनि थाहै नदिई साइकल लिएर सुटुक्क निस्कियौं ।
यात्राको क्रममा ठाउँठाउँमा सानोसानो समूह बनाएर कोराको मजा लिन हिंडिरहेको भेटिन्थे । कतिसँग सामूहिक फोटो खिचियो कतिसँग टाढैबाट अभिवादनमार्फत सद्भाव साटासाट गरियो । यसपल्ट बौद्ध पुग्दा त्यहाँको स्तुपा वरपर बसेका गाइड दाइहरूले हामीलाई छिटो जानु भनी लखेटे । हामी त्यहाँबाट समता स्कुलतिर लाग्यौं । स्कुल बन्द थियो । हामी गौरीघाट हुँदै पशुपतिनाथतिर अघि बढयौं । पशुपतिनाथमा पुग्दा लेखप्रसाद भट्ट अंकलहरूको एक समूह भेटियो । उहाँहरूसँग सामूहिक फोटो खिच्यौं । उहाँहरूले सँगै यात्रा गर्न निम्तो दिनुभयो । तर हाम्रो र उहाँहरूको गन्तव्य फरक थियो । हामी दक्षिण पूर्व हुँदै पश्चिम यात्रा गर्दै थियौं । उहाँहरूचाहिँ उत्तर पूर्वा । ठ्याक्कै उल्टो । एकछिनको भलाकुसारीपछि हामी छुट्टियौं । हामी तिलगंगा, सिनामंगल, तिनकुने, काटेश्वर, हुँदै शंखमूलको शंखपार्कमा बसेर केहीबेर थकाइ मारेर हामी मंगलबजारको कृष्ण मन्दिर परिसर पुग्दा मलाई खल्लो लाग्यो । पहिलापहिला कोरामा देशीविदेशी गरेर हजारौं साइकलयात्रीहरूको चहलपहल हुने ठाउँ त्यस दिन भने उजाड थियो । शून्यजस्तै थियो । त्यहाँको ठूलो घण्टामुनि फोटो खिच्दै थियौं । त्यतिकैमा ६÷७ जना स्थानीय साइकलयात्रीहरू आइपुगे । केहीबेरको भलाकुसारीपछि हामी आफ्नो गन्तव्यतिर लाग्यौं ।
विशेष गरी यसपल्ट जसले जहाँबाट यात्रा सुरु गरेर जहाँ यात्राको अन्त्य गरे पनि हुने । जति गरे पनि हुने भन्ने थियो । त्यसैले हामीले डाँडापाखाभन्दा पनि एकदुई ठाउँमा बाहेक प्रायः सुगम क्षेत्र राज्यौं ।
कोरा बारेमा प्रायः मेरो मनमा एउटा कुरा खेलिरहन्छ त्यो के हो भने सबै कुरा नेपाली झल्किने अनि मितिचाहिँ किन विदेशी झल्कने ? किन होला कोरा २०७७ नभएर कोरा २०२० भएको ?
पानी त अघिल्लो वर्ष पनि परथ्यो तर यसपल्टको जस्तो पूरै दिनभरि चाहिँ पर्दैन थियो । तर जे होस् सिमसिमे पानीमा कोरा भन्दै हामीले साइकल गुडायौं २०२० को साउने झरीमा ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज (शनिबार) बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो।
सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन्। बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए।
लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...