उपहार
१६ असोज २०७७
•
११ मिनेट पाठ
उपहार

शेखरकुमार श्रेष्ठ

 




‘साँच्चै गाउँमा मतदानबाट नेतृत्व छान्ने मौका हामीले पायौँ तर गाउँलेहरूले राजीबाजीसहित कसलाई नेता छान्ने ? अहिलेसम्म त गाउँमा चल्तापुर्जा, अदम्य आँट भएको कोही भेटिएन । नेतृत्व म लिन्छु, म गाउँको विकास गर्न सक्छु भन्ने पनि कोही देखा परेनन् । गाउँको स्थानीय चिया पसलमा यही गफ चल्दै थियो ।’ चिया गफमा उपस्थित अभय, विमल, प्रतिभा, चिनी, दोमन आदिले गरेको राजनीतिक गफको सार थियो यो । 

समयमा बिहान उदाउँदै गरेको घाम र त्यसले शरीरमा दिएको न्यानो ताप थियो । तल बेसीमा कुहिरो डम्म लागेको थियो । लेक सूर्यको किरणको ज्योत्सनाले छर्लङ्ङ थियो । चिलाउनेको बोटमुनि चिया पसल थियो । चौतारो चिलाउनेको रुखमा बनाइएको थियो । सिमेन्ट प्लास्टर गरेको चिल्लो र चिप्लो थियो । रुखमुनि काठका बस्न मिल्ने बेन्ची थियो । बेन्ची नब्बे डिग्रीको कोणमा थियो । चिया गफ चल्दै थियो । 

चिया एकबाजी सबैले थप्नुपर्ने प्रस्ताव विमलले राख्यो । सबैको अवाक् सहमति जुट्यो । प्रतिभाले गफको मेलो उघार्दै भनी, “जमर्को गरेर एकैचोटि काम गर्न त को नै पो उत्रन्छ र ? हामी यो गाउँमा जोजो छौँ सब सयका समय नेतृत्व लिन सक्ने कोही छैनौँ । मौका पाए र परिस्थिति मिले त्यसमा भाग्य र सौभाग्यले अँगालो कसे नसक्ने भन्ने पनि कोही छैनन् । हेर्ने आँखा छन्, सुन्ने दुई कान छन् । कहाँ के गर्न मिल्छ वा सकिन्छ भनेर ? ठिक ढङ्गले गरे सही वा असही बोलिदिने गाउँका मानिस छन् । आफूलाई चित्त नबुझे वा यहाँ यही काम गर्न उपयुक्त होला भनी मन्जुरी लिन मुखभित्र एक छटाकको चलायमान उच्चारण अवयव छ  अनि संसार हेर्नका लागि चल्ने गोडा छन् र काम गर्न दश आँैला भएका हात पनि छन् । नयाँनयाँ सोच विकास गर्न र चिन्तन गर्न मस्तिष्क पनि सबैले पाएकै छन् ।

भावात्मक भए पनि कुरा ज्ञानात्मक नै प्रतिभाले गरेकी थिई । सबैको विचार तलमाथि पार्न सक्ने दिमाग भने एकछिन रणभुल्लमा प¥यो । सबैले कल्पन थाले । यसै बिचमा विमलले मौनताको पोखरीमा एक छटाकको ढुङ्गा फाल्दै भन्यो, “प्रतिभाले बेस भनी । उसको कुरा पनि बेसै हो तर हाम्रो गाउँ किसान, श्रमिक, मजदूर, विद्यार्थी सबैको गाउँ हो । यीमध्ये कसलाई चाहिँ सदर गरी चयन गर्ने त ? आखिर सदर सबैमा हुँदैन एउटाले त मौका पाउन नै प¥यो । होइन र ?”

विमलको कुराले सागर नभटे्दै दोमनको वाणी फुट्यो, “किसानलाई अभिभारा सुम्पदा खेती किसानीप्रतिको मोह घट्छ । यिनीहरूले त यथार्थमा गाउँ पालेका छन् । मजदूर र श्रमिकलाई मौका  दिँदा गाउँको विकासमा प्रत्यक्ष जनशक्ति लगानी उनीहरूबाटै भएको छ । शिक्षकलाई जिम्मा दिँदा स्वाभिमानी, गरिमामय, ऊर्जा उत्पादन गरेर नेतृत्व विकास गराउने मुहान नै बन्द हुन्छ । यसका लागि त जेजसो भए पनि बेराजगार भई हल्लिराखेका, परिआउँदा श्रममा पनि खट्न सक्ने, रोजगार पनि प्राप्त नगरिसकेका साथै सबैलाई गतिशील बनाउन सक्ने, खटिन समय पनि भएका, विद्वता दोहन गर्न सक्ने, किसानको श्रमको मूल्य बुझेका, मस्तिष्क पनि खोलेर ढोकासम्म पुगेका व्यक्तिलाई नै दिनुपर्ला । कि कसो ?”  

“अँ, यस कुरामा त मेरो पनि हृदयगत सहमत छ ।” उपस्थित सबैले होमा हो जनाए । तर गाउँमा त्यस्तो प्रत्युत्पन्न मति भएका को को छन् त ? चिनीले नाम लिने अभ्यास गरी ।

सबैले मुन्टो निहुराए । उनीहरूको मुन्टो सरम र लाजले होइन सोचका लागि निहुरिएको थियो । अन्तमा सबैको मुखबाट भगवान्रूपी नाम निस्कियो,  “यी सबै गुणले युक्त त अभय नै हो ।” त्यसबखत अभयचाहिँ मौन थियो । सायद आफ्नो नाम आओस् भनेर वा सोच्न नभ्याएर वा भनूँ अरू कोही सक्षम छैनन् भनेर ।

कुरो टुङ्गियो ।  

चिलाउनेको बोटमुनिको पसलमा भएको यो गफ सबैको घर घरमा रेडियो र टिभीले दिने बे्रकिङ न्यूज भई बिहानको खाना खाने समयमा नै पुग्यो । गाउँको तल्लो पसलमा, भन्ज्याङ, देउराली अनि दोबाटोको पसल हुँदै नौ वडामा नै व्यापक प्रचार भयो, साता दिन पनि नबित्दै । सबै प्रगतिवादी, पुँजीवादी,समन्वयवादी, पूर्वनेताका रिसवादी सबैले आखिरमा अभयलाई यसपालिको गाउँको चुनावमा भोट हाल्न नेताको रूपमा लडाउने भए ।  

गाउँमा तीन पुस्ताअघिदेखि टन्न भकारी कसेर बसेका सुखीराम थिए । ऊ गाउँमा पर्दा दुई चारसय चन्दा पनि दिन्थ्यो । मुर्दासन बनाउन, विद्यालय बनाउन, गोरेटो बाटो बनाउन पनि सहयोग गरेकै थियो । उसले पनि गाउँमा भएका निर्णायक कुरा सुन्यो ।  

एकदिन उसले पनि आफ्नो घरमा समाज जम्मा ग¥यो । जसमा गाउँकै प्रतिनिधि थिए । कोही उसको सालो, कोही मामाको सानिआमापट्टिको कान्छो छोरो, फुफूको छोरो, कोही घरमा काम गर्ने खेताला, श्रीमती, आमा आदि थिए । जे होस् चिलाउनेको बोटमुनि बसेका मानिसको दोब्बर उसकहाँ मानिस भेला भए । भेला बाबुको श्राद्घ गर्ने तिथिको दिन उसले जुराएको  थियो ।

... ।  

...?

...!

...।

“ए त्यसो भए गाउँमा त्यस्तो चर्चा चलेछ । त्यो पनि बैठक बसेर । यसको पत्ता मलाई थाहा नभा’को । मेरो नामको अक्षर पनि उच्चारण भएन त्यहाँ । त्यसो भए सबैले ...लाई नेता गाउँकै बनाउने भने ।”, सबैले श्राद्धको गाँस मुखमा हाल्दै गर्दा सुखीरामले बोले ।  

खाना निल्न पनि नभ्याउँदै सबैले बोले, “हो...।” उनीहरूले अभय, विमल, प्रतिभा, चिनी, दोमन आदि मिलेर बसेको बैठकको ‘नोट अफ डिसेन्ट’ लेखे ।

“ठिकै छ । तिमीहरूले धन्दा मान्नु पर्दैन । आखिर हिङ नभए पनि हिङ बाँधेको टालो हुँ  म । तिमीहरूको साथसहयोग मलाई छँदै छ । ती छ जना फुच्चाले चिया पसलमा बसेर नौओटा वडा कज्याउने प्रयास गर्छन् भने यहाँ त हामी चौबिस जवान छौं । त्यसमाथि हामी गाउँ नै हल्लाउनेहरू छौं । हामी समाजमा बिकेकाहरू नै छौं । हाम्रो कुरा गाउँलेहरूले खान्छन् पनि । अब, तिमीहरूले साथ दिन्छौ भने म गाउँको लागि अझ एकचोटि चुनाव लड्छु ।”, मौका पारेर सुखीरामले बोले ।

सुखीरामकै घरमा पितृप्रसाद खान लागेका गाउँलेहरुले भातको सोझो गर्दै भने, “ठिक भन्नुभयो ।”  

मतदानका लागि उम्मेदवारी दर्ताको दिन आयो । दुवै पक्षले उम्मेदवारी दर्ता गराए । कल, बल, छलको प्रयोग मिलेसम्म दुवैले गरे । यति मात्र होइन साम, दाम, दण्ड, भेदका पनि रणनीति यथासक्दो प्रयोग गरे । यसमा नेताद्वयभन्दा पनि उनीहरूका कार्यकर्ता उम्दा ठहरिए । चुनावको परिणाम मतदानकै दिन राति निस्कियो । आखिर सुखीराम दुःखी भए तीन भोटले हारे । जसमध्ये भोट दिन नजाने उसकै कान्छी श्रीमती एउटा छोरो र घरको काम गरेर नभ्याएकाले नोकर थियो । पाँच बजे बुथ बन्द हुने हस्याफस्याङ गर्दै पाँच बजेर दश मिनेटमा पुग्यो । सुरक्षाकर्मीले भित्र पस्न दिएनन् । ती सबैले पनि भोट खसालेका भए पुनः चुनाव हुने रहेछ । हारे पनि सुखीरामको प्यानललाई असर परेन । खसी लड्यो । आँगनमा भोजको नाङ्लो थुपारियो । सबैले मनमस्ती भोज खाए । भोट नदिनेले पनि खाए रे भन्ने सुनियो ।

चुनाव सकिएपछि गाउँ विकासको योजना बनाइयो । सबैले जाने जति राय दिए । तर अब गाउँमै किन सीमित बन्नु भन्ने ठानी साउनको भेलमा माछा खोलाबाट नदी पसेझैँ अभय जिल्ला विकासमा गयो । त्यहाँ पनि उसले आशा नगरेको विजय सजिलै हात पा¥यो । गाउँको मानिसले जिल्ला हाँकेपछि गाउँमा अनगिन्ती विकास समूह गठन भयो । योजनाअनुसार बजेट माग भयो । त्यस समय अभयलाई गाउँभन्दा पनि जिल्लामा पु¥याउने अन्य छिमेकी गाउँका मतदाता थिए । त्यसैले योजना छनौट एकएक गरी छिमेकी गाउँमा हुत्यायो । गाउँमा उसले आश्वासनको पोको दियो तर ती कहिले पूरा भएनन् । एवं रीतले पाँच वर्ष सकियो ।  

हिजो सुखीरामले गाउँ चलाएको थियो । गाउँमा उही लेकबेसी थियो । आज अभयले चलायो । गाउँ उही छ –अनुहार परिवर्तन तर हेर्ने ऐना समान ।

गाउँमा जनसङ्ख्या दिनानुदिन बढ्दै थियो । बेरोजगारहरू बढे । जाँड  र रक्सीको खायल घर घरमा जम्यो । फुर्सदिला युवा जुवा तासमा मग्न भए । गाउँकै विनय र सुजन पनि बेराजगारको चपेटामा परे । पढ्न उम्दा भएनन् । बल्ल पास गरे, त्यो पनि गान्धी डिभिजन तर सोचाइ गान्धी भएन । विनय र सुजनको नै सोचाइरह्यो । फुर्सदिला हुनाले रक्सी खाँदै भट्टी धनी बनाउँदै, साहुनी जिस्काउँदै बस्न थाले । उनीहरू अरू थिएनन् अभयकै काकाबाबुका छोरा र उसका साथीहरू ।

आज साहुनी पाहुना लाग्न अन्त गएका थिए । साहु बा थिए । अरू कुरा भएन । रक्सी बेस्मारी खाए । सुजनले भन्यो, “देख्यौ हाम्रा गाउँका बुज्रुकले छानेका नेता । गाउँको विकासको कुरा त गर्दै गर्दैन । देश बनाउने कुरा गर्छ । हाम्रो बेरोजगार समाधान गर्ने कुरा गर्दैन, अमेरिकामा बेरोजगारी बढे रे । हिजो मेरो लागि मिल्न लागेको काम पनि आफ्नै स्वास्नीको भाइको छोरालाई मिलाइदियो ।”

“हेर, मलाई त रक्सीको मात लाग्यो जस्तो छ ।”– विनयले भन्यो ।

“हिजो जसरी लागेको छ आज पनि त्यसरी नै लागेको छ । मलाई त अब गाउँ, समाज अनि राष्ट्रको केही चिन्ता लाग्दैन । अलिअलि आफ्नो चिन्ता लाग्थ्यो तर रक्सीले सबै भुलाइदियो । यसरी नै सधैँ रक्सी खान पाए यो जीवन सफल हुन्थ्यो ।” विनयले आफ्नो भनाइ राख्यो ।  

“रक्सीको स्वाद गजबको छ यार । नेपालको राजनीति जस्तै छ , प्रजातन्त्र आए पनि उही स्वाद गणतन्त्रमा पनि उही स्वाद ।”, सुजनले भन्यो ।

“ल, भाइ हो अब कति गफ गरिरहन्छौ । रात त छिपिसक्यो त ?”, पसलेले भन्यो ।

“रात छिप्पे पनि, रक्सीको नसा छिप्पे पनि प्रजातन्त्र र लोकतन्त्र छिप्पिन सकेन त । तपार्इँको पसलमा हाम्रो बसाइ छिप्पिएन त ।”, विनयले भन्यो ।

“भयो, जाऊँ अब । ल अब उठौँ ।”, सुजनले भन्यो ।

दुवै जना रक्सीको तालमा लर्बरिँदै उठेर निस्किए । बाटामा पनि एकले अर्कोको हात बेस्सरी समाते । उनीहरू ...

अभयलाई नेता छाने गाउँले सबै मिली

कुर्ची बोकी हिँड्यो ऊ त पाथी झोला भिरी  

ए, हो कि होइन, हो... हो...।  

होइन भन्ने को हो ?

रातको समयको उनीहरूको आवाज पहाडमा ठोकिएर आउँदा सबैले सुने तर कोही बोलेनन् । अभयले भने त्यो बोली सुन्न पाएन । ऊ त अब गाउँबासी होइन । सदरमुकामबासी भइसकेको थियो ।

अभयको चालादेखि गाउँका सब मानिस दिक्क थिए । अझ खासमा त विमल, प्रतिभा, चिनी, दोमन चिन्तित मात्र होइन काकाकुल बनिसकेका थिए । तर मनको वह कसैलाई नकह भन्छन्, उनीहरू तैँ चुप मै चुप थिए ।

गाउँमा धमाधम जग्गा विक्री गर्ने सुर चल्न थाल्यो । गाउँका केही जान्नेबुझ्ने मानिस व्यापारमा लागे । गाउँका पूर्व नेता पनि जग्गाको खरिद गर्दै प्लटिङ गर्ने तयारीमा लागे । बेरोजगार बढ्दै जानु तर टिभी, मोवाइल, इन्टरनेटको सुविधा लिनपर्ने बाध्यता रहनु । दुई बारको जीवनमा बाँचुन्जेल सकेसम्म कारगाडी नभए मोटरसाइकल भए पनि चढ्ने रहर सबैलाई लाग्न थाल्यो । यसले पुख्र्यौली श्रीसम्पत्ति बेचेर मोजमस्ती गर्ने देखासिकी बढ्दै गयो । सदरमुकाममा बसे पनि अभयलाई  जग्गाको कारोवारमा रकम हाल्न पाए हुन्थ्यो भने सोच बढ्यो । गाउँका अन्य मानिसले भन्दा अकुत सम्पत्ति कमाएछ भन्ने ठान्लान् भनी ऊ पूर्व नेतासँग मिल्यो ।

ऊ गाउँमा फर्केर आयो । उसले गाउँमा बाटो बनाउने योजना पनि ल्यायो । गाउँमा बाटो बन्यो सरकारी पैसाले । सबै खुसी रहे । उसले त्यही सरकारी पैसामा जग्गा प्लटिङ गरायो ।

गाउँका पूर्व नेताले अभयबाट गरिएको विकासबारे गाउँलेलाई अवगत गराउँदै सम्मान कार्यक्रम राख्यो । हिजो केही नपाएका गाउँलेले आज एकैचोटि विकास पाउँदा सबैले कार्यक्रम सफल बनाउने कुरामा प्रतिबद्घता जनाए ।

वैशाख १२ गते लोकतन्त्र दिवस । गाउँमा भव्य लोकतन्त्र कार्यक्रम मनाउने भइयो । गाउँ नै खुसीले उज्यालो भयो । बाजा, गाँजा, खाजा सबैको व्यवस्था भयो । यी सबको जिम्मा पूर्व नेताले लिएका थिए । गाउँका महŒवपूर्ण व्यक्ति जसले लोकतन्त्र ल्याउन प्रत्यक्षअप्रत्यक्ष सहयोग गरेका थिए । तिनीहरूको सम्मान गर्ने कार्यक्रम पनि बन्यो । कार्यक्रममा आन्दोलनका घाइते, सहिद परिवार सबैलाई सम्मान गरियो । गाउँको नाम नै लोकतन्त्र र बनेका बाटोको नाम गणतन्त्र मार्ग राखियो ।  

गाउँमा मानिसको बाढी नै उल्टियो । कार्यक्रममा शहर बजारकै उपस्थिति रह्यो । विमल, प्रतिभा, चिनी, दोमनलाई पनि कार्यक्रममा निमन्त्रणा थियो । उनीहरू कुर्चीको अन्तिम पङ्तिमा बसे । उद्घोषकले सम्मान कार्यक्रममा सम्मान लिनलाई विष्णु जो शहीद परिवारका आफन्त थिए, त्यस्तै सुशान्त जो जनआन्दोलनका घाइते थिए र रमिता जो बेपत्ता परिवारका सदस्य थिए तिनलाई पालैपालोसँग मञ्चमा बोलाए । सम्मान प्रदान गर्नका लागि देशका प्रधानमन्त्री नै उपस्थित थिए ।

उद्घोषकले सम्मान लिनका लागि अभयलाई पनि बोलाए । उनलाई बोलाउँदा गाउँका सर्वमान्य, सुखदुःखका नेता, ज्यान बलिदानका लागि अग्रणी नेताका नामले सम्बोधन भएको थियो । अभयलाई बोलाउनेबित्तिकै टेलिभिजनका क्यामेरा, एफएम र रेडियोका सञ्चारकर्मी, शब्द पत्रकार, फोटो पत्रकार पनि ताँती लागे । सबै गाउँवासीले गट्ट ताली पिटे । गाउँलेहरूले पनि अभयलाई फूलमाला लगाइदिए । अबिर लगाइदिए । एकप्रकारको होली नै चल्यो । केही मानिसले त मञ्चमै सगुन पनि खान दिए । सबै उपस्थित व्यक्ति लहरमा बसेर अभयलाई बधाई दिए । अभयको पनि खुसीको सीमा रहेन ।

विमल, प्रतिभा, चिनी र दोमनलाई भने खाऊँ भने दिनभरको सिकार नखाऊँ भने कान्छा बाबाको अनुहार भनेझैँ भयो । ती चारै जना त्यहाँबाट उठेर ट्वाइलेट लागे । अभय भने ती चारै जना आउलान्, बधाई देलान् अनि बिग्रिएको चिसो सम्बन्ध फेरि जोडिएला भन्ने सुरमा थियो । तर उनीहरूले आफ्नो बेवास्ता गरेकाले उसलाई रिस उठ्यो । उसको मुहार परिवर्तित भयो । तर ती चार जना फेरि लाइनमा देख्नेबित्तिकै उसमा खुसीको आभा देखियो । उनीहरूले कागजमा सामान ल्याएका थिए । उनीहरू चारै जना मञ्च छेउमा उभिए । अभय पनि अगाडि स¥यो ।

आदरणीय गाउँवासी,

सपना राम्रो देखेर मात्र नहुँदो रहेछ । सपनामा त खोला तर्न खोजिएको थियो तर हामी सपनाको बिचमै अल्मलियौं किनकि हामी त विपनामा रहेछौं । विपना र सपनाको मेल नहुँदो रहेछ । सपना, सपना देख्नेले महसुस गर्नुपर्ने थियो तर सपना अर्काका लागि देखेर हामी सफलताको पूर्ण चढाइमा पुग्न सकेनौँ । हाम्रा साथी अभय हामीले देखेको सपनाको महान् सारथी हुनुहुन्छ । उहाँ हामी सबैको प्रशंसनीय पनि हुनुहुन्छ । हामी पनि सम्मान गछौं, उहाँको प्रतिभा र चातुर्यको । त्यसैले हामी कृतज्ञ हुँदै भोलिका पिँढीले राम्रो र असल कुराको अनुसरण गरून् भनेर हामीले उहाँलाई उपहार ल्याइदिएका छौँ ।  

चारै जनाले कागजको पोको खोले । क्यामेरामा कट्टु कैद भयो । एफएमले प्रत्यक्ष प्रसारण गर्दै थियो । ताली पनि बज्दै थियो । यसबिच अभय भने मञ्चबाट कुलेलम ठोकी भाग्दै थियो ।  
अर्को समाचार
कुपन नम्बर ०९८०४६५५८१७५ लाई १० लाखको बम्परमा उपहार
१६ कार्तिक २०८३
•
१ मिनेट पाठ
कुपन नम्बर ०९८०४६५५८१७५ लाई १० लाखको बम्परमा उपहार
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ।




आज यहाँ आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो। कुपन नम्बर ०९८०४६५५८१७५ ले रु १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ।

अन्य १५ जना विजेताहरू:

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
यो पनि पढौँ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस