हजुरबा
०४ माघ २०७७
•
२ मिनेट पाठ
हजुरबा

 

 




आफ्नो कार्यकालमा सरकारी कार्यालयमा उच्च ओहोदामा पुगे पनि छक्कापञ्जालाई  परै राखेर नाम र प्रतिष्ठा कमाएका सेवानिवृत्त लालकुमार शर्मा टोलछिमेकमा घुमघाम गर्दा पुराना बासिन्दाले आदरभावले अभिवादन गर्दथे । उनी पनि के छ कस्तो छ भनेर सोधखोज गर्दथे । समयको खुड्किलो चढदै जाँदा भएका दुई सन्तान आआफ्ना कर्मक्षेत्र  लागे । त्यसपछि त अधुनिक सभ्यताले उनको घरलाई पनि बुढाबुढी  मात्र बस्ने स्थल बनायो । आफ्नो कार्यकालमा उनले संसारका कैयौं विकसित देशको भ्रमण गरेका थिए । उनको विषय कृषि  भएकाले त्यस क्षेत्रलाई आफ्नो देशमा आधुनिकीकरण गर्न पनि उनले योगदान पुर्याएका थिए । कृषि क्षेत्रका लागि आधुनिक उपकरण भित्र्याउन सक्दो प्रयास पनि गरे । तर, धेरै सफल हुन सकेनन्  । आफूभन्दा  उच्च तहकाहरूबाट  कमिसनको कुराल सिफारिस पाएनन्  । त्यसैले स्वेच्छाले राजीनामा दिएर बसे।

संसारभरि कोरोना महामारी फैलियो । उनको क्षेत्रमा पनि फैलियो । श्रमजीवीहरू भोकभोकै हुन थाले । उनकी श्रीमती टाठीबाठी थिइन्  । खाद्यान्नको अभाव हुन जाला , आफूहरू  भोकभोकै परिएला भनेर सबै जोहो गरेकी थिइन्  । बुढीले सामान थुपारेको देखेर उनी आवश्यकताभन्दा बढी संचित गर्नु अरूको भाग खोस्नु बराबर हो । त्यसैले धेरै न थुपार भन्थे । तर, घरव्यवहारका  अधिकार जमाउँदै आएकी उनी बुढाको कुरा सुन्दिन थिइन् ।

एक दिन बुढी दायाँबायाँ  लागेको बेला एक जना युवक आएर  उनलाई  रुँदै दुखेसो पोख्यो–   हजुर काम केही गर्न पाउँछु कि ?  म जे काम पनि गर्छु । रिक्सा चलाएर तीन जनाको परिवार पाल्दै आएको थिएं । आज सात दिन भयो एक पैसा पनि कमाएको छैन । राम्ररी पेटभरि खान पनि पाएको छैन। सानो छोरो भोकभोकै मर्न लाग्यो । राहत बाँडने ठाउँमा पनि यतातिर कसैले वस्ता गर्दैनन् ।

उसको बेलीविस्तार सुनेपछि र आफूले पनि उस्ले रिक्सा चलाएको देखेको र कहिले त रिक्साबाटै नमस्कार हजुर भनेको सुनेकोले  यो सच्चा श्रमिक हो भन्ने सोचेर उनले बुढीले संचिता गरेको ठाउँबाट एक बोरा चामल र केही रकम दिएर सबै परिवार पेट भर भने ।

श्रमिक  जय होस्  हजुरबा भन्दै बाटो लाग्यो।
अर्को समाचार
गुरुत्वाकर्षण, मृत्यु र हजुरबा
२४ वैशाख २०७९
•
३ मिनेट पाठ
गुरुत्वाकर्षण, मृत्यु र हजुरबा
गुरुत्वाकर्षणको हिसाब गर्दैगर्दा




मैले कक्षा दसमा पढ्दा

परीक्षामा दौडिएको मेरो कलम एक्कासी रोकियो

सँगै ती गार्ड दाइको आवाज मतिर सोझियो

ए भाइ! घर जा न अर्जुनसित

म जुरुक्क उठेँ

गुरुत्वाकर्षण आराम गर्यो

अनि मेरा पाइला र मन घरतिर बसाइँ सरे

झोला विद्यालयमा छोडियो

घरतिर मन जोडियो

तर खोइ किन हो कुन्नि

मेरो दाइ अर्जुनको आवाज भने सुनिनँ

कलिलो, काँचो केटो

खै कुन परिस्थितिले भेट्यो

मलाई स्कुलदेखि घरसम्म पुग्दा लाग्यो

अर्जुनको निःशब्दमा

मेरो प्राण पखेरो नै रहस्यमा भाग्यो

जंगल, बाटो निःशब्दमा

कस्तो हुन्छ होला हजुर

मनमा अनौठा अनुभूति घुमे

गुरुत्वाकर्षण ले तान्यो

तर म किन जाने? भन्दा

अर्जुन भने बोल्नै मानेन

घरवर घैयाछरे पुग्दा

आफन्त हाम्रो घरतिर गइरहँदा

तर पनि मलाई थाहा भएन

कसलाई के भा’को हो भनेर

उब्जिएको शङ्का भने गएन

असारको महिना आकाशमा मेघ गर्जनका बेलाझैँ

धड्किएको मेरो मुटुलाई

त्यही परीक्षाको गुरुत्वाकर्षणको हिसाबले तान्यो

तर पनि काम्लामा सुतेका

हजुरबालाई पत्याउन मनले मानेन

हजुरबा! हजुरबा! भन्दै मैले बोलाएँ

तर बा भने मात्र टोलाए

बा नबोलेपछि म कोठामा पसेँ

अनि मेरा अश्रुहरू ब्ल्याङकेटमा थुप्रिएर बसे

भाइलाई तिम्री मम्मी माइत जाने रे

भनेर स्कुलबाट घर पठाउँदा

ह्वाह्वा गर्दै रोएको सुनेँ

हजुरआमाको सती भावको रुवाइ

मैले सुन्नै सकिनँ अनि कान थुनें

पर रुदीकी सेतीआमा रोइन्

मम्मीले आँशुले मजेत्रो धोइन्

मेरी हजुरआमाको आँखा दिउँसै धुमिल भयो

बुबाको परदेशबाट फोन त आयो

तर सम्पर्क भने भएन

बहिनी, म, भाइ सबै रोयौँ

तर गुरुत्वाकर्षणको हिसाबलाई भने केसैले छोएन

किनकि

त्यो माथि थियो

जयलाल शङ्ख फुके

इन्द्रबहादुर हरियो बाँस काटे

अनि

मेरा हजुरबा हृदयघातसँग

आफ्नो जीवनको गुन साटे

मझेरीबाट हजुरआमाले फुटाएको आँसुको मूलमा

आफन्तका भूलहरू फुटे

छिमेकीका अश्रु नहरहरू मिसिए

अनि बग्न थाले

कालीगण्डकीतिर कोराले देखाएको बाटोमा

हजुरबाले बाँधेको एचएमटीको घडी रोकियो

म आठ कक्षामा पढ्दा, टाइफाइटले थिलोथिलो पर्दा

सजिलेरी बोकेको सम्झिँदै

म हजुरबा र यादलाई सँगै बोकें

हामी कालीगण्डकीतिर मलामी जादाँ

जलेको हजुरबाको चिना

अनि हजुरबाका पुराना कपडाहरू त जले

तर मेरो स्मृति भने कहिल्यै जलेन

हजुरबा ह्वारह्वार जल्दै जानुभो

मेरा आँसुहरू सेताम्य भए

मलेसियाबाट आठ दिनभित्र बुबा आई कोरा पस्नु भो भन्दै

आफन्तले सत्य नबोलेको भने साँचो हो

खोइ मलाई किन हो

गुरुत्वाकर्षण र हजुरबा उस्तै लाग्छ

सधैं तानिरहने

हजुरबाको प्रेम सम्झिँदा

म हजुरबाको जुत्ता लगाएर बजार

पढ्न झरेको सम्झिन्छु

हजुर बाको बाह्र वर्ष हराएको कहानी सुन्दा

हजुर आमाले औँला भाँच्दै बाईस सन्तान गन्दा

बाँचेका हुन् मात्र यी तिन सन्तानभन्दा

लाग्छ म पनि भाग्यले संसार देखेको रहेछु भनेर 

मेरो जीवनमा

हजुरबा! हजुरको जस्तो अमूल्य

ऊर्जा

स्नेह

सद्भाव

अनि प्रेरणाको अभावलाई  

कसरी गरूँ म अनुवाद?

ए ! प्रिय हजुरबा !

मैले भगवान् श्रीकृष्णसँग प्रार्थना गरिरहेछु

तर पनि

आजकल किन म गुरुत्वाकर्षणको नियमझैँ

भवसागरको चक्रमा परिरहेछु?
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
हजुरबा हजुरआमा
हजुरबा हजुरआमा
नागरिक नागरिक • · ०६ वैशाख २०७८ · १० मिनेट पाठ
यमभीड
नागरिक नागरिक • · १७ असार २०७८ · १ मिनेट पाठ
भूतले जोगाएका हजुरबा
भूतले जोगाएका हजुरबा
भुवन त्रिपाठी भुवन त्रिपाठी • · १० जेष्ठ २०८२ · १२ मिनेट पाठ
यमभीड
नागरिक नागरिक • · १७ असार २०७८ · १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस