घमण्ड
०१ भदौ २०७७
•
४ मिनेट पाठ
घमण्ड

कमल रिजाल

आफैलाई सर्वेसर्वा ठान्ने, अरूलाई नगन्ने, आफू र आफ्नो मात्र राम्रो वा उत्तम अरू वा अरुको तुच्छ वा रद्दी ठानी शेखी गर्ने, चुरीफुरी देखाउने फुर्ती गर्ने, मैमत्त भएर हिड्ने जस्ता व्यवहार तथा प्रवृत्तिलाई घमण्ड भनिन्छ । यसलाई अर्को भाषामा अहङ्कार पनि भन्न सकिन्छ। घमण्ड वा अहङ्कार भनेको त्यस्तो दुर्गुण हो, जसले कहिल्यै भलो गर्दैन । जतिसुकै धनीमानी भए पनि वा जतिसुकै ठूलो ओहोदाधारी भए पनि एक दिन त्यसको नतीजा चुकाउनै पर्छ । यद्यपि यो मानवीय स्वभाव हो । मानिसबाहेक अन्य प्राणीले घमण्ड गर्दैन तर मानिसमा भने जन्मदै साथमा लिएर आएको हुन्छ । किनकि मानिसको जन्मको स्रोत भनेकै अहङ्कारहो । अहङ्कारबाटै उसको जन्म भएको हुन्छ । तथापि एउटा निश्चित हदसम्म मात्र सुहाउँछ । अन्यथा सर्वनाशको बाटो खोज्न अन्त जानु पर्दैन । यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ ।




धेरै पहिलेको कुरा हो । भूमण्डलमा दक्ष प्रजापति नामक राजा थिए । उनी तत्कालीन भूगोलको सम्राट नै मानिन्थे । मानिस जति ठूलो पदमा पुग्यो त्यति नरम हुनुपर्छ । राम्रो देखिन अरूले राम्रो भनिदिनुपर्छ । आफै मपाईं बनेर हिँड्नु हुँदैन । अन्यथा अरूको दृष्टिमा राम्रो होइन थप नराम्रो बन्नुपर्ने अवस्था सिर्जना हुन्छ तर दक्ष प्रजापति यसको ठीक विपरीत थिए । उनी जति घमण्डी थिए त्यति नै क्रोधी र प्रतिशोधी भावनाका पनि थिए । आफूबाहेक उनी कसैलाई पनि गन्दैंन थिए । देवीदेवताले समेत आफैलाई मान्नुपर्छ भन्ने मान्यता राख्थे । महादेवलाई त झन् देख्न सक्दैन थिए । नातामा महादेव उनका ज्वाईं पर्थे । उनका एउटी छोरी महादेवले विवाह गरेका थिए । यस अर्थमा उनी अन्य देवीदेवताले भन्दा पनि महादेवले आफूलाई बढी मान्नुपर्छ भन्ने चाहन्थे तर ठूलाले सानाले मान्ने भन्ने कुरा नीतिको विपरीत थियो ।

सानाले ठूलालाई मान्नुपर्छ । ठूलालो सानालाई माया गर्नुपर्छ । नीति सङ्गत कुरा यही नै हो । अन्यथा नीतिविपरीत हुनपुग्छ, जसले गर्दा जसलाई सम्मान गरिएको हो उसैलाई हानिनोक्सानी गर्छ । नीतिशास्त्रमा पनि यसै भनिएको छ । धर्मशास्त्रमा पनि यसै भनिएको छ । महादेवले दक्षप्रजातिलाई मान्दा दक्षप्रजापतिकै बढी नोक्सान हुन्थ्यो । व्यावहारिक नाता सम्बन्धमा दक्ष प्रजापति ठूला भए पनि वास्तविक रूपमा महादेव नै ठूला थिए । महादेव दक्ष प्रजापति भूमण्डलका मात्र मालिक हुन् भने महादेव चराचर जगतकै मालिकमा पर्छन् । त्यसैले महादेव आफ्नै ससुरा बाबा भए पनि त्यतततिर ध्यान दिदैन थिए ।

समय बित्दै गयो । एकपटक प्रयाग राजमा ठूलो यज्ञको आयोजना भएको थियो । ठूलाठूला ऋषिमुनिहरूदेखि देवीदेवतालाई समेत निम्त्याइएको थियो । यज्ञमा इन्द्रादि देवता लगायत ब्रह्मा, विष्णु, महेश्वरको समेत उपस्थिति थियो । भूमण्डलका शासक भएका नाताले दक्ष प्रजापतिलाई पनि निम्त्याइएको थियो ।

दक्षप्रजापति सजधजका साथ यज्ञमा उपस्थित भए । त्यतिबेलासम्म आमन्त्रित देवीदेवता सबै आइसकेका थिए । दक्ष प्रजापति आउनासाथ सबैले उठेर स्वागत गरे तर महादेव उठेनन् । उनले दक्ष प्रजापतिकैं हितका लागि यसो गरेका थिए तर अहङ्कार र घमण्डले अन्धो भएका कारण दक्ष प्रजापतिले यस सदाशयलाई बुझेनन्, बुझ्न सकेनन् । उल्टै भारी सभामा ज्वाईं महादेवबाट आफ्नो ठूलै अपमान भएको ठाने । यज्ञ चलुन्जेल उनी त्यहीं बसेका भए पनि मनमा भने महादेवबाट अपमान भएको विषयलाई नै खेलाइरहे । राजधानी फर्कनासाथ उनको पहिलो काम नै महादेवको शेखी झार्नेतर्फ केन्द्रित रह्यो । उनले तत्कालै महादेवको मेख मार्र्ने उद्देश्यले अको त्यस्तै यज्ञको  आयोजना गरे । 

यज्ञमा महादेवबाहेक सबै देवीदेवता निम्त्याइएका थिए । महादेवलाई भने बोलाइएको थिएन । उनको मेख मार्नकै लागि यज्ञ आयोजना गरिएको थियो । बोलाउने कुरा पनि थिएन । उनले छोरी सतीदेवीलाई मात्र बोलाउँदा महादेव पनि पछि लागेर आउने हो कि भन्ने डरले छोरीलाई समेत बोलाएका थिएनन् । बाबुको घरमा ठूलो यज्ञको आयोजना भएको र सबै देवीदेवतालाई निमन्त्रणा गरिएको कुरा सतीदेवीले पनि चाल पाइन् । बिर्सेर नबोलाएका हुन् जस्तो लागेकाले महादेवसित यज्ञमण्डपमा जान आग्रह गरिन् तर महादेवले मानेनन् । यथासम्भव उनलाई समेत रोक्ने प्रयास गरे । नबोलाइको स्थानमा जानु हुँदैन । अन्यथा मृत्युसम्मको अवस्था आउन सक्छ भन्दै निकै सम्झाउने प्रयास गरे तर सतीदेवीले मानिनन् । उल्टै पतिको घरमा, बाबुको घरमा र गुरुको घरमा नबोलाए पनि जान हुन्छ, यस्तोमा दोष लाग्दैन भन्दै जबरजस्ती माइती घरतिर लागिन् ।

यज्ञमा सबै देवीेदेवताले भाग पाएका भए पनि महादेवको स्थान खाली रहेको देखेर सतीदेवीलाई साह्रै नरमाइलो लाग्यो । उनले यसलाई पचाउन सकिनन् र यथासम्भव बाबु दक्षप्रजातिलाई सम्झाउने प्रयास गरिन् । शिवजी बिनायज्ञ सम्पन्न हुन सक्दैन भन्दै तत्कालै शिवजीलाई लिन पठाउन आग्रह गरिन् तर दक्षप्रजापतिले मानेनन् । उल्टै नानाभाँतीका कुरा गरी शिवजीको  निन्दा गरे । यसलाई सतीदेवीले सहन सकिनन् र यज्ञकुण्डमा फाल हालेर प्राण त्याग गरिन् । यो कुरा तत्कालै नारद ऋषिमार्फत् महादेवले चाल पाए । उनले दक्षप्रजापतिको यज्ञ ध्वस्त गर्न आफ्ना गणहरूलाई पठाइदिए । क्रुद्ध भएका शिवगणले दक्षप्रजापतिको यज्ञ ध्वस्त मात्र गरेनन्  । दक्ष प्रजापतिको टाउको नै काटेर यज्ञकुण्डमा हवन गरिदिए ।पछि उनकी पत्नीले बिलौना गरेकी देख्न सकेनन् र उनलाई बोकाको टाउको जोडी जियाएर फर्किए । 

दक्षप्रजापतिले यज्ञको आयोजना गरेर काम त राम्रै गरेका थिए तर घमण्ड र  अहङ्कारका कारण कसैको मेख मार्ने वा वदला लिने उद्देश्यले आयोजना गरिएको यज्ञ थियो त्यो, जसले गर्दा उनको यज्ञको आगो उनकै टाउको हवन गरेपछि मात्र निभेको थियो । यज्ञअनुष्ठान गर्नु राम्रो काम हो गर्नुपर्छ तर कसैको अहित गर्ने उद्देश्यले गर्न हुँदैन । अन्यथा लाभको बदला हानि बढी हुने गर्छ । दक्षप्रजापतिलाई यस्तै भएको थियो ।  
अर्को समाचार
बालेनलाई प्रचण्डले भने- धेरै घमण्ड नगर्नुस्, उद्धारमा सरकार असफल भयो
१७ भदौ २०८३
•
१ मिनेट पाठ
बालेनलाई प्रचण्डले भने- धेरै घमण्ड नगर्नुस्, उद्धारमा सरकार असफल भयो
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा सरकार असफल सिद्ध भएको बताउँदै प्रधानमन्त्री बालेन शाहलाई अहङ्कार र घमण्ड नदेखाउन चेतावनी दिएका छन्।




बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारले आफ्नो कमजोरी लुकाउनुभन्दा असफलताबाट पाठ सिक्नुपर्ने बताएका हुन्।

संसद्‌मा बोल्दै दाहालले सरकार उद्धार कार्यमा सफल नभएको जनगुनासो चौतर्फी सुनिएको उल्लेख गरे। उनले भने, ‘हामी कसैले पनि ढाँटेर र लुकाएर हुँदैन, उद्धारमा सरकार असफल भयो। सरकारले घमण्ड गर्न छाडेर यसबाट शिक्षा लिनुपर्छ।’

सुरुङभित्रको उद्धार कार्यमा सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै उनले आलोचना गरे। सुरुका दुई दिनसम्म हामी आफैँ गर्छौं भन्दै विदेशी विज्ञहरूको सहयोग लिन ढिलाइ गरेको र अन्त्यमा लाचार भएर हात उठाएको उनको भनाइ थियो। विपद्को समयमा यस्तो महत्त्वाकांक्षा र अहङ्कार प्रदर्शन हुनु दुःखद भएको उनले बताए।

दाहालले उद्धारमा सेना परिचालन गरिए पनि व्यापक जनपरिचालन हुन नसकेको र तीनै तहका सरकारबीच समन्वयको चरम अभाव देखिएको बताए। उनले सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मन्त्रीहरूलाई लक्षित गर्दै सबै पक्षलाई विश्वासमा लिएर सहकार्यको वातावरण बनाउन आग्रह गरे।

विगतको कमजोरीलाई सच्याउँदै अब राहत, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा गम्भीरता देखाउन उनले सरकारको ध्यानाकर्षण गराए। संयोजक दाहालले राष्ट्रिय एकता र समन्वयको नेतृत्व गरेर आफ्नो औचित्य सिद्ध गर्ने मौका अझै बाँकी रहेकाले सरकारलाई संवेदनशील हुन सुझाव दिए।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस