झोले
१६ फागुन २०७७
•
१ मिनेट पाठ
झोले
लोकतन्त्रमा होस् या मुलुकको कुनै पनि शासन व्यावस्थामा जनता र सरोकारवालाहरूले आफ्नो विचार राख्न पाउनु सकारात्मक पक्ष तथा नैसर्गिक हकअधिकारको हो भन्ने म सोच्ने गर्दछु। यसैले आफूले लागेको कुरा बेलाबेला सन्जालमा नि राख्दछु।




आज पनि घतलाग्दो  कुरामा समर्थन जनाउँदै एउटा लेख पोस्ट गरे। कमेन्टमा कसैले समर्थन गर्दै आफ्नो कुरा राखे भने कोहीले चै आलोचना गर्दै आफ्नो कुराहरू व्यक्त गरे । आखिर सन्जाल न हो। एउटा फेक आइडीबाट भने चै खुब गालीको वर्षा नै प्राप्त गरे।

फेक आइडीबाट गाली गर्ने को होलान् भनेर मनमा निकै गड्यो ।  गम्भीर अनुसन्धान गरे कतैबाट पनि मैले पत्तो लगाउन सकिन । यसैले सम्बन्धित निकायमा गोप्य हिसाब बुझ्दा मात्रै पत्तो लाग्यो ।  यसैले कतै मुख खोलिन । उपयुक्त समयको प्रतीक्षामा नै बसे।

आज म नजिक आएर उसले भन्यो–   दाइ, पर्सि हाम्रो पाटीको कार्यक्रम छ ।  त्यसका लागि सहयोग साथै उपस्थित भैदिनुपर्यो।

मौकाको सदुपयोग गर्दै मैले भने– मलाई चै फेसबुकमा नै लेखेको आधारमा भन्ने वास्तविक झोले त तिमी आफै रहेछौ नि।

मैले फर्काएको वचनले ऊ शिर निहुरयाउँदै भाग्यो।
अर्को समाचार
के हो ‘झोले’ को अर्थ, किन एमाले नेताहरूले आफूलाई 'झोले' करार गरिरहेका छन् ?
१९ जेष्ठ २०८२
•
२ मिनेट पाठ
के हो ‘झोले’ को अर्थ, किन एमाले नेताहरूले आफूलाई 'झोले' करार गरिरहेका छन् ?
गत शनिबारदेखि ‘झोले’ शब्द चर्चामा छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताको झोले भएको बताएपछि यो शब्द चर्चामा आएको हो।




त्यसो त ‘झोले’ शब्द आफैँमा नकारात्मक शब्द होइन। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा झोलेका तीनवटा अर्थहरू छन्। पहिलो, अर्कोको झोला बोक्ने, दोस्रो, झोल भएको; रसदार र तेस्रो झोला बोकेर हिँड्ने।

प्रधानमन्त्री ओलीले आफूलाई भनेको पहिलो नम्बरको झोले हो। जहाँ, उनले आफूले जनताको झोला बोक्ने गरेको जिकिर गरेका छन्। यथार्थमा त्यो हो वा होइन, जनताले विश्लेषण गर्ने कुरा रह्यो।

तर, नेपाली राजनीतिक वृत्तमा भने झोले शब्दलाई ‘नेगटिव कोनोटेसन’मा बुझिन्छ। अर्थात्, खासगरी राजनीतिक रूपमा एकले अर्कालाई गाली गर्नुपर्‍यो, रोष पोख्नुपर्‍यो भने झोले शब्दको प्रयोग गरिन्छ। अझ भन्नुपर्दा, झोले शब्दले नेताका 'पिछालगु'हरूलाई जनाइन्छ।

यही सन्दर्भमा प्रधानमन्त्री ओलीले आफूलाई जनताका झोले भने, त्यसपछि यो शब्द चर्चामा आयो। अर्थात्, प्रधानमन्त्री ओलीले नेपाली राजनीतिक वृत्तमा झोलेका जुन अर्थ छन्, त्यसलाई सामान्यीकरण गर्न खोजेका छन्। ओलीको उक्त ‘अभियान’ मा एमालेका सबै नेताहरूले साथ दिएका छन्।

अहिले एमाले नेताहरू सबैले ‘म झोले हो’ भन्ने पोस्टर सामाजिक सञ्जालहरूमा साझेदारी गरिरहेका छन्। सुरुमा प्रधानमन्त्री ओलीले नै यस्तो पोस्टर साझेदारी गरेका थिए। यसपछि एमालेका सबै नेताहरूले यो साझेदारी गरेका छन्। यो क्रम जारी नै छ।

यस्तो पोस्टर साझेदारी गर्ने नेताहरूमा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू छन्। नेताहरूले उही टेम्प्लेटमा आफ्नो फोटो राखेर पोस्टरहरू साझेदारी गरिरहेका छन्। 

यस्तै एमाले सांसदहरू सुनिता बराल, सुहाङ नेम्वाङसहित एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्गठनका अध्यक्ष क्षितिज थेवेलगायतका नेताहरूले पनि यस्तो पोस्टर साझेदारी गरिरहेका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस