नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि नेपालगन्जमा प्रशिक्षणको आयोजना गरिएको छ। आगामी मंगलबारसम्म चल्ने कार्यशालामा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत लगायतका जिल्लाहरुबाट नाट्यमा रुचि राख्ने करीब तीन दर्जन युवाहरुको सहभागिता रहेको छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यशालाको मुख्य प्रशिक्षकका रुपमा नेपालगन्जका चर्चित चलचित्र कलाकार वीरेन्द्र हमाल रहेका छन्। नाट्य कला क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले नेपालगन्जमा कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गरेको बताए।
बाल्यकालदेखि नै नेपालगन्जमा कलाकारिताको क्षेत्रमा आबद्ध नेपालगन्ज घरवारी टोलका हमाल नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुखको रुपमा कार्यरत छन्।
२०४० सालमा कलाकारिताको सीप सिक्न काठमाडौं लागेका हमालले छात्रवृत्ति पाएपछि भारत, चीन, कोरिया लगायतका मुलुकमा गई प्रशिक्षण लिएका छन्। उनले प्रशिक्षण दिएका कलाकारहरु नेपालकै चर्चित कलाकारको रुपमा अहिले स्थापित भएका छन्। आफ्नो जन्मथलो नेपालगन्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको बताउँदै हमालले निकट भविष्यमा नाट्य फेष्टिवलको आयोजना गर्नुका साथै अवधी संस्कृति र कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि काम गर्ने योजना रहेको बताए।
स्थानीय कलाकार सुन्दर गुरुङ्गले बाँकेबाटै राष्ट्रिय स्तरका कलाकार रंगकर्मीहरु उत्पादन गर्न कार्यशालाले सहयोग गर्ने बताए।
नेपालगन्जका वरिष्ठ पत्रकार पूर्णलाल चुकेले आफैमा समृद्ध भएको अवधी कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनका लागि पनि प्रतिष्ठानले योजना बनाएर काम गर्नु पर्ने धारणा राखे। उनले स्थानीय युवाहरुमा लुकेको अन्तरनिहीत कला र प्रतिभालाई उजागर गर्न कार्यशालाले सहयोग गर्ने बताए।
यसैगरी वरिष्ठ लोक गायक कमल विके निर्मोहीले नेपालगन्जमा नाट्य कार्यशाला हुनु गर्व र आफैमा एकदमै महत्वको विषय भएको बताएका थिए।