मेलमिलाप
१८ पौष २०७७
•
२ मिनेट पाठ
मेलमिलाप

 अरुणबहादुर खत्री नदी

 




मोहन र रमेशको घर नजिकै थियो । मोहन र रमेश एउटै स्कुलमा संगै हिँडेर पढ्न जाने गर्दथे । उनीहरू दुवै जना एउटै कक्षामा एउटै बेञ्चमा बसेर पढ्ने गर्दथे । दुवै जना मेहनत गरेर पढ्थे । दुवै जनाले स्कुलबाट घर फर्कनेबित्तिकै ड्रेसको लुगा फुकालेर घर बस्ने लुगा लगाएर हातखुट्ठा साबुनपानीले धुने गर्दथे । हातखुट्ठा धोइसकेपछि खाजा खाएर एकछिन खेल्ने गर्दथे । खेलिसकेपछि स्कुलको गृहकार्य गर्दथे । गृहकार्य गरेपछि खाना खाएर एकछिन पढेर समयमै सुत्ने गर्दथे । बिहान पाँच बजेपछि उठ्ने  गर्दथे । उठेर हातमुख धुने गर्दथे । हातमुख धोएर पढ्न बस्दथे । उनीहरू दुवै जना आफूभन्दा ठूलाले भनेको कुरा मान्दथे । आफूभन्दा ठूलालाई आदर गर्ने गर्दथे । घरमा आफूले गर्न सक्ने काम गरेर आमालाई सघाउने पनि गर्दथे ।

स्कुलको जाडो छुट्ठी हुँदा मोहनले आफ्नो मामाघर पोखरा जान ठूलो इच्छा गरेको  थियो । मेरो मामाघर आफूसंगै पढ्ने साथी  रमेशलाई लान के गर्ने होला भनेर उसले मनमनै सोचेको थियो । रमेशलाई उसले यसपालिको जाडो बिदामा म मामाघर जान्छु तिमी के गर्छौ नि भनेर सोध्यो । रमेशले मचाहिँ मेरो बाबाले काम गर्नुभएको ठाउँ इलाम घुम्न जान्छु नि भन्यो । मोहन आफ्नो मामाघर पोखरा गयो । रमेश उसको बाबाले काम गरेको ठाउँ इलाम घुम्न गयो । दुवै जना खुसी मान्दै घुम्न गए ।

जाडो बिदा सकिएपछि मोहन मामाघरबाट आफ्नो घर आयो र रमेश बाबाले काम गर्नुभएको ठाउँ इलाम घुमेर आफ्नो घर आयो । दुवै जना स्कुलको पढाइ सुरु भएपछि संगै स्कुल पढ्न जान थाले । स्कुलको वार्षिक परीक्षा नजिकै आइरहँदा दुवै जनाले मेहनतसाथ पढेर मोहन प्रथम र रमेश दोस्रो हुन सके आफ्नो कक्षामा ।

दुवै जनालाई खुसी लाग्यो । घरमा दुवै जनाले आफ्नो आमालाई रिजल्ट देखाएर आमा हजुरको छोरा प्रथम हुन सक्यो नि भनेर मोहनले भन्यो ।  आमा हजुरको छोरा दोस्रो भयो, रमेशले भन्यो । रमेशको आमाले अर्को वर्षचाहिँ तिमी प्रथम हुनुपर्छ नि भने । रमेशले मोहनलाई मेरो आमाले अर्को वर्ष म प्रथम भएको हुनुपर्छ भन्नुभयो भन्यो । तिमी प्रथम भयौ भने म दोस्रो हुन्छु नि त मोहनले भन्यो । हामी दुवै जना कहिले प्रथम कहिले दोस्रा अवश्य हुन्छौ । यस्तै गरी मेहनतसाथ पढ्दै गयौ भने रमेशले भन्यो । दुवै जना प्रथम हुन मिल्दैन के गर्ने नि मोहन रमेशले भन्यो । रमेशले यसो भनेपछि मोहनले हामी दुवै जना एउटै कक्षामा बसेर पढ्दा प्रथम हुन मिल्दैन नि त होइन र  भन्यो ।

यसरी दुवै जना सुरुदेखि नै मेहनतसाथ पढ्दै गएर डिग्रीमा राम्रो नम्बर ल्याएर उत्तीर्ण भए । पछि गएर दुवैले राम्रो ठाउँमा जागिर खान सकेर आफ्नो बुबा र आमालाई पाल्न सक्ने भए ।
अर्को समाचार
मेलमिलाप केन्द्रबाट टुङ्ग्याइँदै मुद्दा
०१ भदौ २०८२
•
१ मिनेट पाठ
मेलमिलाप केन्द्रबाट टुङ्ग्याइँदै मुद्दा
जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ। खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिए।




उनले मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफल गर्न पठाइएको मुद्दा एक हजार १८३ भएको र मेलमिलाप हुन बाँकी रहेका मुद्दा ९० भएको बताए। जिल्ला अदालतमा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दा छ हजार २७ र मेलमिलाप हुन नसकेका मुद्दा एक हजार १३ रहेको अदालतले जनाएको छ। यी सबै मुद्दा आर्थिक वर्ष २०८१/८२ का हुन्।

'अदालतमा मुद्दा दर्ता भएपछि बेञ्चले एकपटक मेलमिलापका लागि छलफल गराउने कानुनी प्रावधान रहेको छ, तर त्यहाँबाट मेलमिलाप भएन भने फैसला हुन्छ,' सूचना अधिकारी आर्चायले भने।

अधिवक्ता वसन्त गौतमले मेलमिलापको अवधारणा पीडितमैत्री बनाउने रहेको उल्लेख गर्दै कतिपय मुद्दामा गोपनियताको विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए। उनले भने, 'कतिपय अवस्थामा मेलमिलापका विषय पीडितमैत्री भएको देखिँदैन, त्यसका लागि मेलमिलापकर्ताले समयको व्यवस्थापन गर्न जरुरी छ।'

अदालतमा स्थापना भएको मेलमिलाप केन्द्रका लागि तालिमप्राप्त दक्ष मेलमिलाप सहजकर्ता हुने गरेका छन्। बाँकेको जिल्ला अदालतमा सूचीकृत भएका १७ जना मेलमिलापकर्ता रहेका छन्। जिल्ला अदालतमा आव २०८१/८२ मा  जिम्मेवारी सरिआएका तीन हजार ४३१ र नयाँ दर्ता भएका चार हजार ३७३ गरी सात हजार ८०४ मुद्दामध्ये चार हजार ६८५ मुद्दा फर्छ्योट भएको छ।

फर्छ्योट हुनेमा जिम्मेवारी सरिआएका दुई हजार ६२७ र नयाँ दुई हजार ३१ रहेको जिल्ला अदालतले जनाएको छ। अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ५३ रहेको छ। रासस
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
यो पनि पढौँ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस