सपना सत्य
२४ असोज २०७७
•
२ मिनेट पाठ
सपना सत्य

रन्जु मार्ग

 




ऊ रातभरि  निदाउन सकेन । मन खिन्न भइरह्यो । बारम्बार कैदीको उदास अनुहार सम्झिरह्यो, भक्कानिएर रोएको दृश्यले उसलाई चिमोटिरह्यो ।

‘भोलिदेखि मैले एउटा पुरानो केस हेर्दैछु’ उसले श्रीमतीलाई कोल्टो फेर्दै भन्यो ।

‘कस्तो केस ?’ श्रीमती उत्सुक भई ।

‘मुद्दा चलेर फैसला भइसकेको केस हो, आज झ्यालखानामा गएको थिएँ’

‘अनि त्यसको कुनै नातेदारहरू पनि छन् कि ?’

‘छैनन् ।’ 

‘अनि बिनापैसा मुद्दा लड्ने त ?’

‘के कुरा गरेकी तिमीले ?’

‘त्यतिका वर्ष पढेर बल्ल त कमाउने बेला आएको छ, यस्ता पैसाबिनाका झिनामसिना केस लडेर के फाइदा हुन्छ र ?’

‘मेरो यो कालोकोट पैसाका लागि मात्र होइन नि ।’

‘मान्छेहरू भन्छन्, तँ कति भाग्यमानी ! पैसाको अभाव कहिलै हुने छैन’, तर तपाईंचाहिं ...!’ श्रीमती गुनासो पोख्छे ।

‘मेरो यो कालोकोट उनैको सपना हो ।’ ऊ भावुक भयो ।  

‘को उनैको ?’ ऊ शंकालु भई ।

‘म जसलाई सपनाविपनामा सधैं खोजिरहन्थें   ।’

‘कसलाई ?’ श्रीमतीको अनुहारको रङ्ग बदलियो ।

‘त्यो भयानक रात ! उनी र मेरो बिछोड !’ उसले सुस्केरा छोड्दै भन्यो ।

फेरि थप्यो– हरेक बिहान उनी मेरो कोठामा आउँथिन्, आफ्ना नरम हातले मेरो कपाल सुम्सुम्याउँथिन् अनि मायाले भरिएको छातीमा टाँस्दै भन्थिन् , ‘तिमीले कालोकोट लगाएर सबैलाई न्याय दिएको हेर्ने इच्छा छ ।’

उसले भावनामा बग्दै भनिरह्यो, ‘म देख्थें उनको आँखामा सपना सलबललाइरहेको, त्यो रङ्गीचङ्गी इन्द्रेनीजस्तो  र भन्थिन् “जीवन बाँच्न यिनै रङ्गहरूसँग खेल्न जान्नुपर्छ ।’

श्रीमती रिसाउँदै अर्को कोठातिर लाग्छे । ऊ पनि उसको पछिपछि लाग्यो ।

‘म कति अभागी ! यतिका वर्षपछि उनलाई भेटें तर त्यस्तो हालतमा । जेलमा !’

श्रीमती पुलुक्क उसको अनुहारतिर हेर्छे ।

श्रीमानको  आँखा रसिला भइसकेका थिए ।

उसले दुवै हातले आँखा पुछ्दै भन्यो – शंका नगर, उनी मेरी आमा हुन् जसले मलाई एउटा हिंस्रक पुरुषबाट बचाउन त्यसको इहलीला समाप्त पारिदिइन् र जेलमा परेकी रहिछन् ।
अर्को समाचार
गुल्जार बन्दै रोल्पा
२२ पौष २०८२
•
६ मिनेट पाठ
गुल्जार बन्दै रोल्पा
रोल्पाको सदरमुकाम लिवाङ बजार । तस्बिर : नागरिक
२०५२ फागुन १ गते तत्कालीन विद्रोही समूह नेकपा (माओवादी) ले होलेरी प्रहरी चौकी आक्रमण गरी युद्ध सुरु गरेपछि अशान्त बनेको रोल्पाले धेरै प्रताडना भोग्यो।




सरकारी निकायलाई थेप्चा नाक, विपन्नजस्ता देखिने मंगोलीयन अनुहार देख्यो कि माओवादी कित्तामा जबरजस्त उभ्याइन्थ्यो। लामा नाक, जनै लगाएका अलि हुनेखानेजस्ता भए माओवादीबाट सामन्तवादीको बिल्ला भिराइन्थ्यो। यसरी १० वर्ष चलेको द्वन्द्वले रोल्पा र रोल्पालीलाई दिनुसम्मको दुःख दियो। 

शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै सकिएको युद्धपछिको विगत सम्झेर फेरि अर्को द्वन्द्वको खतरा देखिरहेको विश्व समुदायसमेत त्यतिबेला चकित पर्‍यो जतिबेला दुवै पक्षबाट पीडित एकै थलोमा बसेर सामाजिक क्रियाकलापमा सरिक भए। शान्ति प्रक्रियामा आएपछि विगतको तिक्तता सम्झेर एउटा पनि बेमेल रोल्पाले झेलेको छैन। ‘मुख्य कुरा हाम्रा सामाजिक सद्भाव नै फरक छन्। विगतका घाउ कोट्याएर रोल्पामा फिटिक्कै मनमुटाउ भएन। समाज मिलेर बसेको अवस्था थियो र छ’, माओवादी लडाकुका पूर्व बटालियन कमान्डरसमेत रहेका माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले सुनाए।

व्यवस्था फेरिए पनि जनताको अवस्था सोचेअनुसार फेरिन नसकेको तीतो सत्य छ तर पनि स्थानीय जनता मनमा आशा र सपना बोकेर परिवर्तन पर्खिरहेका छन्। रोजगारी नहुँदा परिवार छाडेर मजदुरीमा जानुपर्ने, गतिलो शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज नहुँदा सकसमा परेका घरघरका कथा बेग्लै छन् तर पनि जनतासँग गुनासा थोरै र अपेक्षा धेरै छन्। चप्पलमै राजधानी छिरेकाको हैसियत एकाएक उकालिएको देखेका स्थानीय आफ्नै भाग्यलाई दोष दिन्छन्। एक स्थानीय भन्छन्, ‘उनीहरूजस्तो गर्न सबैले सक्दैनन्। अरू जस्ता भए पनि हाम्रा लागि केही गरिदिए हुन्थ्यो जस्तो लाग्छ।’

यति बेला रोल्पाका ७२ वटै वडा सडक सञ्जालमा जोडिएका छन्। हिउँदबाहेकका सिजनमा अलि दुःख भए पनि समग्रतामा सडकहरूले स्थानीयको जीवनलाई सहजता प्रदान गरेका छन्। जिल्ला जोड्ने मुख्य सडक भालुवाङ हुँदै लिवाङ कालोपत्र हुँदै छ भने रोल्पाको एक मात्र गौरवको योजना सहिद मार्गले पनि जिल्लावासीको यात्रालाई गन्तव्यसम्म पुर्‍याउन योगदान दिएको छ। सामग्री भरेर गाउँ छिरेका मालवाहक गाडी रित्तै फर्किए पनि आउजाउमा भने अकल्पनीय सहजता आएको छ। 

शिक्षा र मानवीय विकासमा कमजोर रोल्पा जनस्वास्थ्य सुधारका हिसाबले भने अग्रस्थानमा छ। जिल्ला अस्पतालमा आवश्यकताअनुसारका चिकित्सक र सुविधा सम्पन्न उपचार नभए पनि वडाहरूमा रहेका बर्थिङ सेन्टर, गाउँका स्वास्थ्य चौकीमा स्तरअनुसारको सेवा गतिलै छ। विगतदेखि हालसम्म शिक्षा सुधारमा भने कोही कसैले चासो दिएको पाइँदैन। ‘रोल्पामा स्वास्थ्य सेवा र भौतिक विकासले फट्को मारे पनि शिक्षामा अपेक्षित सुधार हुन सकेको छैन’, रोल्पा नगरपालिकाका पूर्वमेयर पूर्ण केसी बताउँछन्।

केही समयअघि सदरमुकाममा सीमित रौनक र रमझम संघीयतासँगै गाउँतिर प्रवेश गरेको छ। गाउँघरमा सिंहविनाका सिंहदरबार ठडिएका छन्। सरकारी सेवाका साथमा वरपर पसल, होटलहरू खुलेसँगै पालिका केन्द्रहरूमा स्थानीयको आउजाउ र चहलपहल बेग्लै छ भने वडा वडामा पनि रौनक थपिएको छ। सरकारी गाडी र बाइक दुरुपयोगका दुःख लाग्दा कथा पनि बेलाबेलामा आउने गर्छ, तर समग्रतामा सन्तोषजनक छ। ‘गाउँमा भन्दा पनि पालिका मुकाम उज्यालिएका छन्। पहिला सदरमुकाममा मात्र रहेको चहलपहल अहिले गाउँ छिरेको छ’, उद्योग वाणिज्य संघ रोल्पाका पूर्व अध्यक्ष विश्वकुमार चन्द बताउँछन्।

अघिल्लो दशकसम्म फोन, इन्टरनेट र टेलिभिजन एकादेशको कथा लाग्ने यहाँ यति बेला हात हातमा मोबाइल, इन्टरनेट र घरघरमा जोडिएका डिस एन्टिनाले स्थानीयलाई संसारसँग जोडेको छ। अलि पहिलेसम्म देशमै सूचना र समाचारका माध्यम सहरमा हुनेखानेका घरमा मात्र पुग्थे तर अहिले दुर्गममा पनि पर्याप्त छ। सूचनाबाट कोही छुटेका छैनन्। विवशताले विदेसिएकाका परिवारले कम्तीमा अनुहार हेरेर गफिने मौका पाएका छन्। पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष खेम बुढा भन्छन्, ‘परदेशमा रहेका आफन्तसँग आत्मीयता साटासाट गर्न पाएका छन् भने सानो मात्रामा अनलाइन बिजनेस सुरु भएको छ।’

उति बेला जिल्लामा क्रियाशील पत्रकारहरूलाई समाचार सम्प्रेषण गर्न सरकारी अड्डाका फोन–फ्याक्सको भर पर्नुको विकल्प थिएन। सरकारी कर्मचारीको दम्भका बिचमा महँगो शुल्कसहितको फ्याक्स र फोन सेवा साह्रै कठिन थियो। सदरमुकामबाट टेलिफोन गर्न पैदल १२ किलोमिटर पर सातदोबाटो जानुपर्ने बाध्यता हटेको धेरै भएको छैन। ‘करिब आठ वर्षजति फ्याक्स गरेर समाचार पठाइयो। पटक पटक कर्मचारीले ठुलो स्वरले हेपाहा व्यवहार गर्थे’, कान्तिपुर दैनिकका पत्रकार तथा पत्रकार महासंघका संस्थापक सभापति काशिराम डाँगी सुनाउँछन्।

डाँगी भन्छन्, ‘जिल्लाभरिमा जिविस, प्रजिअ कार्यालय, खानेपानी, नेपाल बैंक लिमिटेडलगायतका आधा दर्जन स्थानमा मात्र फ्याक्स सुविधा थियो। प्रजिअको अफिसबाट समाचार पठाउँदा समाचार हेर्न खोज्ने र चासो दिने गर्थे। एउटा फ्याक्स गरेको १५ रुपैयाँ लाग्थ्यो। थुप्रो पैसा खर्च हुन्थ्यो।’ डाँगीले थपे, ‘कहिलेकाहीं रोल्पाबाट फ्याक्स गर्ने मौका मिलेन वा संवेदनशील समाचार भएका बेलामा दाङसम्म पुगेर फ्याक्स गरिन्थ्यो। शनिबार समाचार पठाउन असम्भवजस्तै हुन्थ्यो। एकपटक माओवादी–सेना भिडन्तको समाचार पठाउन ढिलाइ भएका कारण जिविस सभापतिको घरमै बसेको अनुभव पनि छ। फिचर तथा लामा न्युज भए भने पठाउन साह्रै समय लाग्थ्यो।’ 

सञ्चारमाध्यमको सहज पहुँच नहुने त्यो समयमा बाइलाइन समाचार आउँदा हाइहाइ हुन्थ्यो। उति बेला दुर्गमका पत्रकारका कथा व्यथा फरक ढंगले रुमलिएको थियो। सशस्त्र द्वन्द्वका कारण पत्रकारिता जोखिममा परेको थियो। छापाका माध्यम र रेडियोका पत्रकारलाई हातले कापीका पानामा लेखेका समाचार दुःखसुख फ्याक्ससम्म गरे काम चल्थ्यो तर टेलिभिजनका पत्रकारको दशा फरक थियो। 

रिलवाला क्यामरामा १०/१५ वटा स्टोरी वा समाचार लोड गरेर त्यसलाई पछाडि सारेर सुन्दै कापीका पानामा स्क्रिप्ट लेख्नुको मजा बेग्लै थियो। कापीका पानामा यति मिनेट यति सेकेन्डमा दृश्य अनि बाइट फलानोको भनेर कागजमा हस्तलिखित समाचार प्लास्टिकमा रिलसहित र्‍याप गरेर रात्री बसमा राजधानी पठाउनुको कुनै विकल्प थिएन। ‘कहिलेकाहीं समाचार बज्दा वासी भइसकेका हुन्थे। कति समाचार त प्रसारण गर्ने अवधि सकिएकाले त्यसै हराउँथे।’ एक टेलिभिजन पत्रकार भन्छन्, ‘अहिले त्यो दिन सम्झँदा एकादेशको कथाजस्तो लाग्छ।’

यी सबैका बिचमा २०६३/६३ पछि संघीयतासँगै भित्रिएका स्मार्ट फोन, इन्टरनेट र टेलिभिजनले रोल्पालाई संसारसँग जोडेको छ। मनाङ मुस्ताङ सडक खन्न जाने मजदुरदेखि भारत र तेस्रो मुलुकमा पुगेका आम नागरिकलाई परिवारसँग जोडेको छ। एक मात्र गौरवको योजना सहिद मार्ग बिरामी परेर थलिँदा पनि चुपचाप सहेका रोल्पालीका आँखामा आज पनि आशा छ– ढिलो चाँडो होला, तर केही न केही त हुन्छ। मध्य पहाडी लोक मार्गलाई रोल्पा छुवाउन नसक्नुको बहानाबाजी गरेर असक्षमता लुकाउन खोज्नुभन्दा मदनभण्डारी मार्गलाई छिटो सकाउन पहल गरेमा धेरै बिराला भए मुसा मार्दैनन् भन्ने आरोपको खण्डन स्वतः हुनेछ। 

इतिहासदेखि वर्तमानसम्म सत्ताको मूल दैलोभित्र प्रतिनिधित्व गरेका कुनै न कुनै रोल्पाली नेतृत्वको गरिमा इतिहासले मूल्यांकन गर्नेछ। अनेक समस्या र अवरोधका बिचमा समय समयमा आउने आरोप मेटाउन आगामी दिनमा गतिलो भूमिका निर्वाह गर्दै रोल्पा र रोल्पालीका हितमा सबैका पाइला चल्न सकुन्।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस