छोराको भविष्य
२२ कार्तिक २०७७
•
२ मिनेट पाठ
छोराको भविष्य

अरुणबहादुर खत्री नदी

 




मदनकृष्णको छोरा  निर्मल र नरेश दुई र तिन कक्षामा पढ्ने अनुशासित बालक थिए । उनीहरू विद्यालयबाट घर पुग्नेबित्तिकै लुगा फेरेर खाजा खान्थे । अनि हतारहतार गरेर विद्यालयमा दिएको गृहकार्य गरेर सक्दथे । उनीहरूको घरमा दुहुनो गाई र भैंसी पनि पालेको थियो । गाई र भैैंसीलाई उनीहरूको आमाले जंगलबाट घाँस ल्याएर खान दिनुहुन्थ्यो । बिहानको खाना खाएर उनीहरू विद्यालयमा पढ्न गएपछि आमाले गाई र भैंसीलाई जंगलमा चराउन लैजाने गर्नुहुन्थ्यो । उनीहरूको बुबा मदनकृष्णलाई भने घरको र आफ्ना छोराहरूको पटक्कै पिर लाग्दैनथ्यो । दिउँसै जाँडरक्सी खाने भट्टीभित्र पुगेर जाँडरक्सी खाने गर्दथ्यो । जाँडरक्सी खाएको पैसा भने बाँकी राख्ने गर्दथे ।

एकदिन निर्मल र नरेश आमासँगै जंगलमा गाई र भैँसी लिएर चराउन पुगे । जंगलमा पुगेपछि जंगलमा फलेका बयर कटुस निर्मल र नरेशले टिप्दै खाए । बयर र कटुस टिपेर खाएपछि ‘आमा, अबदेखि हामी पनि विद्यालयमा छुट्टी भएको दिनमा हजुरसँगै जंगलमा जान्छौ है । जंगलमा हजुरसंग जान पाएमा बयर र कटुस खान पाइँदो रहेछ’ खुशी हुँदै भने । ‘तिमीहरूलाई बयर र कटुस खान मन लाग्छ भने मैले नै टिपेर घरमा ल्याइदिन्छु नि । तिमीहरूको पढाइ बिग्रिन्छ नि’ आमाले भनिन् । 

‘हो आमा हामीले त धेरै पढ्नुपर्छ । हामी हजुरसँग जंगलमा गाई र भैसी चराउन गयौ भने हाम्रो पढाइ बिग्रिन्छ नि’ उनीहरूले भने । बेलाबेलामा उनीहरूलाई आमाले नै जंगलबाट जंगलमा फलेका खानेकुराहरू टिपेर ल्याइदिनुहुन्थ्यो ।

निर्मल र नरेशले राम्ररी पढ्दै गएर  निर्मल  नेपाली सेनामा र नरेश प्रहरीमा भर्ना भए । निर्मल र नरेशले जागिर खान थालेपछि उनीहरूको बुबा मदनकृष्णले भट्टीमा जाँड र रक्सी खाएको देखेर प्रहरीमा जागिर खाएको नरेशले आफ्नो बाबुलाई ‘बुबा तपाईले यो के गर्नुभएको ? जाँडरक्सी खाँदा तपाईलाई अरूहरूले राम्रो मान्छे भन्छन् र ! तपाईले जाँडरक्सी खाँदा हामीलाई पनि राम्रो मान्दैनन् अरूहरूले । अबदेखि जाँडरक्सी खानुभयो भने म तपाईलाई प्रहरी थानामा लगेर राख्छु’ भन्यो ।

‘तैंले मलाई प्रहरी थानामा लैजान सक्छस् भने लैजा के म तँसँग डराउछु र’ बुबा मदनकृष्णले भने । ‘म आजै हजुरलाई प्रहरी थानामा लैजान्छु । जाँडरक्सी खानुभएको देखे भने’ भन्यो । उसको बुबाले अबदेखि म कहिल्यै जाँडरक्सी खान्न भनेर मनमनै भन्यो र त्यस दिनदेखि जाँडरक्सी खान छाड्यो । मदनकृष्णको छोरा प्रहरीमा जागिर खाएपछि बल्ल मदनकृष्णले जाँडरक्सी खान बन्द गरयो ।  
अर्को समाचार
रेशमविरुद्ध मुद्दा हाल्ने तयारीमा रञ्जिता : भनिन्– छोराको भविष्य र आत्मसम्मानका लागि कानुनी बाटो रोजेँ
३१ भदौ २०८३
•
२ मिनेट पाठ
रेशमविरुद्ध मुद्दा हाल्ने तयारीमा रञ्जिता : भनिन्– छोराको भविष्य र आत्मसम्मानका लागि कानुनी बाटो रोजेँ
नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्नो छोराको भविष्य र आफ्नो आत्मसम्मानका लागि कानुनी बाटो रोज्ने जनाएकी छिन्।




पति रेशम चौधरीविरुद्ध डिभोर्सको तयारीलाई औँल्याउँदै उनले आफ्नो छोराको भविष्य, अधिकार र आत्मसम्मानका लागि लामो समयको मौनता तोड्दै कानुनी बाटो रोजेको बताएकी हुन्।

सामाजिक सञ्जालमा सम्बन्धको मर्यादा, परिवारको सम्मान र संस्कारका कारण आफूले वर्षौँसम्म पीडा लुकाएर बसेको उल्लेख गरेकी छन्।

उनले आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा अभाव महसुस गर्नुपरेको भन्दै त्यसले आफूलाई गहिरो पीडा दिएको बताइन्।

‘मैले उसलाई कहिल्यै उसको बुबाविरुद्ध विष भरिनँ। उसको बालमनमा घृणा रोपिनँ,’ उनले लेखेकी छन्, ‘बच्चाले आमाबुबाबीचको विवादको भार बोक्नु हुँदैन। तर बुबा हुनु केवल सम्बन्धको नाम होइन—यो सन्तानप्रतिको जिम्मेवारी पनि हो।’

उनले लामो समयसम्म मौन बसेपछि आफूले कानुनी बाटो रोजेको बताइन्। उनले भनिन्,‘कसैलाई अपमान गर्ने अभियान होइन। आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्ने मेरो अधिकार हो। अब कसैले यसलाई भावनाको विषय ठान्न सक्छ, कसैले व्यक्तिगत विवाद भन्न सक्छ। तर केही विषयहरू सामाजिक सञ्जालको बहसले होइन, कानुन र प्रमाणले टुंगिनुपर्छ।’

उनले आफूले कसैलाई दोषी घोषणा नगरेको स्पष्ट पार्दै त्यसको निर्णय गर्ने अधिकार कानुनको भएको उल्लेख गरिन्। ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिँदिनँ। म कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ,’ उनले लेखेकी छन्, ‘तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’

रेशम चौधरीले रञ्जितालाई छोडेर आशा चौधरीसँग दोस्रो विवाह गरेका थिए। लामो समयदेखि  रेशम र रञ्जिता अलग बसिरहेका छन्। रेशमको रञ्जितातर्फ एक छोरा छन् भने आशातर्फ एक छोरी छिन्।

रञ्जिताले रेशमविरुद्ध बहुविवाहको मुद्दा हाल्ने तयारी गरेको बुझिएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस