कृष्णको प्रेम
०६ मंसिर २०७७
•
३ मिनेट पाठ
कृष्णको प्रेम

स्नेह पोखरेल

 




कृष्ण बृन्दावनमा हुँदा आफ्ना साथीहरूसँग सधैँ गाई चराउन जान्थे । धनी, गरीब, राम्रा, नराम्रा सबै कृष्ण भगवानका लागि बराबर थिए । कहिले कसैको भेदभाव नगरी कृष्णले सबैको ख्याल राख्नुहुन्थ्यो ।

एकदिन साथीहरूसँग कृष्ण भगवान् वनभोज खान भनेर जंगल जानुभयो । वनभोजमा सबैले मिठामिठा खानेकुराहरू लगेका थिए । सबैजना भगवान् कृष्णलाई आफूले लगेका खानेकुरा ख्वाउन पाउँदा खुसी मान्थे । त्यसैले भगवानलाई एकपछि अर्को गर्दै मीठामीठा खानेकुराहरू ख्वाउन व्यस्त थिए । भगवान् कृष्ण पनि सबैले ल्याएका खानेकुराहरु मीठो मानीमानी खाँदै हुनुहुन्थ्यो ।

मधुमंगल नामको गरीब ब्रहमाण्ड पनि कृष्णजीको साथी थियो । हरेक दिन घरघरमा गई भिक्षा मागेर उसको जीवन चल्दथ्यो । त्यसैले उसले कृष्णका लागि खुवाउन केही खानेकुरा लान सकेको थिएन । ऊ अलग्गै बसेर कृष्णलाई अरूलाई खुवाएको हेरेर मसँग पनि केही खानेकुरा हुँदो हो त मेरा कृष्णलाई यसरी नै खुवाउने थिएँ । मनमनै सोच्दै मधुमंगल तड्पिरहेको थियो ।

भगवान् कृष्ण त सबैको मनको कुरा बुझिहाल्नुहुन्थ्यो । आफ्नो मित्र मधुमंगलको मनको कुरो पनि बुझिहाल्नुभयो । त्यसैले भगवानले मीठो मानेर खानेकुरो खाँदाखाँदै मधुमंगलछेउ जानुभो । अनि “मधु आज तिमीले मलाई खोई खान दिएको । तिमीले जे ल्याएका छौँ जे दिन्छौँ त्यही नखाई मलाई तृप्ति नै हुँदैन । भगवानले मधुमंगललाई अंकमाल गर्दै भन्नुभयो । मधुमंगलले आज त केही छैन भोलि खुवाउँछु भन्यो । तर भगवानले हैन मधु आज नै खान्छु तिम्रो घरमा जे छ त्यही लिएर आऊ । म तिमीले दिएको खानेकुरा खान पर्खिरहन्छु’ भन्नुभयो ।

कृष्णले त्यसो भनेपछि मधुमंगल हत्तारिँदै घर आयो । आमा आज मेरो साथी कृष्णलाई के खुवाउनु । वनभोजमा अरू साथीहरूले आफ्ना खानेकुराहरू खुवाइरहेका छन् । मैले केही लगेको थिएन, केही ख्वाउन पाइन आमा । उसले आमा पूर्णमासी ब्राम्हणीका अगाडि गएर मायालाग्दो गरी दुःख पोख्यो ।

“नानी हामी भिक्षा मागेर खानेहरू हौँ । हाम्रो के हुन्छ र ? हरेक दिन मागेर अलिअलि ल्यायो अनि त्यहीबाट पकाएर खाइहाल्छौँ । भोलिलाई पर्सिलाई भनेर केही बाँकी रहँदैन नि । पूर्णमासी ब्राम्हणीले निरास हुँदे छोरालाई सम्झाइन् ।

छोरालाई चित्त बुझेर । कर गर्दै आमालाई फेरि भन्यो, ‘आमा कृष्णले तिम्रो घरमा जे छ त्यही लिएर आऊ । तिमीले दिएको नखाई छाड्दिन भन्नुभएको छ ।’ 

पुर्णमासी ब्रम्हाणीलाई छोराले जिद्धी गरेको देखेर दिक्क भइन् । घरमा हेर जे भेट्छौं त्यही तिम्रो कृष्णलाई खुवाउन लिएर जाउ भनेर आज्ञा दिइन् ।

आमाले त्यसो भनेपछि मधुमंगल घरभित्र गयो । खालि भाँडाहरू भित्र केही भेटिन्छ कि भनेर एकएक गर्दै हेर्न थाल्यो । खोज्दाखोज्दा बल्लतल्ल एउटा माटाको भाँडामा तीन दिनअघि उभ्रिएको बासी कडी भेट्यो । मधुले उसको घरमा अरू केही नभेटेपछि त्यही भए पनि लिएर दौड्दै –दौड्दै त्यहाँ पुग्यो । त्यसबेला पनि कृष्ण अगाडि चौरासी व्यञ्जन खानेकुरा राखेको देख्यो । त्यसपछि आफूले लगेको कढीको भाँडो उठाएर सुघ्यो । अमिलो कढी मुखै बिगार्ने गरी ह्वास्स गन्हायो । त्यस्तो मिठोमिठो व्यन्जन खाँदै गरेको कृष्णलाई हे¥यो । यस्तो अमिलो गन्हाउने कढी नदिने सोचले त्यो कढी आफै पिउन खोज्यो । मधुले कृष्णका लागि ल्याएको खानेकुरा आफै खान लागेको साथीहरूले देखे । अनि कृष्णलाई भने मधुले घरबाट तिम्रो लागि ल्याएको खानेकुरा आफै पिउँदै छ ।

कृष्ण दौड्दै गएर मधुले पिउँदै गरेको जुठो कडी खोस्नुभयो । अनि घटघटी पिउनुभयो । एकै सासमा पिइसकेपछि अहो ! कति स्वादिलो कति मिठो कडि ल्यायौ मधु तिमीले त । म त तृप्त भएँ भन्दै सुखी भएर मधुमंगललाई अंकमाल गर्नुभयो ।

कृष्णले त्यस्तो नमिठो कडि मिठो मानेको देखेर मधुमगंल रुन थाल्यो । त्यसपछि भगवानले मधुलाई सम्झाउँदै भन्नुभयो, ‘साथी, तिमीले मप्रति गरेको जुन प्रेम छ त्यही नै ठूलो कुरो हो । मेरो प्रेम नगर्ने भए तिमी यसरी घर गएर कढि खोजेर ल्याउने नै थिएनौं । त्यसैले तिम्रो प्रेमपूर्वक भावनाले भरेको  यो कढि मलाई असाध्य मिठो भएको हो, बुझ्यौ ।’

कहिले पनि भगवान् कृष्णले धनी, गरीब, छुत, अछुत कसैलाई फरक देख्नु भएन । हरेकको मनको कुरा बुझेर मनमा नै रहनुहुन्थ्यो । अझै पनि कृष्ण भगवान् कण –कणमा हुनुहुन्छ नानी हो ।
अर्को समाचार
चोखो प्रेम
०२ फागुन २०८१
•
१ मिनेट पाठ
चोखो प्रेम
‘मैले उसलाई यति गरेँ उसले वास्ता गरेन।’ विनिता चिच्याइन्।




‘प्रेम कि आकर्षण छोरी?’ विनिताको आमाले सोध्नुभयो।

विदेशी प्रेम दिवसको संस्कृतिले युवालाई नराम्ररी लठ्याउँथ्यो। आखिर, प्रेमको भाषा सबैलाई मनपर्थ्यो। नेपालमा गुरु पुर्णिमा, बाको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिन जस्ता अद्भुत चाड मान्दै नआएको पनि होइन। फागु पूर्णिमा प्रेमिल जोडीका लागि प्रेम दिवस नै थियो। आपसमा जोश भरेर  रंगीन बनाउँथ्यो।

विनिता सोच्थिन्, ‘मेरो लागि उ बाँच्नुपर्छ। जिउनुपर्छ।’

विनिता आकर्षणमा थिइन्। आकर्षण एक प्रकारको हिप्नोटाइज्ड प्रक्रिया थियो। प्रेमीलाई राजा बनाउँदा आफू रानी बनिन्थ्यो। उनले प्रक्रिया चटक्क भुलिन्। दास झैं व्यवहार गर्न थालेपछि उनको सम्बन्धमा दरार आयो। विनय विनिताको मित्रताको डोरी जाल चुँडी अलि परपर हुँदै गयो। जहाँ आत्मसम्मान हुँदैनथ्यो त्यहाँ विद्वान बस्दैनथे। विनिताको आमाले  विगत सम्झेर झस्कनुभयो।

‘राधा कृष्णको प्रेम थाहा छ छोरी!’ प्रेम दिवसमा विनिताको आमाले छोरीलाई सम्झाउँदै सोध्नुभयो।

‘थाहा छ किन थाहा नहुनु! सात जुनीसम्म सहयात्रा।’ विनिताले फ्याट्ट फड्कारिन्।

‘श्रीकृष्ण र राधा अरूकै श्रीमान तथा श्रीमती भए पनि आपसमा श्रध्दा नै श्रध्दा थियो रे!’   

- बालकृष्ण गजुरेल  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस