जनता र सरोकारवालाहरूले आफ्नो कुरा राख्ननुलाई नकारात्मक रूपमा लिने कुरा पनि भएन । यो नैसर्गिक अधिकार हो। यसैले बेलाबेला आफूलाई लागेको कुरा सञ्जालमा पनि राख्दछु। आज पनि घतलाग्दो कुरामा समर्थन जनाउँदै लेख पोस्ट गरे।
कसैले समर्थन गर्दै र कसैले आलोचना गर्दै कमेन्टमा आफ्ना कुराहरू व्यक्त गरे । आखिर सञ्जाल न हो। एउटा फेक आइडीबाट भने चै खुब गालीको वर्षा नै प्राप्त गरे।
फेक आइडीबाट गाली गर्ने को होलान् भनेर मनमा निकै गढ्यो । गम्भीर अनुसन्धान गरे । कतैबाट पनि मैले पत्ता लगाउन सकिन। यसैले गोप्य रूपमा सम्बन्धित निकायमा बुझ्दा मात्रै पत्ता लाग्यो । यसैले कतै मुख खोलिन् । उपयुक्त समयको प्रतीक्षामा नै बसे।
आज म नजिकै आएर उसले भन्यो– दाइ, पर्सि हाम्रो पाटीको कार्यक्रम छ। त्यसका लागि सहयोगका साथै उपस्थित भैदिनुपर्यो।
मौकाको सदुपयोग गर्दै जवाफ दिए – मलाई फेसबुकमा लेखेको आधारमा नै झोले भन्ने वास्तविक झोले त तिमी आफै रहेछौ नि।मैले फर्काएको वचनले ऊ शिर निहुरयाउँदै भाग्यो।