अर्को संसारको कल्पना
२३ कार्तिक २०७७
•
२ मिनेट पाठ
अर्को संसारको कल्पना

गीता अधिकारी

 




संयोग अधिकारी र सहना राई आठ कक्षामा अध्ययनरत छन् । उनीहरू दुवै पढनमा तीक्ष्ण छन् । अर्थात उनीहरू सधै अब्बल हुने गर्दछन् । स्कुलमा हुने परीक्षाहरूमा । संयोगका आमा अरूको घरमा काम गरेर भए पनि  छोरालाई काठमाडौंको राम्रै स्कुलमा पढाइरहेकी छन् । उनको बुबा देशमा भएको सशस्त्र द्वन्द्वमा बेपत्ता हुनुभएको थियो जो अझैसम्म घर आउनुभएको छैन । बाबाको कि शास देउ कि लाश देऊ भनेर धेरै समय संयोगकी आमाले आन्दोलनमा भाग लिनुभयो तर परिणाम भने केही आएन । सहनाको बुबा भने आर्मीको राम्रो पोष्टमा हुनुहुन्छ । सहनाले संयोगलाई आफ्नो घर पनि धेरै पटक लगेकी छन् । उनीहरू अन्य साथीहरूसँग पनि त्यतिकै मिलनसार रहेका छन् । संयोग वक्तृत्व कलामा निपुण छन् । उनी जहिले प्रथम हुने गर्दछन् । सहना पनि अतिरिक्त कृयाकलापमा त्यतिकै रुचि राख्ने गर्छिन । उनीहरू दुवैजना प्रथम त कहिले द्वितीय हुने गर्दछन् । स्कुलमा उनीहरूको बानी– व्यवहारले सबैलाई मोहित बनाएको छ । उनीहरू जेहनदार तथा अनुशासित विद्यार्थी थिए ।

एक दिन संयोग र सहनाले अर्को ग्रहका बारेमा साथीहरूलाई जानकारी गराए । उनीहरू भन्दै थिए – हामी पृथ्वीमा बस्छौ, यहाँ सात अर्बभन्दा बढी मानिस बसोबास गर्दछन् । हामी बसेको पृथ्वीबााहेक अर्को संसारमा पनि जीवको अस्तित्व रहेको अनेकौ अड्कल बाजीहरू हुने गर्दछन् । बेलाबेलामा अर्को संसारमा रहेका जीवजस्तै एलियन देखा परेको अपुष्ट समाचारहरू सञ्चार माध्यममा आउने गर्छन् । हामी सबैले पनि यस्ता समाचार सुन्ने, हेर्ने र पढ्ने गरेका छौ । यसका आधारमा हामी प्राणी भएको अर्को संसार पनि भएको कल्पना गर्छौ । साथीहरू कस्तो होला है त्यो अर्को संसार ? आफ्नो कक्षा कोठाका साथीहरूलाई संयोग र सहनाले भन्दै गए– हाम्रो सौर्य मण्डल बाहिर जीवनको चिन्हको खोजीमा लागेका वैज्ञानिकले आधुनिक प्रविधिको सहयोग लिइरहेका छन् । तर, सफलता भने हासिल भएको छैन । एलियन वा परग्रही जीवको अस्तित्वको कुरा सधैं चलिरहन्छ । तर, हालसम्म यस्तो कुनै पर्याप्त प्रमाण फेला परेको छैन, जसको आधारमा यसलाई सत्य मान्न सकियोस् । 

संयोग र सहनाले आफ्ना कुरा राख्दै गर्दा विज्ञानको सर कक्षा कोठामा प्रवेश गर्नुभयो र के भइरहेको छ भनेर सोध्नुभयो । सबैले संयोग र सहानाले भनेका कुरा बताए । उनीहरूको कुरामा सरले पनि सहमति जनाउँदै समय समयमा यस्ता कुरा आउने गरेको भए पनि एलियन वा परग्रही जीवको अस्तित्वको कुरामा वैज्ञानिकहरू तथ्य फेला पार्न नसकेको बताउनुभयो ।

सौर्यमण्डल बाहिर जीवनको चिन्हको खोजीमा लागेका वैज्ञानिकले यो रहस्य कहिलेसम्म पत्ता लगाउन सबैको कौतुहलको विषय रहेको सरले बताउनुभयो । संयोग र सहनाले विभिन्न खोज अनुसन्धानबाट यो कुरा छिट्टै पत्ता लाग्ने बताए । अन्य साथीहरू पनि उनीहरूको नयाँनयाँ कुराले आफूहरूले धेरै  कुरा थाह भएको बताए । सरले पनि संयोग र सहनालाई अझ नयाँनयाँ कुराका लागि हौसला प्रदान गर्नुभयो ।

यदि साच्चै छ भने कस्तो छ होला है त्यो अर्को संसार । तिनीहरू र हामीबीच के कस्ता भिन्नता छन् होला ? सबैबीच यही कौतुहलताका विषयमा छलफल भयो ।  
अर्को समाचार
महान् मेरी आमा
१८ वैशाख २०७९
•
३ मिनेट पाठ
महान् मेरी आमा
तिम्रो सहनशीलता प्रकृतिको नियमभन्दा महान् छ। तिमी मेरो तागत हो। मेरो जीवनमा जति पनि महिलाहरूलाई देखें ती सबैमध्ये राम्री तिमी हौ। तिमीले मेरा लागि तिम्रा धेरै इच्छा त्यागेको देखेकी छु। सबैको माया पाउन आफू योग्य हुनुपर्छ तर तिम्रो माया योग्य नहुँदा पनि पाइरहेकी छु। मतलब जुन परिस्थितिमा पनि निस्वार्थ माया मात्र तिमीबाट पाएको छु। तिमी किन यस्ती छौं? तिमी त अनपढ थियौ तर पनि कसरी मेरो मन सजिलै पढ्न सक्छ्यौ भन्दै नभनी मेरो सबै कुरा बुझ्न सक्छ्यौ।




यति धेरै संस्कार सिकायौ। मेरो पहिलो  गुरु पनि तिमी हौ। यो संसारमा तिमी मात्र एक महान् नारी हौ। जतिसुकै ठूलो गल्तीमा मलाई माफ गरिदिन्छ्यौ। तिम्रो मन पीडाले भतभती पोलिरहेको बेला पनि मेरो अगाडि कति सजिलै ओठमा मुस्कान छर्न सक्छ्यौ। मेरा लागि सबैभन्दा आनन्दित ठाउँ तिम्रो काख हो र तिमी साँच्चिकै महान् छयौ मेरी आमा।

आज मातातीर्थ औसीको दिन संसारका सबै आमाप्रति नमन। शब्द नै काफी छ आमा तिमी कति प्यारी छौ। यति धेरै मायाममता निस्वार्थ कोही ग्रहण गर्छ त खालि आमाबाट। तिम्रो सोच कति महान् छ। यथार्थ भन्नुपर्दा आफ्नो शरीरको परवाह नै नगरी झन्डै आधा दर्जन सन्तानलाई संसार देखायौ। नौ महिना  पेटमा मलाई बोकेर दाउराघाँस, मेलापात, अन्नबाली सबै आफै गर्‍यौं। कुटुकुटु पेट दुख्दै गर्दा पनि पटुकीको सहायता लिएर गाईवस्तुको गोबर सोहोर्न तयार भयौं।

तिम्रो त्यो समय  न त आइरन चक्की थियो न त कुनै सुई नै लगायौ। कुनै बिनाचेकजाँच आफ्नो गर्भावस्था कटायौ। संसारको सबैभन्दा  पीडादायक पल प्रसवमा पनि तिमी एक्लै थियौ। न त तिमीसँग कुनै डाक्टर नर्स थियो न त कुनै सुविधायुक्त अस्पताल नै। आमा म त तिम्रो  पीडा त्यो पल सोच्न  र कल्पना गर्न पनि सक्दिनँ। कस्तो विडम्बना रातभरि प्रसवव्यथाले च्यापिएकी मेरी आमा एकाबिहानै उठेर छटपटिरहनुभएको बेला घरमा कहिले नदेखेका मान्छेहरू बुवासँग कुनै  काम गर्दै  गर्दा एक्कासि थाहा पाइहाल्छन् कि भनी प्रसवव्यथा लुकाउने क्रममा गोठमा पुगेर मलखादमै मलाई जन्माइछयौ। यो सब कसरी सम्भव भयो। म अनुमान पनि  लगाउन सक्दिनँ। तिमीले भन्दै गर्दा अचम्म पर्छु, आमा तिमी महान् छ्यौ।

जस्तोसुकै समस्या सजिलै हल गर्न सक्ने क्षमतावान् आमा। यति मात्र  कहाँ हो र  च्याहाँच्याहाँ गर्ने बच्चा अँध्यारो चिसो  कुनामा मट्टितेलको टुकी बत्तीको सहायताले मात्र कसरी सम्हायौ? थुरथुर काँप्ने जाडो महिनाको बेला एकसरो त्यो पनि आधा भिजेको लुगा लगाएरै भए पनि सबै सम्हाल्यौ। अलि सुकिलो थाङना छुनु हुँदैन भनी दिएको त्यो डुङडुङ बास्नाले भरिएको थाङ्ना फर्काईफर्काई पिसाबले भिजेको भाग आफूतिर सार्दै मलाई न्यानोमा सुतायौ न त तिमीसँग कुनै डाइपर नै थियो न त कुनै नयाँ लुगा तर पनि भोटोकै भरमा सुत्केरी उम्कायौ।

वर्ष बिराएर जन्मिएका भराङभुरुङ हामी सबै कति तिमीलाई दुःख दिन्थ्यौ तैपनि कहिल्यै झर्को मानिनौं। सुत्केरी ज्यानको मतलब नगरी सबैलाई एकनासको स्याहार दियौ तर कुनै फलको आश गरिनौ। मलाई हुर्काउँदै गर्दा कति रात अनिदो भयौ। वास्तै नगरी चिसो विस्तरामा आफू सुतेर मलाई न्यानो पारी माया र स्नेहमा हुर्कायौ। आफ्नो पेटमा भोक लाग्दा पनि पस्केको खाना छोडी मलाई दूध चुसायौ। दिनभरिको कामको थकान नभनी घण्टौसम्म काखमा लिएर आनन्दित महसुस गर्थ्यो। हरेक अप्ठ्याराबाट बचाउँदै टाढाको विद्यालय सम्पूर्ण घरधन्दा सबै सम्हालेर आफ्नो सन्तानका लागि कति इच्छा गुमायौ त कति ठूलो त्याग गयो हो आमा तिमी धेरै महान् छौ।

आमा जुन शब्दले बयान गर्दा पनि कमी नै हुन्छ तिम्रो मप्रतिको योगदान अनगिन्ती छ। अझै धेरै वर्षौवर्ष बिताउन पाऊँ,तिम्रो लागि केही गर्न बाँकी नै छ। आमा मेरो भागको सबै खुसी लागोस् माता तीर्थऔंसीको शुभकामना, ‘आज जे जति छु म मेरी आमाप्रति ऋणी छु।’
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस