हजुरबा हजुरआमा
०६ वैशाख २०७८
•
१० मिनेट पाठ
हजुरबा हजुरआमा

सुरेन उप्रेती 

 




जिज्ञासु गाउँमै जन्मिएकी भए पनि सानैदेखि बाबुआमासँग शहरमा बसेकी थिइन् । उनी पाँच वर्षकी हुँदा परिवर्तन जन्मियो । जिज्ञासु सानैदेखि भाइलाई असाध्यै माया गर्थिन् । आफू स्कुल गएका बेला मानिसले भाइलाई लैजालान् भन्ने उनलाई सारै ठूलो डर थियो। कहिले भाइ स्कुल जाने हुन्छ र स्कुल लैजानु भनेर आमालाई सोधिरहन्थिन् । भाइ प्ले ग्रुपमा गएको दिन जिज्ञासुको हर्षको सीमा रहेन । उनले सबै साथीहरूलाई भाइको कक्षामा लगेर देखाइन् । दिदीभाइ औधी मिलेका थिए । भाइको सारै ख्याल गर्थिन् । स्कुलमा उनीहरू नमुना नै थिए । सबै सर र मिसले जिज्ञासु र परिवर्तनको आत्मियताको उदाहरण दिनु हुन्थ्यो।

उनीहरू हरेक दसैँमा बाबुआमासँग हजुरबा र हजुरआमाका हातको टिका लगाउन र आशीर्वाद थाप्न गाउँ जान्थे । दसैँदेखि तिहारसम्म गाउँमा बसेर हजुरबाहरूसँग रमाउँथे । हामीले हजुरबाहरूसँगै बसेर पढ्दा हुँदैन बुबा भनेर दुवैले सोधेका पनि थिए । बुबाले शहरमा पढाइ राम्रो हुन्छ  उतै पढ्नुपर्छ भन्नुभयो । कहाँ गाउँमा पढ्ने नि ,शहरमै पढ्नु पर्छ भनेर आमाले थप्नुभयो । पोहर साल संसारभरि फैलिएको कोरोनाले गर्दा दसैँमा पनि गाउँ जान पाएनन् । गाउँ जाने गाडीहरू केही पनि चलेका थिएनन् । हजुरबा र हजुरआमासँग जुममा हेराहेर भयो । जुममै टिका लगाइदिए जस्तो गर्नुभयो र आशीर्वाद पनि दिनुभयो । परार साल जिज्ञासु र परिवर्तन गाउँमा जाने खबर पाएर सबै गाउँलेहरू भेला भएका थिए । गाउँका मानिसहरू आफ्ना बारीमा फलेका फलफूल,तरकारी, दूधदही र विभिन्न प्रकारका खानेकुराहरू लिएर आएका थिए । गाउँमा कस्तो राम्रो चलन । कोही पनि अरूको घरमा जाँदा खाली हात जाँदैनन्  । सबैले केही न केही लिएर नै आएका थिए ।

जिज्ञासुहरू पुग्दा घामले डाँडामाथि चढेर सुत्न होला खुट्टा तेस्र्याइसकेको थियो । दक्षिणपश्चिम फर्किएको गाउँमा घामचैँ साँझैसम्म नै लाग्थ्यो । घरमा आएका मानिसहरू कोही बारीमा लिंग पिङ लगाउँदै थिए । घरमै खसी काटेको रहेछ । कोही मासुचिउरा खाँदै थिए । कोही खाइसकेर बसेका थिए । घरमा त्यसै जात्रा जस्तै थियो । गाउँलेहरू हाँसीखुसी देखिन्थे । परिवर्तन र जिज्ञासुले त्यहाँ भएका सबैलाई नमस्कार गरे । हजुरबाले आएर उनीहरूलाई पालै पालो बोक्नु भयो । गाउँलेहरू सबैले ताली बजाएर स्वागत गरे । राति अबेरसम्म बालन,सँगिनी र नाचगान गरेर बिताए । गाडीको लामो यात्राले थाकेर आएका जिज्ञासु र परिवर्तन दुवै निदाए । भोलिपल्ट बिहान उनीहरू उठ्दा झलमल्ल घाम लागिसकेको थियो । बिहानको खाजामा दूध र चिउरा खाएपछि हजुरबासँगै दुवै जना निस्किए । घर नजिकै स्कुल छ । स्कुलको छेउमा तीन चार वटा पसलहरू छन् । मानिसहरू चिया पसलको बेन्चमा बसिरहेका थिए । हजुरबालाई सबैले उठेर अभिवादन गरे । जिज्ञासु र परिवर्तनले पनि सबै गाउँलेहरूलाई नमस्कार गरे । हजुरबाले दुई दुईवटा मालपुवा किनिदिनुभयो । सबै गाउँलेहरूले खाएको चियाको पैसा हजुरबाले तिर्नुभयो । मालपुवा खाएर परिवर्तन र जिज्ञासु स्कुलको चौरतर्फ लागे ।चौरमा गाउँका थुप्रै केटाकेटीहरू भेला भएर चङ्गा उडाउँदै थिए । ती केटाकेटीले उडाउँदै गरेको चङ्गाको लटाई जिज्ञासु र परिवर्तनलाई दिए । दिदीभाइले धन्यवाद दिँदै चङ्गा उडाए । चङ्गा उडाउँदाउडाउँदै समय गएको पत्तै भएन । दिउँसोको बाह्र बज्न लागेको रहेछ । हजुरबाले लौ अब खाना खान जाऊँ भन्दा पो उनीहरू छक्क परे । सबै केटीलाई ल अब चकलेट खान जाऊँ भनेर जिज्ञासुले भनिन् । सबै केटाकेटी खुसी हुँदै उनका पछि लागे । जिज्ञासुले एक प्याकेट चकलेट किनेर सबैलाई बाँडिन् । त्यहाँ बसेका हजुरबाका साथीहरूलाई पनि चकलेट दिन । सानी केटीले दिएको चकलेट लिनलाई अप्ठ्यारो लागेर उनीहरूले हजुरबाको अनुहारमा हेरे । हजुरबाले हुन्छ भन्ने सङ्केत गरेपछि सबैले चकलेट लिए । हजुरबाले पनि मेरी नातिनीले दिएको भनेर खुसी हुँदै चकलेट मुखमा लगाउनुभयो । जिज्ञासुले अरू चकलेट देखाउँदै भनिन् । यी योचाहिँ हजुरआमालाई र बाबुआमालाई दिन बोकेको जिज्ञासुले देखाइन । सबैले कति ज्ञानी नानी भनेर कुरा गरे।

उनीहरू काठमाडौंमा बसे पनि दाल,चामल, घिउ, तेल, तर्कारी सबै गाउँबाट नै हजुरबा हजुरआमाले पठाइदिनुहुन्थ्यो । उनीहरू काठमाडांमा  डेरामा नै बसेका थिए । बाबुआमा दुवै जागिरे भए पनि घर किन्न सकेका थिएनन् । एक साँझ खाना खाएपछि छोराछोरी दुवै आआफ्नो कोठातर्फ लागे । आमाले बुबासँग साउती गर्दै भन्नुभयो । अब त जिज्ञासुले पनि बाह्र कक्षा सक्न लागी । परिवर्तन पनि आठ कक्षामा पढ्ने भयो । एकदुई दिन बिदा मिलाएर गाउँ गएर घर खेत बेचबिखन गरेर आउनु नि । बुबाले केही नबोलेपछि आमाले फेरि थप्नुभयो । अब पनि शहरमा घर नकिने कहिले किन्नु । हामी चैँ सधैँ भाडामा नै बस्नु । आमाले बुबालाई जोड गर्नुभयो । गाँउको घरजग्गा बेचेपछि बाबुआमालाई नि । बाबुआमा कहाँ बस्नुहुन्छ , बुबाले प्रश्न गर्नुभयो । गाउँमा कस्तो रमाएर बस्नु भएको छ । शहरमा ओल्लो घर पल्लो घर कसैसँग चिनजान हुँदैन ।  शहरमा कसरी बस्न सक्नुहुन्छ र बुबाले थप्नुभयो । आ नातिनातिनीसँग खेल्नुहुन्छ । बिहानबेलुका पूजाआजा र भान्सामै समय गैहाल्छ । आमाले थप्नुभयो । एक हप्तापछि बुबा गाउँ जानुभयो । झन्डै पन्ध्र दिन गाउँमै बस्नुभयो । एक दिन बेलुकाको खाना खाँदै गरेको बेला हजुरबाहजुरआमा शहर आउने कुरा बुबाले सुनाउनुभयो । अब घर किन्ने र सबै सँगै बस्ने कुरा गर्नुभयो । बुबाका कुरा सुनेर जिज्ञासु र परिवर्तन खुसीले उफ्रिए । महिना दिनपछि घर किनेर हजुरबा हजुरआमासहित सबै नयाँ घरमा सरे ।

प्रायशः हरेक शनिबार हजुरबा हजुरआमासँग कहीँ न कहीँ घुम्न निस्कन्थे । कहिले चिडियाखाना त कहिले चन्द्रागिरि केवल कार चढ्न जान्थे । हजुरबाहजुरआमा पनि खुसी हुनुभएको थियो । तीनचार महिनासम्म घरमा खुसी नै खुसी छाएको थियो । बिस्तारै आमाले हजुरआमालाई भान्साको काम जिम्मा लगाउनुभयो । हजुरबालाई पनि किनमेलको जिम्मा लाग्यो । आमालाई अफिसको कामको बोझले घरको काम जति सबै हजुरआमालाई खनियो । आमा कामको र घरको बोझले सा–साना कुरामा पनि झर्किन थाल्नुभयो । हजुरआमाको वृद्ध शरीर काठमाडौको चिसोले गर्दा हात गोडा सुन्निए । जिज्ञासुले भान्सामा गएर हजुरआमालाई सघाउँदा आमाले पढ्न जा भनेर सगाउन दिनु हुन्नथ्यो । हजुरआमा बिरामी भएर थला नै पर्नुभयो ।  परिवर्तन र जिज्ञासुले हजुरआमालाई औषधी र तातो पानी नियमित दिए पछि बिस्तारै निको हुनुभयो ।

त्यो दिन शुक्रबार थियो । जिज्ञासुको बाह्र कक्षाको अन्तिम परीक्षा थियो । भाइ र उ सँधैझैं आआफ्नो स्कुल गए । स्कुलबाट बेलुका घर आउँदा हजुरबाहजुरआमा घरमा हुनुहुन्नथ्यो । दुवै जनाले हजुरबा हजुरआमा कता जानुभयो भनेर सोधे । बुबा बोल्न नपाउँदै तिमीहरूका हजुरबा हजुरआमालाई गाउँको न्याँस्रो लाग्यो रे । गाउँ नै जान्छौ भनेर हिँड्नुभयो आमाले सुनाउनुभयो । जिज्ञासुले भाइलाई केही नबोल्न इसारा गरिन । खाना खाएर दुवै आआफ्ना कोठातर्फ लागे । बाबुआमा सुतेपछि दिदीभाइ भेला भएर हजुरबा हजुरआमालाई खोज्न जाने योजना बनाए । भोलि शनिबारको दिन हो । मैले मेरो सबभन्दा मिल्ने साथी जेनिशासँग स्कुटी मागेको छ । म बाबुआमालाई साथीहरूले नगरकोट जाने भनेका छन् ।  भाइलाई  लिएर जान्छु भन्छु । अनि हामी दुवै जना हजुरबाहजुरआमा खोज्न जानुपर्छ । दिदीका कुराले परिवर्तनलाई पनि ढुक्क भयो । भोलिपल्ट बिहानै जिज्ञासुले आफ्नो नगरकोट जाने योजना आमालाई सुनाइन । आमाले बुबालाई भनेर एक हजार खर्च मागी दिनुभयो । बिहान चाँडै खाना खाएर दुवै जना घरबाट निस्किए।

जिज्ञासु र परिवर्तनले स्कुटीमा चढेर काठमाडौंका सबै वृद्धाश्रमहरू चाहारे । हजुरबाहजुरआमालाई कतै पनि भेट्न नसकेर हैरान परे । भोक र थकानले हैरान भएर गौशाला नजिकको एउटा होटेलमा खाजा खान पसे । पसलमा चिया र समोसा खाँदै दिन भरी घुमेका वृद्धाश्रमका बारेका कुरा गरे । पसलेले अघिदेखि नै उनीहरूका कुरा सुनिरहेका रहेछन् । त्यहीँ सिफल नजिकै अर्को एउटा वृद्धाश्रम रहेको कुरा पसलेले सुनाए ।आज सारै थाकियो अब अन्तिम सिफलको वृद्धाश्रम जाउँन त भन्दै वृद्धाश्रमतर्फ लागे । वृद्धाश्रममा पुगेर हिजो आउनुभएका हजुरबाहजुरआमालाई बाआमाले भेट्न पठाएको भने । नभन्दै उनीहरूका हजुरबा र हजुरआमा त्यहीँ  हुनुहुँदो रहेछ । चारै जना अँगालो हालेर रुवाबासी गरे । जिज्ञासुले आँसु पुछ्दै आज यहीँ बस्नु भोलि हामी लिन आउँछौ भनेर दुवै निस्किए । जिज्ञासुले उनकी साथीलाई फोन गरिन् र कोठा भाडामा मागिन्। जिज्ञासुका साथीका बुबाको उद्योग थियो । साथीको बुबालाई भेटेर सबै कुरा सुनाइन् र जागिरका लागि अनुरोध गरिन् । भोलिदेखि नै उनको जागिर पक्का भयो । साथीहरूसँग कुरा गरेर लुगा कपडा र भाँडाकुँडाको बन्दोबस्त मिलाए । खानेकुरा दालचामल, नुनतेल सबै व्यवस्था मिलाएर साँझमा घर फर्किए । भाइ बिहान स्कुल जाने र स्कुलबाट नयाँ डेरामा जाने सल्लाह भयो । जिज्ञासु पनि स्कुलमा काम छ भन्दै बिहान भाइसँगै घरबाट निस्किन् । भाइ स्कुलबाट आए पछि दुवै जना हजुरबा र हजुरबालाई लिन वृद्धाश्रम पुगे । साँझमा सबै जना  नयाँ डेरामा पुगेर खाना पकाएर खाए ।

उता साँझसम्म पनि छोराछोरी घर नआएपछि उनीहरूको खोजी सुरु भयो । जिज्ञासुको सिरानीमाथि एउटा चिठ्ठी भेट्टियो । बाबुआमा ! हामीलाई खोज्ने कष्ट नगर्नु होला । भाइ र म हजुरबा र हजुरआमासँगै छौँ । हजुरबाहरूको एक मात्र प्यारो छोरा बुबाजस्तै, तपाईँहरूका हामी प्यारा छोराछोरी जिज्ञासु र परिवर्तन भन्ने चिठीमा लेखेको थियो । आमाले दोहो¥याएर तेहेराएर चिठ्ठी पढेपछि कुदाउँदै लगेर बुबालाई देखाइन् । तिमीले बाउआमा गाउँ गए भन्यौ । पक्कै पनि खोज्नलाई गाउँ गए होलान् । छोराछोरी हराएकोमा दुवै जनालाई छटपटी  भयो । गाउँमा कसैलाई थाहा छ कि भनेर  बुबाले गाउँमा फोन गरे । बल्लतल्ल गाउँमा सम्पर्क भयो तर गाउँ पुगेको थाहा भएन । छोरीका साथीहरूलाई सम्पर्क गर्न खोजे। तर, अहँ कसैको पनि फोन उठेन । छटपटीमै रात बित्यो । बिहान उठेर खोज्न गाउँ जाने निधो गरे । बुबा गाउँ पुगे तर  केही पत्ता लागेन । पुलिसलाई खबर गर्ने कि भन्ने पनि सोचे तर बाबुआमालाई घरबाट निकालेको खबर आउला भनेर त्यसो गर्न पनि सकेनन् । छोरी मात्र हराएकी हुँदा त केटासँग भागिहोला भन्ने पनि हुन्थ्यो । भाइ पनि सँगै छ । छटपटी हुँदै रात बिताए । अब एकपटक स्कुलमा गएर सोध्नु नि त छोराको बारेमा केही पत्ता लाग्छ कि आमाले भनिन्  । बुबाले बिहानै स्कुलको अफिसमा गएर प्रिन्सिपललाई भेटे र  छोराको कुरा गरे । परिवर्तन त हरेक दिन स्कुल आइरहेको छ । प्रिन्सिपलका कुरा सुनेर बुबा छक्क परे । अहिले परीक्षा हुँदैछ परीक्षा पछाडि मात्र भेट गर्न मिल्छ  प्रिन्सिपलले भने। तीन घण्टासम्म पर्खिनुपर्ने भएकाले पछि आउँछु भनेर बुबा घर गए । आमा अफिस गएकी रहिछन् । छोरा स्कुलमै रहेछ। स्कुल छुट्टी हुने बेलामा गएर ल्याउँछु पिर नगर्नु आमालाई फोन गरेर भने । स्कुल छुट्टी भएपछि छोरालाई ल्याउनका लागि स्कुलको गेटमा गएर पर्खिए । सबै केटाकेटी आइसक्दा पनि छोरो नआएपछि गेटको पालेलाई सोधे । तर, पालेले चिन्दो रहेनछ । पालेले कक्षा परिवर्तनका कक्षामा पढ्ने अरू केटाकेटीलाई सोधे । परिवर्तन घर गैसक्यो भनेर अरू केटाकेटीले बताए।

यसरी चौथो दिन पनि छोराछोरी नआएपछि छटपटाउँदै एउटा साथीलाई फोन गरे । उनकी छोरी र जिज्ञासु सानैदेखिका मिल्ने साथी थिए । उनको फ्याक्ट्रीको एकाउन्टमा जिज्ञासु काम गर्दिरहिछिन् । त्यतिसम्म भने तर उनले कुरा गर्न त्यति उत्सुकता देखाएनन् । छोरीले काम गर्न थालेको भन्ने चैँ  थाहा भयो । भोलिपल्ट बिहानै बाबुआमा दुवै जना छोरीको अफिसमा पुगे । छोरी काममा व्यस्त थिइन् । छोरीलाई हामी बेलुका लिन आउँछौँ । भाइलाई लिएर घर जानुपर्छ छोरी भनेर आमाले भनिन् । छोरीले कुनै पनि प्रतिक्रिया जनाइनन्। बेलुका जिज्ञासुको अफिस छुटेर बाहिर आउँदा दुवै जना पर्खिरहेका रहेछन् ।आमाले जिज्ञासुलाई अँगालो मारेर रुन थालिन् । किन घर छोडेर हिँडेका ? हामीले कति खोज्यौँ । अनि भाइ कस्तो भयो ? मेरो चिठ्ठी त पाउनुभयो होला नि ? अनि किन खोज्नुभएको ? हामी हजुरबाहरूसँगै गाउँमा छौ । गाउँको सबै बेचेर ल्याउने अनि घरबाट निकाल्ने तपाइँहरू कति महान् छोराबुहारी जिज्ञासुले भनिन् । अब त कोही नहुँदा सबै काम पनि आफैँ  सक्नुभयो होला । कसैलाई कराउनु पनि परेन होला ! ल म जान्छु । भाइ पनि भोकाएर स्कुलबाट आयो होला भनेर निस्किन् । उनले एकपटक आमाबुबालाई पुलुक्क हेरेर हिँडिन् । छोरीलाई रोक्नु न भन्दै आमाले बुबाको  हात तानिन्  । जिज्ञासुको साइकल टाढा पुगिसकेको थियो । आमाबुबा दुवैले हजुरबा र हजुरआमालाई घरबाट निकाल्दा यस्तो होला भन्ने सपनामा पनि सोचेका थिएनन् । छोरी गएपछि दुवै जना निराश भएर घर फर्किए  । उनीहरूलाई आफ्नो कार्यको अपराधबोधले छटपटी भयो । पेट पोलेर आयो । दुबैलाई निन्द्रा पनि लागेन । रातभरि यता उता फर्किँदै  रात बिताए । भोलिपल्ट बेलुका दुवै जना गएर हजुरआमा र हजुरबाको खुट्टा ढोगेर माफ मागे । अबदेखि कहिल्यै यस्तो गल्ती गर्ने छैनौ भन्दै रोए।

हजुरआमासँग तपाइँहरू  घरमा गएर बस्नु मात्र होस् । केही गर्नु पनि पर्दैन भन्दै आमा रुनुभयो । हजुरबाहरूले तपाई हाम्रो खुसीका लागि कति दुःख गर्नुभयो । उहाँहरू त भगवान् हो ।  हजुरआमा र हजुरबा भएको घर त पवित्र मन्दिर हो– जिज्ञासुले भनिन् । हजुरबाका आँखाबाट आँसुका ढिक्काहरू गालातिर झरे । हजुरबाले दुवै नातिनातिनीलाई अँगालोमा बाँध्नुभयो । आमाबुबाले पनि छोराछोरी र हजुरबा हजुरआमालाई अँगालो मार्नुभयो । जिज्ञासुले परिवर्तनको हात दह्रो समातेर हामी सफल भयौँ भन्ने सङ्केत दिइन् । सबै जना मिलेर घर फर्किए ।
अर्को समाचार
छोरी नम्बर तीन
२० जेष्ठ २०८३
•
३ मिनेट पाठ
छोरी नम्बर तीन
एफएम रेडियोमा बाबाको अन्तर्वार्ता थियो। घरबाट निस्कने बेला उहाँले गर्विलो स्वरमा भन्नुभएको थियो, ‘आज मेरो अन्तर्वार्ता छ, घरका सबैले सुन्न नबिर्सनु नि!’




हजुरबा, हजुरआमा, आमा र हामी तीनैजना दिदीबहिनी ठीक समयमा रेडियो अगाडि जम्मा भयौं। आमा बडो उत्सुकताका साथ ट्युनिङ गर्दै स्टेसन मिलाउँदै हुनुहुन्थ्यो।

अन्ततः रेडियोबाट परिचित दुरुस्त आवाज गुञ्जियो, ‘यो रेडियो आवाज हो। ११० थोप्लो शून्य मेगाहर्जबाट म छिरिङ भलाकुसारी कार्यक्रमका साथ उपस्थित छु। आज हाम्रा अतिथि हुनुहुन्छ – नेपाली समाज र संस्कृतिबारे कलम चलाउने प्रखर बौद्धिक व्यक्तित्व सौरभ!’

बाबाको नाम सुन्नासाथ हजुरबा-हजुरआमा र आमाको अनुहारमा गर्वको चमक फैलियो। म खुसीले चिच्याउनै लागेकी थिएँ, आमाले ओठमा चोर औँला राखेर चुप बस्ने सङ्केत गर्नुभयो। हामी सबै सासमा सास रोकेर रेडियोको आवाजमा डुब्यौं।

सामान्य सञ्चोविसञ्चोको औपचारिकता र एउटा छोटो विज्ञापनको विश्रामपछि कार्यक्रम मूल विषयमा प्रवेश गर्‍यो।

सञ्चालकले सोधे, ‘सौरभजी, तपाईंका लेखहरूमा प्रगतिशील र आधुनिक समाजको वकालत प्रष्ट देखिन्छ। अलिकति तपाईंको पारिवारिक पृष्ठभूमिबारे जान्न पाइन्छ कि? घरमा कोको हुनुहुन्छ?’

बाबाले उत्तिकै गम्भीर र सुसंस्कृत स्वरमा जवाफ दिनुभयो, ‘मेरो परिवारमा आमा, बुबा, श्रीमती र दुईटी छोरी छन्।’

‘दुईटी छोरी!’

रेडियोको आवाज कानमा ठोकिनासाथ भान्साकोठा जस्तै शान्त भएको बैठक कोठामा भूकम्प गयो। आमाले झसङ्ग हुँदै जिब्रो टोक्नुभयो। हजुरआमाले तल्लो ओठ लेभ्य्राउँदै भन्नुभयो, ‘के भन्या यसले? एउटी छोरीलाई कहाँ फेरिदिएछ यसले?’

आफ्नो चश्मा नाकको डाँडीमा सार्दै लामो सुस्केरा हाल्नुभयो, ‘खुब ठुलो प्रगतिशील र विद्वान् पल्टिन्थ्यो, समाजको डरले एउटी छोरी त रेडियोमै निलिदिएछ!’

क्षणभरमै बैठक कोठाको त्यो उमङ्ग सन्नाटामा बदलियो। बाबाको बाँकी अन्तर्वार्ता सुन्ने धैर्य कसैमा रहेन। आमा खिन्न अनुहार लिएर भान्सातिर लाग्नुभयो, हजुरबा र हजुरआमा मन अमिलो पार्दै तुलसीको मोठतिर निस्कनुभयो।

हामी तीन दिदीबहिनी भने कुनामा बसेर एक अर्काको अनुहार हेरिरह्यौं। हाम्रो मनमा एउटै प्रश्न घुमिरह्यो, बाबाको त्यो ‘सभ्य र प्रतिष्ठित’ संसारबाट आखिर हामीमध्ये कसलाई मेटाइएको थियो? हामी अलमलिएनौं, बरु एउटा अनौठो सङ्कल्प गर्‍यौं।

बाबा रेडियोमा अन्तर्वार्ता दिएर, एउटा ठुलो युद्ध जितेको सिपाहीझैं छाती फुलाउँदै गेटभित्र पस्नुभयो। उहाँको अनुहारमा अझै 'सेलिब्रेटी' भएको चमक बाँकी नै थियो।

हामी तीनैजना दिदीबहिनीले उहाँलाई मूल ढोकामै रोकेर बडो शिष्टताका साथ स्वागत गर्‍यौं। ठुली दिदीले मुस्कुराउँदै बाबाको हातमा एउटा काँचको कचौरा थमाइदिइन्। त्यसमा तीनवटा चिट थिए।

बाबाले अचम्म मान्दै सोध्नुभयो, ‘के हो यो?’

मैले बडो विनम्रताका साथ भनेँ, ‘बाबा, रेडियोमा तपाईले दुईटी छोरी मात्र भन्नुभयो। हामी तीन जना छौँ। यो कचौरामा हामी तीनैजनाको नाम छ। तपाई आफैँ एउटा चिट तान्नुस् र जसको नाम निस्कन्छ, उसलाई आजैबाट 'छोरी होइन' भनेर घोषणा गरिदिनुस्। त्यसपछि तपाईको प्रतिष्ठित परिवारमा दुईटी छोरी मात्र बाँकी रहनेछन्।’

म केहीबेर रोकिएँ अनि फेरि भनेँ, ‘हामी चाहन्छौँ, तपाईंको विद्वता र प्रगतिशील छविमा कुनै दाग नलागोस्।’

हाम्रो कुरा सुनेर भर्खरै 'समाज र संस्कृति' माथि रेडियोमा प्रवचन दिएर आएका विद्वान् बाबाको अनुहारको चमक एकाएक गायब भयो। बाबा चिट तान्न नसकी काँपेको हात लिएर ढोकाको संघारमै अक्क न बक्क भई उभिरहनुभयो।

उहाँको निधारमा पसिनाका साना थोपाहरू टल्किन थाले।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस